IIMS College

ISMT

HUB Education

विवाहपुर्व पुरुषले कस्ता खानेकुराहरु खाने ?

Education Park

 

Kathmandu Trade Show

 

Royal Education Foundation

 

पुरुषहरुले महिलाले जस्तो सुन्दरतामा ध्यान दिंदैनन् तर बिबाह अघि पुरुषहरु आफ्नो शारिरिक सुन्दरता र व्यक्तित्व कसरी आकर्षक बनाउने भनेर धेरै चिन्तित हुन्छन् ।

 

तर,आफ्नो खानामा केही मा केही थप चिज सामेल गरेमा पुरुषहरुले विवाह अगाडी आफ्नो शारिरिक सुन्दरतामा निखार ल्याउन सक्छन् । के हुन त ति १२ खानेकुराः

 

१. बदाम, ओखर,काजु लगाएतका ड्राइफ्रुट्स

यसमा एन्टिअक्सिडेन्ट हुन्छ जसले दिमाग रिल्याक्स राख्न मद्दत गर्छ । साथै यसमा पाइने भिटामिन इ ले लुक्स आकर्षक बनाउन मद्दत गर्छ । नास्तामा एक मुठ्ठी यी खानेकुरा खानुहोस ।

 

२. केशर मिसाइएको दुध

यसमा सेफ्रनल हुन्छ जसले अनुहारको रंग निखार्छ । यसको साथै केशरवाला दुध पिउनाले कमजोरी हट्छ । नास्ताको साथमा लिनुहोला

 

३. मेवा

यसमा हुने पपाइनले गोरोपना बढाउन मद्दत गर्दछ । यसलाइ फलफुल चाटको रुपमा खान सकिन्छ ।

 

४. नरिवल पानी

यसमा इलेक्टोलाइट्स हुन्छ जसले अनुहारको रंग निखार्न मद्दत गर्दछ । दिनमा एकचोटी नरिवल पानी पिउनुहोस ।

 

५. कालो चिया

यसमा पोलिफेनोल्स हुन्छ जसले कपालको चमक बढ्दछ । यसले शरिरको रोग प्रतिरोधात्मक क्षमता पनि बढाँउछ । दिनमा दुई पटक कालो चिया पिउनुहोस ।

 

६. स्याउ

यसमा फाइबरको मात्रा अत्याधिक हुन्छ जसले धेरै बेर सम्म भोक लाग्दैन । यसले तौल नियन्त्रण गर्न पनि सहयोग गर्छ । सधैं नास्तामा स्याउ पनि लिनुहोस ।

 

७. कांक्रो

यसमा पानीको मात्रा धेरै हुन्छ जसले छाला सुख्खा हुन दिंदैन र अनुहारको चमक बढ्छ । संधै कांक्रो वा यसको जुस पिउनुहोस ।

 

८. ओट्स

यसमा फाइबर हुन्छ जसले शरिरको टक्सिनहरु हटाँउछ र छाला नरम र चम्किलो हुन्छ । सधैं नास्तामा एक कचौरा ओट्स खानुहोस ।

 

९. भट्मास

यसमा आइसोफ्लेवन्स हुन्छ जसले छालामा निखार ल्याउछ र कपाल बढ्न सहयोग गर्छ ।  सोया मिल्क पिउनुहोस या तोफुलाइ आफ्नो खानामा समावेश गर्नुहोस ।

 

१०. दाल

यसमा आइरन तथा जिंक हुन्छ जसले कपाल कालो र बाक्लो हुन्छ । दिनमा एक कचौरा दाल खानुहोस । यसलाइ उमारेर पनि खान सक्नुहुन्छ ।

 

११. अण्डा

यसमा पाइने ल्युटिनले छाला नरम राख्न मद्दत गर्छ । दिनको दुईवटा अण्डा उसिनेर खानुहोस ।

 

१२. माछा

यसमा ओमेगा ३ फ्याटी एसिड पाइन्छ जसले कपाल कालो र बाक्लो बनाँउछ । तारेर वा सेकाएर माछा खानुहोस । 

 


थप समाचार

कस्ता खाले पुरुष हुन्छन् सबैभन्दा उत्कृष्ट श्रीमान् ?

  • 9 minutes ago
कस्ता खाले पुरुष हुन्छन् सबैभन्दा उत्कृष्ट श्रीमान् ?

एजेन्सी । ज्योतिष शास्त्रअनुसार यी तीन राशि बताउँदै छौ, जुन राशिका पुरुष ‘बेस्ट हजबेन्ड’ अर्थात् राम्रो, असल पति भनिन्छन् ।

श्रीमानको भविष्य निर्धारण गर्ने श्रीमतीका अंग

  • 19 minutes ago
श्रीमानको भविष्य निर्धारण गर्ने श्रीमतीका अंग

एजेन्सी । श्रीमतीको अंगले निर्धारण गर्छ श्रीमानको भविश्य, जानीराख्नुहोस् के हुन् ती अंग रु विवाहपछिको दाम्पत्य जीवन तब मात्र समधुर हुन्छ, विवाह पहिले नै केटा र केटीले एकअर्का बानी तथा व्यवहारबारे राम्

बलिउडका चर्चित जोडी जसको उमेरको दुरी धेरै नै छ

  • 24 minutes ago
बलिउडका चर्चित जोडी जसको उमेरको दुरी धेरै नै छ

बलिउड–श्रीमान श्रीमतीबीचको उमेर कति वर्षको फरक भएको राम्रो राम्रो मानिन्छ । विशेष त धेरैले भन्ने ४ वा ५ वर्षैकै हो ।



प्रेम र यौन

कोरोना भाइरसको संक्रमण फैलिरहेको बेला ‘पोर्न साइट’हरुको यस्तो धन्दा

कोरोना भाइरसको संक्रमण फैलिरहेको बेला ‘पोर्न साइट’हरुको यस्तो धन्दा

एजेन्सी । चीनको वुहानबाट फैलिएको कोरोना भाइरस हाल विश्वव्यापी बनिरहेको छ । कोरोनाको कारण मानिसको दैनिकीसँगै विश्व अर्थतन्त्र नै धराशायी बनिरहेको अवस्थामा ‘पोर्न साइट’हरुले भने अलग खालको धन्दा चलाउन थालेका छन् ।

जीवनशैली/स्वास्थ्य

कस्ता खाले पुरुष हुन्छन् सबैभन्दा उत्कृष्ट श्रीमान् ?

कस्ता खाले पुरुष हुन्छन् सबैभन्दा उत्कृष्ट श्रीमान् ?

एजेन्सी । ज्योतिष शास्त्रअनुसार यी तीन राशि बताउँदै छौ, जुन राशिका पुरुष ‘बेस्ट हजबेन्ड’ अर्थात् राम्रो, असल पति भनिन्छन् ।

विचित्र विश्व

सडकमा बसेर जोड जोडले गफ गरेको निहुँमा पाँच व्यक्तिलाई गोली हानेर हत्या

सडकमा बसेर जोड जोडले गफ गरेको निहुँमा पाँच व्यक्तिलाई गोली हानेर हत्या

एजेन्सी । रसियाको र्याजान क्षेत्रमा एक व्यक्तिले रातिको समयमा आफ्नो घरको झ्यालमुनि सडकमा बसेर जोड जोडले गफ गरेको निहुँमा पाँच व्यक्तिलाई गोली हानेर हत्या गरेका छन् ।