न्यु मिडियाको लतमा त परेका छैनन् बालबालिका ?

काठमाडौंँ । मोबाइल र इन्टरनेट अर्थात् न्यु(नयाँ) मिडिया ज्ञान, सूचना र मनोरञ्जनका लागि आधुनिक गुरु नै हुन् तर तिनको ठिक तवरले उपयोग नगर्दा भने बालबालिकामा लत बस्ने खतरा हुन्छ । कतै अभिभावकले नै आफ्नो बालबालिकालाई मोबाइल, इन्टरनेटको लतमा लगाएको छैन ? विचार पु¥याउने बेला आएको छ । 

अभिभावकले नै जानी नजानी बालबालिकालाई इन्टरनेटको लत लगाएरहेका पो छौँ कि रु त्यस्तो लत समयमै छुटाउने प्रयास गर्नु उचित हुन्छ । ससाना नानीहरू जतिखेर पनि युट्युव, अनलाइन गेम तथा विभिन्न सामाजिक सञ्जालमा ब्यस्त भएको देखिन्छ । अभिभावको समस्या भनेकै आफ्नो बालबालिका बाहिरी खेल खेल्ने भन्दा पनि मोबाइल, ट्याबमा भुलिरहेका हुन्छन् ।ष्लतभच

चाइल्ड सेफ नेटका निर्देशक अनिल रघुवंशीको भनाएमा अहिले प्रविधिको जमाना छ, इमेल इन्टरनेटको आवश्यक पर्छ तर यसलाई कसरी र कति समय चलाउने भन्ने विचार पु¥याउनुपर्छ । लत सबेको छ भने पनि विस्तारै छुटाउनुपर्छ ।

आफुले बालबालिको सामुन्ने मोबाइल, ट्याब वा ल्यापटप चलाएको देखेपछि उनीहरूलाई पनि चलाउन चाहन्छन् । त्यसैले पनि बालबालिको सामुन्ने भरसक नचलाउन उहाँको सुझाव छ । 

कति अभिभावकलाई थाहा नहुन सक्छ , फेसबुक १३ वर्ष भन्दा कमको बालबालिकाले चलाउन पाउँदैन तर फेसबुक फेसन र फोटो देखाउने रूपमा पनि साना बालबालिकाको फेसबुक अकाउन्ट बनाएर चलाइरहका हुन्छन् । 

अभिभावकको अज्ञानताको कारण पनि बालकालिका इन्टरनेटमा लत बसेको हुन्छ । रघुवंशी भन्नुहुन्छ, ‘अभिभावकलाई पनि सोही इन्टरनेटले नै फसाइरहेको छ त्यसभित्र गए पनि निस्कनै मन लाग्दैन ।’ 

अभिभावकले साना बालबच्चाले दुःख दिएको खण्डमा, खाना नखाएमा युट्युवमा कार्टुन देखाएर खुवाउने गरेका हुन्छन् र त्यस साइटबाट बालबालिका निस्कने मन गर्दैनन् । 

अहिलेका आमाबुवाहरू आफ्नो बालबालिकाले इमेल इन्टरनेट चलायो ट्याब या मोबाइल आफै चलायो भनेर दङ्ग हुने गर्छन् तर कसरी बालबच्चा इन्टनेटमा फसिरहेको भन्ने बिर्सन्छन् । 

गृहणी सत्य मुल्मी पनि पाँच वर्षको छोराले युट्युवमा विभिन्न भिडियो हेरेर हैरान हुनुहुन्छ । उहाँ भन्नुहुन्छ, ‘जुनै पनि समय युट्युवमा झुन्डिरहेको हुन्छ । लत नै लागि सक्यो । नदिउ भने रुन्छ दुःख दिन्छ के गर्नु ।’ 

आफुले मोबाइल चलाउँदा बच्चाले पनि मोबाइल माग्ने गरेको भने उहाँलाई मेसो नै छैन र भन्नुहुन्छ, यो त मैले याद नै गरिन, बाबुसँग म पनि खेल्दा मोबाइलको वास्ता हँुदैन मैले मोबाइल चलाउँदा उसलाई पनि हेर्नै पर्छ । 

करुणा चापाँगाईको समस्या पनि त्यस्तै भन्नुहुन्छ, मेरो मुख देख्यो कि मेरो छोरालाई मोबाइल चाहिन्छ र अनलाइन गेम खेल्न थाल्छ । 

रघुवंशीका अनुसार बालबालिकाले कुन साइट हेर्दै छन् त्यो आफूले हेर्न जरुरी छ । उहाँले गुगल वा युट्युवमा बालबालिकाको लागि भनेर किडल भन्ने साइट रहेको पनि जानकारी दिनुभयो । बालबालिकालाई इन्टरनेटमा के हेर्यौ र के सिक्यौ भन्ने प्रश्न सोध्नुपर्छ । 

यसैगरी इन्टरनेट सेवा कम्पनी वल्र्डलिङ्कले बालबालिकाको इन्टरनेट उपयोग र यसले पार्ने नकारात्मक प्रभावलाई ध्यान दिई सेफनेट नामक सुरक्षित सेवाको सुरुवात गरेको छ ।

यसले अभिभावकहरुलाई वल्र्डलिङ्कले इन्टरनेट जडानमा कुन इन्टरनेट साइट नियन्त्रण गर्नको लागि पहुँचयोग्य छ भन्ने अनुमति दिँदै प्रयोगकर्ताहरुलाई कुन समयमा कस्ता नियन्त्रण सामग्रीको छनोट गर्ने भन्ने बारेमा अनुमति दिने गर्दछ । यो सेवा वल्र्डलिङ्क ग्राहकहरुका लागि निःशुल्क प्रदान गरिने कम्पनीले जनाएको छ ।

