समलिङ्गी विवाहसम्बन्धी कानूनको माग

  • आइतबार, २३ मंसिर, २०७५
  • 7 months ago
  • नेपाल
Education Park

काठमाडौँ । नेपालको संविधान र कानूनले वैवाहिक समानतालाई स्वीकार गरेको भन्दै यस क्षेत्रका सरोकारवालाहरूले समलिङ्गी विवाहसम्बन्धी कानून बनाउन माग गरेका छन् । 

 

युवालय नामक संस्थाले लैङ्गिक पहिचान र यौनिक अभिमुखीकरणसम्बन्धी विषयमा सञ्चारमाध्यमसँग आज यहाँ आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा उहाँहरूले समलिङ्गी व्यक्तिले कानूनको अभावमा विवाहजस्तो मौलिक अधिकारबाट समेत वञ्चित हुनु परेको गुनासो गरे । 

 

कार्यक्रममा नीलहिरा समाजका कार्यक्रम अधिकृत अनुज पिटरले संविधानमा लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यकको अधिकारको विशेष व्यवस्था गरिने उल्लेख भए पनि व्यवहारमा कार्यान्वयन हुन नसकेको बताए । आफू स्वयं पुरुष समलिङ्गी भए पनि कानूनको अभावमा मन परेको पुरुषसँग कानूनीरूपमा विवाह गर्न नपाएको उहाँको गुनासो थियो । 

 

युवालयका अध्यक्ष सबिन सिंहले लैङ्गिक पहिचान र यौनिक अभिमुखीकरणसम्बन्धी प्रस्तुति दिँदै समलिङ्गी विवाहसम्बन्धी कानून बनाउन सञ्चारमाध्यम, नागरिक समाजलगायतले आ–आफ्नो क्षेत्रबाट सहयोग गर्नुपर्नेमा जोड दिए । 

 

संस्थाका युवा अभियानकर्मी कविता बस्नेतले यौन शिक्षाका सम्बन्धमा शैक्षिक पाठ्यक्रमसँगै घरपरिवारमा समेत सचेतना फैलाउन आवश्यक रहेको धारणा व्यक्त गरे । 

 

कार्यक्रममा सहभागीहरूले वैवाहिक समानता, बृहत्तर यौनिकता शिक्षा र सुरक्षित गर्भपतनका सम्बन्धमा जिज्ञासा र सुझाव राख्नुभएको थियो । विश्वमा हालसम्म ३० मुलुकले समलिङ्गी विवाहसम्बन्धी कानून पारित गरिसकेको समाजले जनाएको छ । 


थप समाचार

विविध कार्यक्रमसहित चार्ल्टनमा  समर कार्यक्रम 

  • 6 hours ago
विविध कार्यक्रमसहित चार्ल्टनमा  समर कार्यक्रम 

भलिबल प्रतियोगिता, ससाना बालबालिकाका गीत , नृत्यसहित राष्ट्रिय कलाकारका प्रस्तुति कार्यक्रमका मुख्य आकर्षण थिए । 

श्रावण महिनासंगै गुन्जियो पशुपतिनाथमा भजन (फोटोफिचर)

  • 9 hours ago
श्रावण महिनासंगै गुन्जियो पशुपतिनाथमा भजन (फोटोफिचर)

काठमाडौ ।२०६४ साल श्रावण २१ गते सोमबारका दिनदेखि पशुपतिनाथ मन्दिर, बागमती नदीतट, आर्यघाट, ब्रह्मनालको पूर्वी किनारा खुल्ला प्राङ्गगणमा आध्यात्मिक भावनाको जागरण गराउने उद्देश्यले सुरु भएको “श्री पशुपति

कागती प्रयोग गर्नुका फाइदैफाइदा

  • 10 hours ago
कागती प्रयोग गर्नुका फाइदैफाइदा

एजेन्सी । एउटा सानो कागतीले हामीलाई कतिसम्म फाइदा गर्छ भन्ने कुरा सुनेर तपाई अचम्ममा पर्न सक्नुहुन्छ । कागतीले शरीरको रोगसँग लड्ने क्षमता बढाउनुका साथै हरेक प्रकारको रोगबाट टाढा राख्न मद्दत पु¥याउँछ ।



प्रेम र यौन

यौन शिक्षा– यस्तो बेलामा यौन सम्बन्ध नराखौं !

यौन शिक्षा– यस्तो बेलामा यौन सम्बन्ध नराखौं !

कस्तो अवस्थामा यौन सम्पर्क गर्ने र कस्तो अवस्थामा नगर्ने भन्ने आ–आफ्नै धारणा, तर्क सुनिन्छ । कतिपय अवस्थामा यौन सम्पर्क गर्नै हुन्न । महिलाले आफ्नो शिशुलाई स्तनपान गराईरहेको समयमा शिशुसँग रमाइरहेका हुन्छन् ।

जीवनशैली/स्वास्थ्य

कागती प्रयोग गर्नुका फाइदैफाइदा

कागती प्रयोग गर्नुका फाइदैफाइदा

एजेन्सी । एउटा सानो कागतीले हामीलाई कतिसम्म फाइदा गर्छ भन्ने कुरा सुनेर तपाई अचम्ममा पर्न सक्नुहुन्छ । कागतीले शरीरको रोगसँग लड्ने क्षमता बढाउनुका साथै हरेक प्रकारको रोगबाट टाढा राख्न मद्दत पु¥याउँछ । आउनुहोस यस कागतीका महत्वपूर्ण फाइदाबारे चर्चा गरौं ।