IIMS College

ISMT

HUB Education

बेलायती प्रधानमन्त्रीविरुद्धको अविश्वास प्रस्तावमाथि संसदमा मतदान हुँदै

  • बुधबार, २ माघ, २०७५
  • 10 months ago
  • युके
Education Park

 

Kathmandu Trade Show

 

Royal Education Foundation

 

 

लण्डन । बेलायती प्रधानमन्त्री टेरेसा मेविरुद्ध दर्ता भएको अविश्वासको प्रस्तावमाथि बुधबार सांझ बेलायती संसद (हाउस अफ कमन्स) मा मतदान हुंदैछ । 

 

प्रधानमन्त्री मेको ब्रेक्जिट सम्झौताको प्रस्ताव संसदबाट मंगलबार भारी मतले अस्वीकृत भएलगत्तै उनीविरुद्ध विपक्षी लेबर पार्टीले अविश्वासको प्रस्ताव दर्ता गरेको थियो । 

 

उक्त प्रस्तावमाथि बुधबार दिनभरको संसदीय छलफलपछि सांझ करिब ७ बजे सांसदहरुले मतदान गर्नेछन् । मतदान सकिएको केहिबेरमै अर्थात सांझ ८ बजेभित्रै नतिजा बाहिरिनेछ । 

 

त्यसक्रममा प्रधानमन्त्री मेले बहुमत सांसदहरुको मत प्राप्त गर्ने सके उनी सरकारको नेतृत्वमा निरन्तर रहनेछन् । तर बहुमत पाउन नसके उनको प्रधानमन्त्रीत्वको उल्टो गन्ती सुरु हुनेछ र थप १४ दिनभित्र उनलाई आवश्यक बहुमत जुटाउन अन्तिम अवसर दिइनेछ । सो अवधिमा पनि बहुमत जुटाउन नसके उनले आम निर्वाचन घोषणा गरेर सरकारबाट बिदा लिनुपर्नेछ । 

 

तर बुधबारको संसदीय मतदानमा बहुमत प्राप्त गर्न प्रधानमन्त्री मेलाई खासै मुस्किल नपर्ने आंकलन गरिएको छ । प्रधानमन्त्रीको ब्रेक्जिट सम्झौताको विरुद्धमा मत दिने उनका आफ्नै दलका सांसदहरु र डियुपीका सांसदहरु समेतले आज भने प्रधानमन्त्रीको पक्षमा मत दिने बताएका छन् । 

 

अनुमान गरिएजस्तै प्रधानमन्त्रीले विश्वासको मत जितिन् भने उनले अर्को साता संसदसमक्ष ब्रेक्जिट सम्झौताको नयाँ विकल्प प्रस्तुत गर्ने अपेक्षा गरिएको छ । 

 

यसअघि मंगलबार संसदमा भएको मतदानमा उनको ब्रेक्जिट सम्झौतासम्बन्धी प्रस्ताव २ सय २ का विरुद्ध ४ सय ३२ मतको भारी अन्तरबाट अस्वीकृत भएको थियो । सम्झौता संसदबाट अस्वीकृत भएपछि मार्च २९ को लागि तोकिएको ब्रेक्जिटको प्रक्रिया थप अनिश्चय र आशंकाको घेरामा रुमल्लिन पुगेको छ ।  

 


थप समाचार

विहिबार बेलायतमा मध्यावधि निर्वाचन : के होला ब्रेक्जिट ?

  • 29 minutes ago
विहिबार बेलायतमा मध्यावधि निर्वाचन : के होला ब्रेक्जिट ?

ब्रेक्जिटमा कायम ठूलो अन्योल र अलमललाई हटाएर यो निर्वाचनले ठोस दिशा प्रदान गर्ने अपेक्षा छ । हुन त राजनीतिक दलहरुले स्वास्थ्य, शिक्षा, रोजगारी लगायतका विभिन्न क्षेत्रमा पनि प्रतिस्पर्धात्मक रुपमा आकर्

मिस वर्ल्डको शीर्ष ४० मा मिस नेपाल अनुष्का पनि

  • 38 minutes ago
मिस वर्ल्डको  शीर्ष ४० मा मिस नेपाल अनुष्का पनि

लण्डन । मिस नेपाल अनुष्का श्रेष्ठ लण्डनमाजारी मिस वर्ल्ड २०१९ को शीर्ष ४० मा छनौट भएकी छन् । हेड टू हेड च्यालेन्जको उत्कृष्ट १० मा छनौट हुँदै मिस वर्ल्ड प्रतिस्पर्धाको उत्कृष्ट ४० मा छनौट भएकी हुन् ।

आईएनईए अवार्डको तयारीमा ह्याब अ मोमेन्ट, के हो यो अवार्ड ?

  • 2 hours ago
आईएनईए अवार्डको तयारीमा ह्याब अ मोमेन्ट, के हो यो अवार्ड ?

नेपाली समुदायमा विशिष्ट योगदान दिने विभिन्न क्षेत्रका व्यक्तित्वहरुको सम्मान र हौसलाका लागि इन्टरनेसनल नेप्लिज एक्सिलेन्स (आईएनईए) अवार्ड कार्यक्रम गर्न लागिएको हो । आउँदो जनवरी ११ तारिख आइतबारका दिन



प्रेम र यौन

महिलाहरु किन अपरिचित पुरुषसंग उत्तेजित हुन्छन् , थाहा पाउनुहोस

महिलाहरु किन अपरिचित पुरुषसंग उत्तेजित हुन्छन् , थाहा पाउनुहोस

ऐजेन्सी ।शारिरक सम्बन्धलाई राम्रो विचारले सोचे राम्रै हुन्छ । नराम्रो विचारले सोचे नराम्रो हुन्छ जब शारिरक सम्बन्धलाई नराम्रो बिचारले हेर्ने गरिन्छ । तब शारिरक सम्बन्ध जतिको घृणित कुरा केहि नहुने अध्ययनहरुले देखाउँदै आएका छन् । यस बिषयमा भन्नु पर्दा नारीहरु लजालु र जाली पनि हुने गर्दछन् भन्ने निष्कर्ष अध्यनहरुले बताएका छन् ।

जीवनशैली/स्वास्थ्य

काउकुती लगाउँदा किन खुम्चिन्छ शरीर ?

काउकुती लगाउँदा किन खुम्चिन्छ शरीर ?

एजेन्सी । वैज्ञानिकहरूका अनुसार काउकुती लगाउँदा शरीर खुम्चिन्छ । अनि हाड कम भएका अंगमा बढी काउकुती लाग्छ, जस्तो पेट र पाइताला । खासमा हाम्रो शरीरका केही हर्मोन्स र संवेदनशीलताका कारण काउकुती लाग्छ । हाम्रो छालाको सबभन्दा बाहिरी पत्रलाई एपिडर्मिस भनिन्छ र त्यो कैयौं नसाहरूसँग जोडिएको हुन्छ ।