Techie IT
२०८१ वैशाख १२, बुधबार
NepaliPatra logo
गृहपृष्ठकला र मनोरञ्जनओटिटीमा जारी चलचित्र

ओटिटीमा जारी चलचित्र


काठमाडौँ । कोरोना महामारीका कारण बन्दाबन्दी भएको समयमा नेपाल ‘ओटिटी’ (ओभर द टप)प्रति सबैको आकर्षण बढ्यो । ओटिटीमा चलचित्र रिलिज तथा नयाँनयाँ शृङ्खला प्रदर्शन हुन थालेपछि नेपालमा पनि यसका प्रयोगकर्ता उल्लेख्यरुपमा बढेका छन् । नेपाली एप आइफ्लिक्स, भिडियो पसल, सिनेमा घरजस्ता एपले दर्शक पाएनन् ।

आइफ्लिक्स र चलचित्र टिभीले भने सफलता नपाएपछि बन्द नै भए । नेपालमा सन् २०१६ देखि सुरु भएको एप ‘सिनेमा घर’ले भने पछिल्लो समय दर्शक पाइरहेको त्यसका अध्यक्ष खगेन्द्र लामिछानेले जानकारी दिए । दर्शकको अपेक्षा बुझेर सब्सक्रिप्सनको सुविधा हटाई चलचित्रअनुसार भुक्तानी गरेर हेर्न मिल्ने बनाइएपछि एप निर्माताका लागि नयाँ आम्दानीको स्रोत बनेको छ ।

“पहिला चलचित्र भवनमा प्रदर्शन भएका चलचित्र युट्युबमा राखिन्थ्यो । यद्यपि अहिले एपकै माध्यमले आम्दानी निर्माताले गरिरहेका छन् । पछिल्लो समय नयाँ चलचित्रले राम्रै मुनाफा दिइरहेको छ”, अध्यक्ष लामिछानेले भने, “यसले आगामी दिनमा निर्मातालाई झनै लाभान्वित गराउनाका साथै नयाँ मेकर्सलाई दर्शकसम्म पुग्ने अवसर सिर्जना गरेको छ ।”

उहाँले एपमा प्रदर्शन सुरु गरिएको जारी चलचित्रले सहजै दर्शक पाइरहेको जानकारी दिए । चलचित्र भवनमा रुचाइएको चलचित्रलाई एपमा पनि दर्शकको उस्तै साथ मिल्ने गरेको छ । “जारीले नयाँ दर्शकलाई समेत एपमा ल्याएको देखिएको छ । यस वर्ष हामीले कबड्डी ४, महापुरुषजस्ता चलचित्रमार्फत नयाँ दर्शकसम्म पुग्ने अवसर पायौँ आउँदो समयमा ओटिटीले धेरै दर्शकसम्म नेपाली चलचित्र पुर्‍याउँछ”, अध्यक्ष लामिछानेले भने । उपेन्द्र सुब्बाले निर्देशन गरेको चलचित्र जारीमा दयाहाङ राई, मिरुना मगर, विजय बराल, अङ्कित खड्कालगायत कलाकारले अभिनय गरेका छन् । रासस




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

कृष्ण विकको ‘निरमाया’ सार्वजनिक

काठमाडौँ । गायक कृष्ण विकले नयाँ गीत ‘निरमाया’ सार्वजनिक गरेका छन् । गीतमा विकले गायिका स्मिता दाहालसँग स्वर दिएका छन्

‘बलिदान’मा दिव्य देव अनुबन्धित

काठमाडौँ । आसुसेन फिल्मस्‌को मेगा प्रोजेक्ट चलचित्र ‘बलिदान’मा अभिनेता दिव्य देव अनुबन्धित भएका छन् । शनिवार औपचारिक सम्झौता गर्दै उनलाई

बिपिन कार्कीको फरक भूमिका रहेको ‘एक भगवत् र एक गीता’…

काठमाडाैँ । कलाकार बिपिन कार्कीको फरक अवतारका कारण निकै चर्चा बटुलेको चलचित्र ‘एक भगवत् र एक गीता’ भिडियोपसल एपमा रिलिज

‘फर्की फर्की’को ट्रेलर सार्वजनिक

काठमाडौँ । नेपाली कथानक चलचित्र ‘फर्की फर्की’को ट्रेलर सार्वजनिक भएको छ । आज सार्वजनिक गरिएको ट्रेलर अनमोल केसीमा केन्द्रित छ

‘द रेड सुटकेस’ वैदेशिक रोजगारको अन्त्यको क्रान्ति होः श्रममन्त्री अर्याल

काठमाडौँ । नयाँ वर्षको अवसर पारेर ३० चैतबाट प्रदर्शनमा आएको चलचित्र ‘द रेड सुटकेस’ले यतिबेला दर्शकले रुचाएका छन् । यो

इराकमा सांगीतिक धमाका मच्चाउँदै राजेशपायल

काठमाडौँ । नेपालीमा उखानै छ, ‘जहाँ पुग्दैन रवि, त्यहाँ पुग्छन् कवि’ । कवि लक्षित यो भनाइलाई सार मान्दै ‘जहाँ नेपाली,

Techie IT