IIMS College

ISMT

HUB Education

मेडिकल पसलमा छापा मार्दा...

  • बिहीबार, १३ चैत, २०७६
  • 1 week ago
  • नेपाल
Education Park

 

Kathmandu Trade Show

 

Royal Education Foundation

 

काठमाडौँ । लकडाउनको मौकाछोपी कृत्रिम मूल्य सिर्जना गरेर कालोबजारी गर्ने वीरगञ्ज मीना बजारका  तीन पसलमा वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय पर्साले छापा मारी जरिवाना तिराएको छ । सो कार्यालयका प्रमुख जीतबहादुर भण्डारीको नेतृत्वमा गएको टोलीले आज अपराह्न  भरत इन्टरप्राइजेज, सिद्धार्थ सब्जी भण्डार तथा सुरेश मेडिकल पसलमा छापा मार्दा ती पसलले कृत्रिम मूल्य सिर्जना गरी कालोबजारी गरिरहेको पाइएकाले जरिवाना तिराएको सो कार्यालयले जनाएको छ । 

 

औषधि पसलले पञ्जा बेच्दा मूल्यमा एकरुपता नराखेको र  बिलबीजक नक्कली देखाई ठगी गरेकाले उनलाई रु २० हजार तथा इन्टरप्राइजेज र सब्जी भण्डारले बिक्री गरिरहेको आलुसम्बन्धी कागजात दुरुस्त नराखी बढी मूल्यमा बेच्ने गरेकाले दुवैलाई जनही  एक एक हजार जरिवाना गराइएको कार्यालयका सूचना अधिकारी दिलीप खङ्गले राससलाई बताए ।

 

पर्साका सहायक प्रमुख जिल्ला अधिकारी ललितकुमार बस्नेतको समेत सहभागिता रहेको सो टोलीले वीरगञ्जका नगवा, पानीटंकी र मूर्लीमा रहेका तरकारी बजारको निरीक्षण गरी बढी मूल्यमा तरकारी बेच्ने  बिक्रेतालाई पहिलो चोटि नसिहत दिइएको बताइएको छ । 

 

लकडाउनपछि वीरगञ्जस्थित घण्टाघरको पान मण्डी गल्लीमा रहेका थोक व्यापारीले एकाबिहानै  व्यापारीलाई बढी मूल्य लिएर खाद्यान्नलगायत सामान बेच्ने गरेकाले सो ठाउँमा पनि स्थानीय प्रशासनले छापा मारी कालोबजारी गर्ने व्यापारीलाई कारवाही गर्नुपर्ने माग पीडित उपभोक्ताले गरेका छन् ।   

 

वीरगञ्ज नाकाबाट निर्बाध ग्यास र पेट्रोल भित्रिँदै

लकडाउनका समयमा पनि भारतबाट वीरगञ्ज नाका भएर  ग्यास र पेट्रोलियम पदार्थ अत्यधिक मात्रामा भित्रिएको वीरगञ्ज भन्सारले जनाएको छ ।  यही चैत १० देखि लागु भएको लकडाउनका समयमा भारतका विभिन्न ठाउँबाट चैत १२ गतेसम्म ८४ बुलेट एलपी ग्यास, २८ लाख ५२ हजार किलोलिटर पेट्रोल र २७ लाख ५२ हजार किलोलिटर डिजल वीरगञ्ज नाकाबाट बताइएको छ । 

सोही अवधिमा तरकारी, खाद्यान्नलगायत सामान सहज रुपमा नेपाल भित्रिएको  र आज पनि  आएको वीरगञ्ज भन्सार कार्यालयका सूचना अधिकारी विमलकुमार साहले बताए। 

 

