‘स्वस्थ मासु’ भन्दै गाईको फोटो पनि राखेपछि...

  • मंगलबार, ७ असोज, २०७६
  • 8 months ago
  • नेपाल

काठमाडौँ ।  ‘स्वस्थ मासु’ भन्दै प्रचार–प्रसार सामग्रीमा गाईको फोटो राख्ने पशु सेवा विभागले माफी मागेको छ । कृषि तथा पशुपंक्षी विकास मन्त्रालय अन्तर्गतको पशुसेवा विभागले आम जनतालाई स्वच्छ र स्वस्थ मासु खान सचेत गराउन तयार पारिएको ‘बधशालादेखि भान्सासम्म स्वच्छ र स्वस्थ मासु’ भन्ने प्रचार सामग्रीमा राष्ट्रिय जनावर गाईको समेत फोटो राखेकोले यसको सर्वत्र आलोचना भएपछि विभागले माफी मागेको हो । 

 

विभागका महानिर्देशक शर्माले मंगलबार एक विज्ञप्ति जारी गर्दै राष्ट्रिय पशु सेवा विभाग राष्ट्रिय पशु आहारा तथा लाइभष्टक गुण व्यवस्थापन प्रयोगशालाको बा २ झ ३८११ नम्बरको मोवाइल भ्यानमा त्यस्तो तस्वीर टाँसेको पाइएपछि तत्काल सच्चाइएको जानकारी दिए । 

 

गाईको फोटो पर्नु त्रुटि भएको स्वीकार गर्दै विभागले क्षमयाचनासहित पोस्टर सच्याइसकेको र सम्बन्धित निकायमा पत्रचार समेत गरिसकेको जनाएको छ । 

 

यता गाईको फोटो राखेपछि राप्रपाले आपत्ति जनाएको थियो । राप्रपाले नियतवश वा भुलवश कसरी फोटो पर्न गएको हो भन्नेबारेमा अबिलम्ब छानबिन गरि दोषीलाई कडा कारबाही गर्न सरकारसँग माग गरेको छ ।


थप समाचार

प्रदेश नं २ मा मात्रै सङ्क्रमित ४०० पुगे

  • 3 minutes ago
प्रदेश नं २ मा मात्रै सङ्क्रमित ४०० पुगे

धनुषा । प्रदेश नं २ मा कोभिड–१९ बाट सङ्क्रमितको सङ्ख्या ४०० जनामा पुगेको छ । आज बिहीबार बिहान ९ बजे थप ७६ जनामा सङ्क्रमण पुष्टि भएपछि सो सङ्ख्या पुगेको हो । यसअघि बुधबारसम्म ३२४ मा सङ्क्रमण पुष्टि भ

नेपाली सेनाले ग्वाङ्जाओबाट स्वास्थ्य सामग्री ल्यायो

  • 7 minutes ago
नेपाली सेनाले ग्वाङ्जाओबाट स्वास्थ्य सामग्री ल्यायो

काठमाडौँ । नेपाली सेनाले चीनको ग्वान्जाओबाट कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि अत्यावश्यक स्वास्थ्य सामग्री ल्याएको छ । ती स्वास्थ्य सामग्री नेपाल वायु सेवा निगम (नेपाल एयरलाइन्स) को वाइडबडी जह

कोरियाले लगायो मधुमेहका ३१ औषधिमा प्रतिबन्ध

  • 11 minutes ago
कोरियाले लगायो मधुमेहका ३१ औषधिमा प्रतिबन्ध

एजेन्सी । मधुमेहको औषधिमा प्रयोग हुने ‘कार्सिनोजिन’ ले क्यान्सर हुने खतरा थपिने भन्दै कार्सिनेजन प्रयोग हुने विभिन्न ३१ प्रकारका औषधिलाई दक्षिण कोरियाले उत्पादन तथा बिक्रीमा प्रतिबन्ध लगाएको छ ।



प्रेम र यौन

कोरोना भाइरसको संक्रमण फैलिरहेको बेला ‘पोर्न साइट’हरुको यस्तो धन्दा

कोरोना भाइरसको संक्रमण फैलिरहेको बेला ‘पोर्न साइट’हरुको यस्तो धन्दा

एजेन्सी । चीनको वुहानबाट फैलिएको कोरोना भाइरस हाल विश्वव्यापी बनिरहेको छ । कोरोनाको कारण मानिसको दैनिकीसँगै विश्व अर्थतन्त्र नै धराशायी बनिरहेको अवस्थामा ‘पोर्न साइट’हरुले भने अलग खालको धन्दा चलाउन थालेका छन् ।

जीवनशैली/स्वास्थ्य

श्रीमतीलाई खुसी राख्न कपडा धोइदिनुहोस्

श्रीमतीलाई खुसी राख्न कपडा धोइदिनुहोस्

तपाई आफ्नी पार्टनर या श्रीमतीलाई खुसी राख्न के गर्नु हुन्छ ? नयाँ–नयाँ गिफ्ट या मिठा खानेकुरा ल्याएर फकाउनु हुन्छ होला । तर, अब उनीहरुलाई खुसी राख्न त्यती कष्ट गर्नु पर्दैन । मात्र कपडा धोईदिए पुग्छ । ब्रिटेनमा भएको एक अध्ययनले यस्तो पत्ता लागेको हो ।