Techie IT
२०८० चैत्र १६, शुक्रबार
NepaliPatra logo
गृहपृष्ठखेलभिमाद अर्ना कप फुटबल प्रतियोगिता हुँदै

भिमाद अर्ना कप फुटबल प्रतियोगिता हुँदै


तनहुँ । तनहुँको भिमादमा हरिबोधनी एकादशीको अवसर पारेर फुटबल प्रतियोगिता आयोजना हुने भएको छ । आउँदो मंसिर ७ गतेदेखि भिमाद रंगशालामा भिमाद अर्ना कप फुटबल प्रतियोगिता (११–ए साइड) सञ्चालन हुने भएको हो ।

प्रतियोगितामा सहभागिता जनाउन कार्तिक २५ गतेदेखि मंसिर ५ गतेसम्म टिम दर्ता गर्न सकिने कार्यक्रम संयोजक ज्ञानेन्द्र गुरुङले जानकारी दिए । १६ टिम भन्दा बढी टिमलाई सहभागि नगराइने पनि उनले जानकारी दिए ।

संयोजक गुरुङका अनुसार प्रतियोगिताको विजेता टोलीले २ लाख २२ हजार २२२ नगद तथा ट्रफि एवं प्रमाणपत्र प्राप्त गर्नेछ । यस्तै, दोस्रो हुने टोलीले १ लाख ११ हजार १११ रकमसहित ट्रफि एवं प्रमाणपत्र प्राप्त गर्नेछ ।

साथै, प्रतियोगिताको उत्कृष्ट खेलाडीले १० हजार तथा हाई स्कोरर, बेस्ट किपर, बेस्ट फरवार्ड, बेस्ट मिडफिल्डर र बेस्ट डिफेन्डरले ५–५ हजार प्राप्त गर्नेछन् ।

यसअघि पनि एकादशीको अवसरमा भलिबल तथा फुटबल प्रतियोगिता आयोजना हुँदै आएको यस भिमादमा यस्ता खेलकुद प्रतियोगितामा उल्लेख्य दर्शकको उपस्थिती रहँदै आएको छ । यस प्रतियोगिताले खेल पर्यटनको माध्यमबाट भिमादलाई थप चिनाउने आयोजकको विश्वास छ ।

युवा क्लब भिमादको आयोजनामा हुन गइरहेको प्रतियोगिताको प्रायोजक यती ब्रुअरी लिमिटेड रहेको छ ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

राष्ट्रिय बक्सिङमा सुस्मा र अस्मिता अन्तिम चारमा

काठमाडौँ । लुम्बिनी प्रदेशकी सुस्मा तामाङ र कर्णाली प्रदेशकी अस्मिता दुवाल छैटौं वीर गणेशमान सिंह राष्ट्रिय बक्सिङ प्रतियोगितामा सेमिफाइनलमा पुगेका

नेपाल ‘ए’ र आयरल्यान्ड ‘ए’ बीचको खेल रद्द

काठमाडौँ । नेपाल ए र आयरल्याण्ड ए बीचको टी-२० सिरिजको पहिलो खेल रद्ध भएको छ । लगातारको बर्षाका कारण मैदान

नेपालले महिला एसिया कप क्रिकेट खेल्ने

काठमाडौँ । नेपालको महिला राष्ट्रिय क्रिकेट टोलीले एसीसी महिला एसिया कप खेल्ने भएको छ । नेपाल क्रिकेट संघ (क्यान)का अनुसार

बहराइनसँग नेपाल ३-० ले पराजित

काठमाडौँ । नेपाल फिफा विश्वकप तथा एएफसी एसियन कप छनोटअन्तर्गत बहराइनसँग पराजित भएको छ । गएराती सम्पन्न खेलमा बहराइनले नेपाललाई

आयरल्यान्ड ‘ए’ माथि नेपालको लगातार दोस्रो जित

काठमाडौँ । नेपाली राष्ट्रिय क्रिकेट टोलीले टी–२० आई खेलमा आयरल्याण्ड वुल्भ्सको ‘ए’ टोलीविरुद्ध लगातार दोस्रो जित निकालेको छ । नेपालले

नेपालले आयरल्याण्ड ‘ए’ लाई दियो १९९ रनको लक्ष्य

काठमाडौँ । नेपाले आयरल्याण्ड वुल्भ्सको ‘ए’ टोलीलाई जितका लागि १९९ रनको लक्ष्य दिएको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस

Techie IT