यसैबीच  प्रदेश नं २ ट्राफिक प्रहरी कार्यालय पथलैया, बाराका अनुसार लकडाउनका समयमा सङ्घीय सरकारले छुट दिएका सवारी साधनबाहेक अन्य सवारी साधन भने चलेका छैनन् । लकडाउनका समयमा अत्यावश्यक एम्बुलेन्स, खाद्यान्न, फलफूल तथा पेट्रोलियम पदार्थ बोकेको सवारी साधन निर्बाध रुपमा चलेको सो कार्यालयका ट्राफिक प्रहरी उपरीक्षक श्यामकुमार महतोले बताए ।


थप समाचार

अमेरिकामा भयावह स्थितिः यस्तो छ पछिल्लो रिपोर्ट

  • 1 minute ago
अमेरिकामा भयावह स्थितिः यस्तो छ पछिल्लो रिपोर्ट

एजेन्सी । कोरोना भाइरसका कारण मंगलबार बेलुकासम्म ९०२ जनाको मृत्यु भएको छ । योसँगै हालसम्म भाइरसका कारण अमेरिकामा ११ हजार ७७३ जनाको मृत्यु भएको छ । संक्रमितको संख्यामा पनि भारी वृद्धि भएको छ ।

नेकपा बैठकमा प्रधानमन्त्रीबाट सरकारी कदमबारे जानकारी

  • 10 minutes ago
नेकपा बैठकमा प्रधानमन्त्रीबाट सरकारी कदमबारे जानकारी

काठमाडौँ । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठकमा पार्टीका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि सरकारले चालेका कदमबारे जानकारी गराएका

पसलमा भीड हुन थालेपछि ‘लकडाउन’ कडा

  • 14 minutes ago
पसलमा भीड हुन थालेपछि ‘लकडाउन’ कडा

काठमाडौँ । दैनिक उपभोग्य सामान किनमेलका क्रममा बजार र पसलमा भीड हुन थालेपछि कोभिड–१९ को रोकथाम र नियन्त्रण गर्न जिल्लामा ‘लकडाउन’ लाई थप कडा तुल्याइएको छ । स्थानीय प्रशासनले तरकारी, दूधजस्ता अत्यावश्



प्रेम र यौन

कोरोना भाइरसको संक्रमण फैलिरहेको बेला ‘पोर्न साइट’हरुको यस्तो धन्दा

कोरोना भाइरसको संक्रमण फैलिरहेको बेला ‘पोर्न साइट’हरुको यस्तो धन्दा

एजेन्सी । चीनको वुहानबाट फैलिएको कोरोना भाइरस हाल विश्वव्यापी बनिरहेको छ । कोरोनाको कारण मानिसको दैनिकीसँगै विश्व अर्थतन्त्र नै धराशायी बनिरहेको अवस्थामा ‘पोर्न साइट’हरुले भने अलग खालको धन्दा चलाउन थालेका छन् ।

जीवनशैली/स्वास्थ्य

यी खानेकुराहरु मिसाएर खानु शरीरका लागि घातक !

यी खानेकुराहरु मिसाएर खानु शरीरका लागि घातक !

एजेन्सी । खाना स्वादिलो भयो भने मानिस खानाको स्वादमा हराउँछन् । तर कतिपय अवस्थामा मानिसले खानेकुराको नियम भने भुल्छन् । कहिले काँहि यस्ता कुरामा ध्यान नदिँदा तपाइँको स्वास्थ्यमा गम्भिर असर पर्न सक्छ ।

विचित्र विश्व

कोरोनाको कहरबाट किन मुक्त छ तुर्कमेनिस्तान, आखिर यसको कारण के हो ?

कोरोनाको कहरबाट किन मुक्त छ तुर्कमेनिस्तान, आखिर यसको कारण के हो ?

एजेन्सी । विश्वमा २११ देशहरू कोरोना भाइरस संक्रमणको चपेटामा छन्। तर केही यस्ता देशहरू पनि छन् जहाँ हालसम्म कोरोना संक्रमणको एक मात्र केस रिपोर्ट गरिएको छैन। ती मध्येको एक हो तुर्कमेनिस्तान।