अाधिकारिक नक्सा र निसान छाप प्रयाेग गर्न मन्त्री अर्यालकाे निर्देशन

  • आइतबार, २४ भदौ, २०७५
  • 2 months ago
  • नेपाल
फाइल फाेटाे

काठमाडौं । सरकारले नापी विभागद्वारा प्रकाशित आधिकारिक नेपालको नक्सा र निसान छाप मात्र प्रयोग गर्न सबै सरकारी कार्यालय, शैक्षिक संस्था र सञ्चारमाध्यमलाई दिएको छ ।

 

नेपालका भूभाग नै नभएका गलत नक्सा र निशान छाप प्रयोग भइरहेको समाचार सार्वजनिक भएपछि भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्मा अर्यालले नापी विभागले प्रकाशित गरेको आधिकारिक नक्सा र निसान छाप मात्रै प्रयोग गर्न आग्रह गरेकी हुन् ।

 

आइतबार आयोजित पत्रकार सम्मेलनमा उनले सबै सरकारी निकायलाई यसबारे आइतबारै पत्राचार गरिने जानकारी दिइन् । सम्मेलनमा उनले अनधिकृत नक्सालाई विस्थापित र आधिकारिक नक्सालाई स्थापित गर्न अनुगमन गर्ने समेत बताइन् ।

 

मन्त्री अर्यालका अनुसारका अनुगमनको लागि परराष्ट्र मन्त्रालयका सचिवसमेत रहेको समिति बनाइएको छ । उनले नक्सा र निसान छापमा कसरी त्रुटी भयो भन्ने कुरा पत्ता लगाइने पनि बताइन् ।

 

नापी विभागले सकेसम्म निःशुल्क र नसके कम शुल्कमा आधिकारिक नक्सा उपलब्ध गराउने जानकारी मन्त्री अर्यालले दिइन् । उनले सबैभन्दा पहिले सरकारी कार्यालय र शैक्षिक संस्थाबाट त्रुटीपुर्ण नक्सा विस्थापित गर्ने योजना रहेको जानकारी दिइन् ।


थप समाचार

फलफुल बाेकेकाे मिनिट्रक दुर्घटना, चालक गम्भीर घाइते

  • 18 minutes ago
फलफुल बाेकेकाे मिनिट्रक दुर्घटना, चालक गम्भीर घाइते

प्यूठान । बडडाँडा–दर्भान सडकखण्ड अन्तर्गत पाकुरी खोलामा फलफुल बोकेको मिनिट्रक दुर्घटना हुँदा एकजना गम्भीर घाइते भएका छन् ।

अन्ततः प्रहरीको फन्दामा परे साइको किलर सुनिल

  • 30 minutes ago
अन्ततः प्रहरीको फन्दामा परे साइको किलर सुनिल

एजेन्सी । हाम्रो छिमेकी राष्ट्र भारतमा पनि बलात्कार र हत्या लगाएतका जघन्य अपराधहरुले सीमा नाघिसकेको छ ।

इन्टरपोलको प्रमुखमा रूसी उम्मेदवारलाई नस्वीकार्न आलोचकको आग्रह

  • 36 minutes ago
इन्टरपोलको प्रमुखमा रूसी उम्मेदवारलाई नस्वीकार्न आलोचकको आग्रह

मस्को, रसिया । रूस विरोधी केही आलोचकहरूले बुधबार हुन लागेको इन्टरपोल प्रमुखमा रूसी उम्मेदवारलाई नछान्न आग्रह गरेका छन् । प्रहरीको अन्तराष्ट्रिय सञ्जाल (इन्टरपोल) मा रूसी नेतृत्व आएमा मस्कोले र



भिडियो

प्रेम र यौन

यौनवर्धक भियाग्राको प्रयोग कति उचित ?

यौनवर्धक भियाग्राको प्रयोग कति उचित ?

काठमाडौँ । उमेर पुगेका हरेक व्यक्तिलाई यौनको चाहाना हुनु स्वाभाविक नै मानिन्छ तर यदि कोहि महिला वा पुरुषलाई यौन चाहानामा गडबढी हुनु पनि सामान्य हुँदै गएको छ ।

जीवनशैली/स्वास्थ्य

मंगलबार जन्मनेहरुको स्वभाव कस्तो ?

मंगलबार जन्मनेहरुको स्वभाव कस्तो ?

मंगलबार जन्मेका व्यक्तिहरु निकै बहादुर, स्मार्ट र एक्टिभ हुने गर्दछन् । यी व्यक्तिहरु अरु मानिसहरुलाई सहयोग गर्न सधैँ तत्पर रहन्छन्, उनीहरुको स्वभाव परोपकारी किसिमको हुने गर्दछ । यी व्यक्तिहरु आफ्नो हरेक काम निकै गम्भीरताका साथ गर्ने गर्दछन् ।