सेफनेटले बच्चाहरुको अध्ययनको अवधिमा सामाजिक मिडियालाई प्रतिबन्धित गर्न, डिभाइसहरुलाई नकारात्मक प्रभाव पार्ने वेबसाइटहरु ब्लक गर्ने, वेबसाइटहरु ब्राउजिङ गर्दा विज्ञापनहरु फिल्टर गर्ने,वयस्क सामग्रीहरुलाई पूर्ण रुपमा बन्देज गर्ने, फेसबुक, ट्विटर, युट्युब जस्ता सामाजिक सञ्जालको प्रयोगलाई बन्देज गर्ने, आफ्नो समय तालिका अनुसार वेबसाइट अन र अफ गर्ने, विशेष वेबसाइट वा डोमेनहरु ब्ल्याक लिस्ट वा ह्वाइट लिस्ट गर्नेजस्ता कार्यमा सहयोग पुर्याउँदछ ।

रघुवंशीको भनाइमा अभिभावकले के पनि आफुले मोबाइल वा ल्यापटप चलाउँदा विचार पु¥याउनुपर्छ । बालबालिकालाई पढ् भनेर गाली गर्ने र आफू भने इन्टरनेट चलाएर बस्ने त्यस्तो गर्नुहुँदैन । अनलाइन इन्टरनेटबारे ज्ञान हुन आवश्यक पर्छ । 

बालबालिकाले विभिन्न वेबसाइटमा के हेर्न भन्नेबारे ज्ञान लिनुपर्छ । उनीहरु सँगै बसेर साइट अवलोकन गर्नुपर्छ । त्यसका लागि डिभाइसमा सेफ्टी डिभाइस प्रयोग गर्न सकिन्छ । बालबालिकालाई समय दिनुपर्छ सो समयमा मोबाइल वा अन्य डिभाइसहरु चलाउनुहुँदैन ।  इन्टरनेट चलाउने समय र नियमहरु आफुले बनाइदिनुपर्छ र त्यो आफुमा पनि लागु गर्नुपर्छ । गाेरखापत्रबाट


थप समाचार

राउत र चन्दप्रति सरकार कठोर

  • 31 minutes ago
राउत र चन्दप्रति सरकार कठोर

काठमाडौं । सिके राउत र नेत्रविक्रम चन्द (विप्लव) प्रति सरकार पछिल्ले समयमा कठोर बनेको छ । मुलुक बिखण्डनको एजेन्डा बोक्ने राउत र विध्वंस्तामक कार्यमा संलग्न भएको भन्दै विप्लव नेतृत्वको नेकपा मओवादीप्रत

जीप दुर्घटनामा मृत्यु हुनेको सनाखत

  • 35 minutes ago
जीप दुर्घटनामा मृत्यु हुनेको सनाखत

बेझाड । बिहीबार साँझ भएको जिप दुर्घटनामा मृत्युु हुनेको सनाखत भएको छ । तानसेनबाट जल्पा हुँदै बहादुरपुर जाँदै गरेको लु१ज २६५३ नं को जिप आर्गिडाँडाको ओढारेमा दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको पाल्पा

पदाधिकारी संख्या विवादमा महामन्त्रीको नयाँ सूत्र

  • 1 hour ago
पदाधिकारी संख्या विवादमा महामन्त्रीको नयाँ सूत्र

काठमाडौं । महासमितिको तय तिथि आइसक्दा पनि काँग्रेसको नयाँ विधान मस्यौदामा सहमति जुट्न नसकेपछि महामन्त्री डा. शशांक कोइरालाले बीचको बाटो प्रस्तावित गर्नुभएको छ । गत बुधबार पार्टी केन्द्रिय कार्यालय सान



प्रेम र यौन

महिनावारीको बेलामा यौन सम्पर्क गर्न हुन्छ कि हुँदैन ?

महिनावारीको बेलामा यौन सम्पर्क गर्न हुन्छ कि हुँदैन ?

एजेन्सी । महिनावारी भएको बेला यौन सम्पर्क गर्न हुन्छ ? या हुँदैन यो प्रश्नले धेरै जोडीहरुले सोध्ने गरेका छन् । यस्तो बेला यौन सम्पर्क गर्ने कुरा इच्छामा भर पर्छ । तर, हाम्रो समाजको चलनचल्तीको कुरा गर्ने हो भने महिनावारीको बेला सम्पर्क गर्नुलाई राम्रो मानिँदैन ।

जीवनशैली/स्वास्थ्य

आजको तपाईको भाग्य, यो राशिको भाग्य चम्कदै !

आजको तपाईको भाग्य, यो राशिको भाग्य चम्कदै !

वि.सं.२०७५ साल मंसिर २८ गते । शुक्रबार । ईश्वी सन् २०१८ डिसेम्बर १४ तारिख । नेपाल संवत् ११३९ । विरोधकृत् संवत्सर । दक्षिणायन । हेमन्त ऋतु । श्रीशाके १९४० । मार्ग शुक्ल पक्ष । तिथि सप्तमी, ४४ घडी २३ पला, रातको १२ बजेर ४३ मिनेट उप्रान्त अष्टमी ।

विचित्र विश्व

जब यी टपरले यस्तो निर्णय लिए...

जब यी टपरले यस्तो निर्णय लिए...

एजेन्सी–आजको जमानामा अधिकांश पैसाको पछाडि भागिरहेका छन् । जोसँग हजार छ उनीहरु लाखको पछाडि, जोसँग लाख छ उनीहरु करोडको पछाडि र जोसँग करोडौ रुपैयाँ छ उनीहरु पनि सन्तुष्ट रहेका छैनन् ।