IIMS College

ISMT

HUB Education

हल्कादेखि मध्यम वर्षाको सम्भावना

Education Park

 

Kathmandu Trade Show

 

Royal Education Foundation

 

काठमाडाैँ । आज देशभर आंसिक तथा सामान्य बदली रही देशको अधिकांस भागमा हल्का र मध्यम वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । न्यून चापीय प्रणाली औसत स्थानको आसपासमै रहेकाले वर्षा निरन्तर हुन नसकेको उक्त महाशाखाका मौसमविद् गङ्गा नगरकोटीले बताए ।यसवर्ष मनसुनको समयमा पनि स्थानीय वायु बढी सक्रिय हुँदा अपरान्हपछि मेघगर्जन र चट्ययङसहित हल्का तथा मध्यम वर्षा भइरहेको उनको भनाइ थियो ।  

 

न्यून चापीय रेखा (वर्षा गराउने वायु) जुलाइको मध्यतिर मात्र नेपालमा पूर्णरुपमा प्रवेश गरेको र त्यसपछि औसत स्थान तथा आसपासमा मात्रै कायम रहेकाले मनसुनी गतिविधि लगातर सक्रिय हुन नसकेको मौसमविद्हरूले जनाएका छन्  । आगामी मङ्गलबारदेखि देशको पश्चिमी भागबाट न्यून चापीय प्रणाली विस्तारै नेपालतिर प्रवेश गर्न शुरु गर्ने भएकाले सो दिनदेखि  नेपालमा मनसुनी गतिविधि पुनःसक्रिय हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । 

 

आज राति देशका आधिकांश स्थानमा सामान्यतया बदली रही केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको र  भोलि देशका धेरैजसो स्थानमा सामान्य बदली रही पूर्वी तथा मध्य भू–भागको एक– दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान गरिएको छ भने मङ्गलबार देशको धेरैजसो स्थानमा सामान्य बदली रही पूर्वी क्षेत्रका अधिकांश स्थानमा मध्य र पश्चिमी क्षेत्रका केही स्थानमा मेघगर्जन र  चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको बताइएको छ । 

 

त्यस्तै महाशाखाले आगामी २४ घण्टाको  मौसम पूर्वानुमान गदैँ देशको केही स्थानमा मेघगर्जन र चट्याङसहितको वर्षाको सम्भावना रहेकाले सतर्कता अपाउन आग्रह गरेको छ । साथै देशको पहाडी भू–भागका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेकाले सडक यातायातमा पहिरो भू–क्षयका कारण अवरोध आउनसक्ने भएकाले पहाडी भू–भागमा यात्रा गर्दा सचेत रहन पनि  अनुरोध गरिएको छ । 


थप समाचार

‘चाड पर्वको प्रसंग, महिन्द्रा ट्रयाक्टर किन्दा अब परिवार दङ्ग’

  • 3 minutes ago
‘चाड पर्वको प्रसंग, महिन्द्रा ट्रयाक्टर किन्दा अब परिवार दङ्ग’

काठमाडौँ । महिन्द्रा अटोमोबाइल्स तथा ट्याक्टरहरुको आधिकारिक विक्रेता अग्नि इन्कर्पोरेटले विश्वकर्मा पूजा, दशैं, तिहार तथा छठ जस्ता महान् चाडपर्वहरुको अवसरमा आफ्नो योजना महिन्द्रा उत्सव अन्तर्गत ‘चाड

फिफा वरियतामा नेपाल माथि उक्लियो

  • 8 minutes ago
फिफा वरियतामा नेपाल माथि उक्लियो

एजेन्सी । विश्व फुटबलको सर्वोच्च निकाय (फिफा) वरियतामा नेपालले पाँच स्थान सुधार गरेको छ । फिफाले बिहिबार सार्वजनिक गरेको नयाँ वरियतामा नेपालले पाँच स्थान सुधार गर्दै १६१औँ स्थानमा उक्लिएको हो । यसअघि

दुई अर्ब बराबरको ‘म्युचअल फण्ड’ आउने

  • 23 minutes ago
दुई अर्ब बराबरको ‘म्युचअल फण्ड’ आउने

काठमाडौं । शेयरबजारमा सामूहिक लगानीका लागि महत्वपूर्ण संयन्त्रका रुपमा रहेको सामूहिक लगानी कोष योजना (म्युचअल फण्ड)अन्तर्गत थप दुई बैङ्कले २० करोड इकाइ बिक्री गर्ने तयारी गरेका छन् ।



प्रेम र यौन

सेक्स गर्दा नै निकाे हुन्छन् केही राेगहरू

सेक्स गर्दा नै निकाे हुन्छन् केही राेगहरू

एजेन्सी । मानिसमा शारीरिक सम्बन्धको बारेमा विभिन्न धारण रहेको हुन्छ । कसैले यसलाई राम्रो रुपमा लिन्छन् भने कसैले यसलाई निजी र गोप्य राख्न चाहान्छन् ।

जीवनशैली/स्वास्थ्य

हाम्रो शरीरलाई दैनिक कति मात्रामा क्याल्सियम आवश्यक पर्दछ ?

हाम्रो शरीरलाई दैनिक कति मात्रामा क्याल्सियम आवश्यक पर्दछ ?

काठमाडौं । विशेषगरि क्याल्सियम हाम्रो शरीरका हड्डीमा पाइन्छ । यसको मुख्य कामहड्डीलाई मजबूत पार्नु हो । क्याल्सियमको कारणले गर्दा नै मुटु, मांसपेशी, रगत तथा स्नायुकोषहरुले पनि शरीरमा स्वस्थ रुपमा काम गरिरहेका हुन्छन् ।

विचित्र विश्व

बिहीबार नगदको कारोबार गर्दै नगर्नुहोस्

बिहीबार नगदको कारोबार गर्दै नगर्नुहोस्

एजेन्सी । हिन्दु धर्मका अनुसार हरेक दिनको आफ्ना आफ्नै महत्व रहेको छ । तर, विशेष त विहीबार अति नै महत्वपुर्ण रहेको बताइन्छ । ज्योतिष शास्त्रका अनुसार यसको सम्बन्ध बृहस्पति ग्रहसँग रहेको छ ।