मेलम्ची खानेपानी आयोजनाकाे बाँकी काम छिटो सम्पन्न गर्न निर्देश

Education Park

काठमाडौँ । खानेपानी तथा सरसफाइ मन्त्रालयले सबै स्थानीय तहमा खानेपानी तथा सरसफाइ कार्ययोजना बनाउन सहयोग गर्ने भएको छ । स्वच्छ खानेपानी पाउने जनताको मौलिक हक कार्यान्वयन गर्न सो कार्ययोजना बनाउन सहयोग गर्न लागेको मन्त्रालयले जनाएको छ ।

 

खानेपानी र सरसफाइ क्षेत्रमा कति योजना आवश्यक छन्, ती आवश्यकतालाई सम्बोधन गर्न के कति बजेट आवश्यक पर्छ भन्ने कुरा कार्ययोजनामा आउने छ । 

 

खानेपानी मन्त्री बीना मगरले प्रतिनिधिसभा, विकास तथा प्रविधि समितिको आजको बैठकमा सो जानकारी दिँदै खानेपानी योजना हुने, कार्यालय नहुने, कार्यालय हुने, योजना नहुने स्थितिलाई अन्त्य गरिने बताइन् । 

 

भूकम्पले क्षति पु¥याएका ७७८ खानेपानी योजनामध्ये १०९ योजना मात्र सम्पन्न हुने बाँकी रहेको चर्चा गर्दै उनले सम्पन्न हुन बाँकी योजना पनि आगामी वर्षभित्र सम्पन्न हुने जानकारी दिइन् । 

 

मन्त्री मगरले मेलम्ची खानेपानी आयोजनाका बाँकी काम के कसरी सम्पन्न गर्ने भन्ने विषयमा आगामी मन्त्रिपरिषद्को बैठकमा आफूले प्रस्ताव पेश गर्ने र ठोस निर्णय लिइने बैठकलाई जानकारी दिइन् । 

 

उनले भनिन्, ‘सबै जिल्लालाई खुला दिसामुक्त बनाउने अभियानमा सरकार लागेको छ, यसलाई सहयोग गर्न म सबैसँग आग्रह गर्छु ।’ मन्त्रालयले करीब चार हजार खानेपानी योजना प्रदेश र स्थानीय तहलाई हस्तान्तरण गरिसकेको छ । 

 

मन्त्रालयका सचिव दीपेन्द्रनाथ शर्माले खानेपानी तथा सरसफाइसम्बन्धी नयाँ ऐन तर्जुमा गर्न लागेको, पहुँच र प्रभावका आधारमा मन्त्रालयले खानेपानी योजना तर्जुमा नगरेको स्पष्ट पार्दै आर्थिक समृद्धिका लागि खानेपानी क्षेत्रमा बजेट वृद्धि गरिनुपर्ने बताए । 

 

 

समितिको बैठकले मेलम्ची खानेपानी आयोजनाका बाँकी काम छिटो सम्पन्न गर्न, खानेपानी तथा सरसफाइ नीति ल्याउन, खानेपानी र सरसफाइका क्षेत्रमा सञ्चालित योजनाका काम समयमै सम्पन्न गर्न अनुगमन प्रभावकारी गर्न मन्त्रालयलाई निर्देश दिएको छ । 

 

तराई÷मधेशका जिल्लामा खानेपानीमा देखिएका आर्सेनिक र हिमाल एवं पहाड जिल्लाका सुख्खाग्रस्त क्षेत्रमा लिफ्टमा माध्यमबाट खानेपानी उपलब्ध गराउन, संविधान प्रदत्त स्वच्छ खानेपानी पिउन पाउने जनताको मौलिक अधिकारलाई प्रभावकारी कार्यान्वयन गर्नसमेत मन्त्रालयलाई निर्देश गरेको छ । 

 

