भारतको नयाँ नक्साः प्रधानमन्त्रीस्तरमै छलफल गर्न आग्रह

  • शुक्रबार, २२ कार्तिक, २०७६
  • 6 months ago
  • नेपाल

काठमाडौँ । कालापानी, लिपुलेकलगायत नेपाली भू–भागलाई भारतीय क्षेत्रका रुपमा चित्रण गरी भारतले हालै प्रकाशन गरेको भनिएको नयाँ नक्साप्रति मानव अधिकार तथा शान्ति समाजले आपत्ति जनाएको छ । छ दशकदेखि नेपालको कालापानी भूमिमाथि अतिक्रमण भएको भन्दै उक्त समाजले त्यसलाई सच्याउन माग गर्दै  पुनः पुरानै गल्ती दोहोर्याएर त्यस्तो नक्सा प्रकाशन गरेकामा आपत्ति जनाएको हो । 

 

“भारतको यस्तो गल्तीले नेपाल–भारतबीच विद्यमान सौहार्द्रपूर्ण, सुमधुर एवं नागरिकस्तरमा समेत घनिष्ठ र सद्भावयुक्त सम्बन्धमा आँच पुग्ने देखिन्छ, तसर्थ उक्त गल्ती शीघ्र सच्याउँदै नेपाली भू–भाग र नेपाली स्वाभिमानप्रति पूर्ण सम्मान व्यक्त गर्न भारत सरकारलाई आग्रह गर्दछ”, समाजद्वारा जारी विज्ञप्तिमा भनिएको छ । 

 

त्यसैगरी नेपाली भू–भागको संवेदनशील विषयमा नेपाल सरकार दृढताका साथ प्रस्तुत भई यस विषयमा भारतसँग तत्काल प्रधानमन्त्रीस्तरमै छलफलका लागि प्रक्रिया अघि बढाउन पनि उक्त समाजले आग्रह गरेको छ ।


थप समाचार

प्रेममा धोका पाएपछि भारतीय नायिकाद्वारा आत्महत्या

  • 14 minutes ago
प्रेममा धोका पाएपछि भारतीय नायिकाद्वारा आत्महत्या

एजेन्सी । प्रेममा धोका पाएपछि एक भारतीय नायिकाले आत्महत्या गरेकी छिन् । १९ वर्षीया कन्नड नायिका चन्दना गोडाले विष खाएर आत्महत्या गरेकी हुन् ।

कोरोना पोजिटिभ देखिए सरकारले सबै खर्च उठाउने, यो देशले दियो पर्यटकहरुलाई अफर

  • 20 minutes ago
कोरोना पोजिटिभ देखिए सरकारले सबै खर्च उठाउने, यो देशले दियो पर्यटकहरुलाई अफर

एजेन्सी । कोरोना भाइरसका कारण विश्वभर त्रासको अवस्था रहेको छ । यो महामारीकाबीच अधिंकाश देशहरु लकडाउनको अवस्थामा रहेका छन् । कोरोनाका कारण धेरै देशको अर्थतन्त्रमा नमिठो झट्का लागेको छ ।

धरानको सिद्धकालीस्थित एक घरमा आगलागी हुँदा २ जनाको मृत्यु

  • 30 minutes ago
धरानको सिद्धकालीस्थित एक घरमा आगलागी हुँदा २ जनाको मृत्यु

सुनसरी । सुनसरीको धरान उप–महानगरपालिका– १५ सिद्धकाली चोकमा रहेको नर बहादुर श्रेष्ठको घरमा आगलागी हुँदा २ जनाको मृत्यु भएको छ । आज बिहान सवा ८ बजे अचानक आगलागी हुँदा ८७ वर्षीया धनमाया श्रेष्ठ र



प्रेम र यौन

कोरोना भाइरसको संक्रमण फैलिरहेको बेला ‘पोर्न साइट’हरुको यस्तो धन्दा

कोरोना भाइरसको संक्रमण फैलिरहेको बेला ‘पोर्न साइट’हरुको यस्तो धन्दा

एजेन्सी । चीनको वुहानबाट फैलिएको कोरोना भाइरस हाल विश्वव्यापी बनिरहेको छ । कोरोनाको कारण मानिसको दैनिकीसँगै विश्व अर्थतन्त्र नै धराशायी बनिरहेको अवस्थामा ‘पोर्न साइट’हरुले भने अलग खालको धन्दा चलाउन थालेका छन् ।

जीवनशैली/स्वास्थ्य

आज घरघरमा तुलसीको दल राखेर निर्जला एकादशी पर्व मनाइँदै

आज घरघरमा तुलसीको दल राखेर निर्जला एकादशी पर्व मनाइँदै

महोत्तरी । हिन्दू मैथिल आज मङ्गलबार घरघरमा तुलसीको दल राखेर निर्जला एकादशी पर्व मनाउँदैछन् । जेठ शुक्ल एकादशीका दिन धार्मिक महत्वको वनस्पति तुलसीको दल राख्ने परम्परानुसार आज हिन्दू मैथिलका घरघरमा उत्सवकै रूपमा यो पर्व मनाइँदै गरिएको हो ।