IIMS College

ISMT

HUB Education

विहे गरेको पाँच दिनमै सिउँदो पुछियो

  • मंगलबार, १० बैशाख, २०७६
  • 11 months ago
  • नेपाल
Education Park

 

Kathmandu Trade Show

 

Royal Education Foundation

 

पोखरा । विवाह बन्धनमा बाँधिएको पाँच दिन पनि बित्न नपाउँदै पोखरा ७ मासबार निवासी सिर्जना राउतले श्रीमान गुमाएकी छिन् । उनले विवाह गरेको यति चाँडै श्रीमान गुमाउन पर्ला भनेर कदापी सोचेकी थिइनन् । 

 

तर सोमबार दिउँसोको एक घटनाले उनको जीवनमा अन्धकार ल्याइदियो ।

 

तनहुँको म्याग्दे १ गुणादीमा भएको मोटरसाइकल दुर्घटनामा उनका पतिको ज्यान गएको हो । कास्की पोखराका ३१ वर्षिय सन्दीप कुँवरले यो संसार छोडे । 

 

त्यस्तै दुर्घटनामा खुट्टा भाँचिएकी सृर्जनाको अवस्था पनि उत्तिकै गम्भीर रहेको छ । उनको पोखराको मणिपाल अस्पतालमा उपचार भइरहेको छ । उनीहरुको वैशाख ४ गते विवाह भएको थियो।

 

पढ्नका लागि पोखरा आएकी सृर्जना स्थानीय सञ्चार उद्यमी उमनाथ बरालको प्रेसमा काम गर्छिन् । मेहनती र लगावपूर्ण रुपमा काम गरेकी राउतलाई उनै प्रेस धनी बरालले जोडी खोजिदिएका थिए ।

 

सृर्जनालाई सानिमाको घर दमौली घुमाएर पोखरा छाडेर आफू काठमाडौं काममा जाने तयारीमा थिए, सन्दीप । बरालका अनुसार सानिमासँग भेटघाट गरेर पोखरा फर्कने उनीहरूको तयारी थियो ।

 

‘परीक्षाका कारण श्रीमतीलाई पोखरा छाडेर उनी काठमाडौं जाँदै थिए,’ बरालले भने, ‘तर नसोचेको घटना भइदियो ।’

 

सन्दीप सवार मोटरसाइकल बसमा ठोकिनुमा सडकको खाल्डाखुल्डी कारक रहेको ट्राफिक प्रहरीको भनाई छ ।


थप समाचार

म्याग्दीमा सडकमै लगाइयो भोटेताल्चा

  • 5 minutes ago
म्याग्दीमा सडकमै लगाइयो भोटेताल्चा

बेनी । म्याग्दीको दोस्रो ठूलो व्यापारिक केन्द्र दरबाङ बजार प्रवेश गर्ने मूल सडकमै स्थानीय जनप्रतिनिधिको रोहबरमा स्थानीयवासीले भोटेताल्चा लगाएका छन् । कोरोना भाइरसको सङ्क्रमणको जोखिमबाट जोगिन मालिका गा

ट्रमा सेन्टरमा घाइते विरामी घटे, सम्भावित सङ्क्रमितको उपचारमा तत्पर

  • 8 minutes ago
ट्रमा सेन्टरमा घाइते विरामी घटे, सम्भावित सङ्क्रमितको उपचारमा तत्पर

काठमाडौं । ‘लकडाउन’ का अवधिमा अत्यावश्यक बाहेकका सवारी साधन नचल्दा सडक दुर्घटनाका घाइतेको सङ्ख्या घटेपछि कोरोना भारइसको सम्भावित सङ्क्रमितको उपचारका लागि राष्ट्रिय ट्रमा सेन्टर तयारी अवस्थामा रहेको छ

प्रधानमन्त्री ओलीले राष्ट्रका नाममा सम्बोधन गर्ने

  • 45 minutes ago
प्रधानमन्त्री ओलीले राष्ट्रका नाममा सम्बोधन गर्ने

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आज बिहान ११ः०० बजे सरकारी निवास बालुवाटारबाट राष्ट्रका नाममा सम्बोधन गर्ने भएका छन् ।



प्रेम र यौन

कोरोना भाइरसको संक्रमण फैलिरहेको बेला ‘पोर्न साइट’हरुको यस्तो धन्दा

कोरोना भाइरसको संक्रमण फैलिरहेको बेला ‘पोर्न साइट’हरुको यस्तो धन्दा

एजेन्सी । चीनको वुहानबाट फैलिएको कोरोना भाइरस हाल विश्वव्यापी बनिरहेको छ । कोरोनाको कारण मानिसको दैनिकीसँगै विश्व अर्थतन्त्र नै धराशायी बनिरहेको अवस्थामा ‘पोर्न साइट’हरुले भने अलग खालको धन्दा चलाउन थालेका छन् ।

जीवनशैली/स्वास्थ्य

कुन वस्तुमा कति समय जीवित रहन्छ कोरोना भाइरस ?

कुन वस्तुमा कति समय जीवित रहन्छ कोरोना भाइरस ?

काठमाडौं । कोरोना भाइरस (कोभिड १९)को संक्रमण बढ्दै जाँदा सुरक्षाका विभिन्न विधि अपनाउन थाालिएको छ । कोरोना संक्रमण हुन नदिन सडक, पेटी, घर जताततै कीटनाशक औषधि छर्किने क्रम जारी छ ।

विचित्र विश्व

के आजसम्म पनि यो गुफाभित्र रहेको छ रावणको शव ?

के आजसम्म पनि यो गुफाभित्र रहेको छ रावणको शव ?

एजेन्सी । रामायणसँग सम्बन्धित इतिहासको बारेमा जान्नु हरेक मानिसका लागि जिज्ञासा रहन्छ । भन्ने गरिन्छ की श्रीलंकामा आज पनि रामायणसँग जोडीएका यस्ता कैयौं स्थानहरु रहेका छन् जसको बारेमा हरेक मानिस जान्न चाहन्छन् ।