समितिको बैठकमा सांसदले खानेपानी र सरसफाइ योजना बनाउँदा प्रभाव र दबाबभन्दा आवश्यकताका आधारमा छनोट गर्न, अधुरा खानेपानी योजनालाई सम्पन्न गराउन, सुख्खाग्रस्त क्षेत्रमा लिफ्टका माध्यमबाट पानी पु¥याउन र मेलम्ची खानेपानी आयोजनाका बाँकी काम सम्पन्न गर्न सरकारको ध्यानाकर्षण गराइएको थियो । 

 

बैठकमा सांसद कमला रोका, केदार सिग्देल, रामबहादुर विष्ट, टोपबहादुर रायमाझी, अनिलकुमार झा, आशाकुमारी विक, रङ्गमति शाही, गणेश पहाडी, यज्ञबहादुर सुनुवारले स्वच्छ खानेपानी पिउन पाउने जनताको मौलिक अधिकारलाई कार्यान्वयन गर्न जोड दिए । (रासस)


थप समाचार

दूध र मासुमा तनहुँ बन्याे आत्मनिर्भर

  • 3 minutes ago
दूध र मासुमा तनहुँ बन्याे आत्मनिर्भर

दमौली । दूध र मासुमा तनहुँ जिल्ला आत्मनिर्भर बनेको छ । पशुपालनतर्फ कृषकहरुको आकर्षण बढेसँगै आवश्यक दूध र मासुजन्य पदार्थको उत्पादन हुँदा जिल्ला आत्मनिर्भर बनेको हो ।

प्रेमीको अर्को प्रेमीका देखेपछि जेनीले गरिन् आत्महत्या

  • 7 minutes ago
प्रेमीको अर्को प्रेमीका देखेपछि जेनीले गरिन् आत्महत्या

काठमाडौँ । काठमाडौँको बालाजुमा एक युवती मृत भेटिएकी छिन् । त्रिपुरेश्वरमा बस्दै आएकी जेनी तामाङ १९ वर्षीय जेनी तामाङ उनको प्रेमीको कोठामा मृत भेटिएकी हुन् । जन्मदिन मनाउन उनी असार ३० गते प्रेम

अरुवा खोलामा डुबेर आठ वर्षीय बालकको मृत्यु

  • 11 minutes ago
अरुवा खोलामा डुबेर आठ वर्षीय बालकको मृत्यु

रौतहट । बौधिमाई नगरपालिका–९ स्थित अरुवा खोलामा डुबेर एक बालकको मृत्यु भएको छ ।



प्रेम र यौन

यौन शिक्षा– यस्तो बेलामा यौन सम्बन्ध नराखौं !

यौन शिक्षा– यस्तो बेलामा यौन सम्बन्ध नराखौं !

कस्तो अवस्थामा यौन सम्पर्क गर्ने र कस्तो अवस्थामा नगर्ने भन्ने आ–आफ्नै धारणा, तर्क सुनिन्छ । कतिपय अवस्थामा यौन सम्पर्क गर्नै हुन्न । महिलाले आफ्नो शिशुलाई स्तनपान गराईरहेको समयमा शिशुसँग रमाइरहेका हुन्छन् ।

जीवनशैली/स्वास्थ्य

बुधबार गर्नुस् यस्ताहरु, फलिफाप हुनेछ

बुधबार गर्नुस् यस्ताहरु, फलिफाप हुनेछ

एजेन्सी । यदि तपाईको घरमा आयभन्दा बढी व्यय अर्थात् खर्च भइरहेको छ, घरमा कलेश मचिरहेको छ भने बुधवारका दिन बुध ग्रहलाई पुज्नुहोस्, समस्याबाट राहत मिल्न सक्छ ।

विचित्र विश्व

एउटा कुखुराले २४ घण्टामा ३६ वटा अण्डा पारेपछि...

एउटा कुखुराले २४ घण्टामा ३६ वटा अण्डा पारेपछि...

एजेन्सी । एउटै कुखुराले २४ घण्टामा ३६ वटा अण्डा पारेपछि भारतको जयपुरस्थित घाटगेट इलाकाका मानिसहरु छक्क परेका छन् । यो समाचार बाहिर आए लगत्तै टाढा टाढाबाट मानिसहरु उक्त कुखुरालाई हेर्न जान थालेका छन् ।