Techie IT
२०८१ वैशाख ७, शुक्रबार
NepaliPatra logo
गृहपृष्ठसाहित्यनेपाल साहित्य मन्दिरद्वारा दुई साहित्यकार सम्मानित

नेपाल साहित्य मन्दिरद्वारा दुई साहित्यकार सम्मानित


भक्तपुर । नेपाल साहित्य मन्दिरबाट दुई साहित्यकार सम्मानित भएका छन् । भक्तपुरमा आयोजित एक कार्यक्रममा नेपाल साहित्य मन्दिरले प्रदान गर्दै आएको जरीमाया स्मृति पुरस्कार ११४४ बाट वरिष्ठ कथाकार सरस्वती तुलाधर र युवा साहित्यकार तर्फ प्रदान गरिँदै आएको कुमार शाखः स्मृति प्रोत्साहन पुरस्कारबाट भने युवा गजलकार अनीश शाक्यलाई सम्मान गरेको हो ।

नेपाल भाषामा कथा लेखन गर्दै तथा नेपाल भाषामा नै अध्यापन गर्दै आउनु भएकी तुलाधरलाई नगद दश हजार सहित यस वर्षको जरीमाया स्मृति पुरस्कारबाट सम्मान गरिएको नेपाल साहित्य मन्दिरले जानकारी दिएको छ । यस्तै युवा साहित्यकार तर्फ भने नेपाल भाषामा गजल, कविता, लघुकथा लगायत विभिन्न साहित्य रचना लेखनमा सक्रिय रहनुभएका अनीश शाक्यलाई दश हजार नगद सहित कुमार शाक्य स्मृति प्रोत्साहन पुरस्कार प्रदान गरएिको हो ।

दुवै साहित्य सर्जकहरूलाई नेपाल साहित्य मन्दिरका संस्थापक पूर्व अध्यक्ष एवं कार्यक्रमका प्रमुख अतिथि तिलक प्रकाश कायस्थले सम्मान गरेका थिए ।

कार्यक्रममा उनले नेपाल भाषा साहित्यमा योगदान दिँदै आउनुभएका विभिन्न स्रष्टाहरूलाई बर्सेनि सम्मान गर्न पाउनु आफैमा गर्वको कुरा भएको बताए । उनले नेपाल भाषा साहित्यको संरक्षण गर्न यस संस्थाले विक्रम सम्मत २०१० साल देखि नै विभिन्न कार्यक्रमहरू गर्दै आएको समेत जानकारी दिनुभएको थियो । आफ्नो कला संस्कृति तथा भाषाको रक्षा नगरे हाम्रो अस्तित्व नै लोप हुने समेत उनले बताएका थिए ।

कार्यक्रममा कथाकार महेन्द्र गोपाल कर्माचार्य , कृष्णलाल प्रधान, योगेन्द्र प्रधान, प्रतिसरा सायमी, कृष्णलाल प्रधान, दीपचन्द्र साख लगायतका वक्ताले नेपाल भाषा साहित्यको संरक्षणका लागि सबैले योगदान दिनु पर्ने बताएका थिए ।

कार्यक्रमको सभापतित्व नेपाल साहित्य मन्दिरका अध्यक्ष त्रैलोक्यमान बनेपाली(अगिव बनेपाली)ले गरेका थिए भने कार्यक्रम सञ्चालन सुमा श्रेष्ठले गरेका थिए । उक्त कार्यक्रममा नेपाल भाषा साहित्यमा योगदान दिँदै आएका पाँच दर्जन भन्दा बढी साहित्यकार एवं साहित्य प्रेमीहरूको उपस्थिति रहेको थियो ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

डा. ओम मूर्ति अनिलद्वारा लिखित ‘जीवन्त सम्बन्ध’ बिक्रीबाट छात्रवृत्ति प्रदान…

काठमाडौँ । मुटुरोग विशेषज्ञ डा. ओम मूर्ति अनिलद्वारा लिखित ‘जीवन्त सम्बन्ध’ बिक्रीबाट प्राप्त रकम देशका ७७ वटै जिल्लाका गरिब तथा

जेबी दर्लामीको उपन्यास ‘मारीखोलाको ढुङ्गो’ सार्वजनिक

काठमाडौँ । काठमाडौँबाहिर बसेर लेखन कर्ममा सक्रिय जेबी दर्लामीको उपन्यास ‘मारीखोलाको ढुंगो’ सार्वजनिक भएको छ । लेखक दर्लामीले आफ्नो उपन्यास

महाकाव्यकार खेमनाथ दाहाललाई ‘व्यथित काव्य डायस्पोरा सम्मान’

काठमाडौँ । महाकाव्यकार खेमनाथ दाहाललाई ‘व्यथित काव्य डायस्पोरा सम्मान’ अर्पण गरिएको छ । साहित्यिक पत्रकार संघले ४३औँ कथा दिवसको अवसर

सेलिङको कविताकृती ‘सेप्म्माङलक’ र ‘आयोमा दर्पण’ पुस्तक बिमोचन

काठमाडौँ । गीतकार तथा लेखक लिला सेलिङको कविताकृती ‘‘सेप्म्माङलक’’ र भिमकुमार सेलिङको ‘‘आयोमा दर्पण’’ कृतिको संयुक्त रुपमा पुस्तक बिमोचन गरिएको

लेखक रञ्जु दाहालको यात्रा निबन्ध ‘डोहोडोहो डोल्पो’ सार्वजनिक

काठमाडौँ । लेखक रञ्जु दाहालको नयाँ कृति ‘डोहोडोहो डोल्पो’ सार्वजनिक भएको छ । शुक्रबार बत्तिसपुतलीस्थित शिल्पी थियटरमा लेखक दाहालको यात्रा

काशीनाथ न्यौपानेको ‘अशून्यम्’ लोकार्पित

काठमाडौँ । वैदिक तथा आध्यात्मिक साहित्यका विभिन्न पुस्तक प्रकाशनमा ल्याइसकेका साहित्यकार काशीनाथ न्यौपानेको नवीनतम उपन्यास ‘अशून्यम्’ एक समारोहकाबीच लोकार्पण गरिएको

Techie IT