Techie IT
२०८१ वैशाख १२, बुधबार
NepaliPatra logo
गृहपृष्ठकला र मनोरञ्जन‘टिकटक रियालिटी शो’को अडिसन खुल्ला

‘टिकटक रियालिटी शो’को अडिसन खुल्ला


काठमाडौँ। अमेरिका बसोबास गर्दै आएका युवाहरुको समूहले ‘द पारा भ्वाइस टिकटक रियालिटी शो’ कार्यक्रमको आयोजना गर्ने भएका छन्। बी एन कार्गो एलएलसी अमेरिका तथा एक्सन फिल्मस काठमाडौँको संयुक्त आयोजनामा नेपालमा टिकटक रियालिटी शोको अडिसन खुल्ला गरिएको हो।

द पारा भ्वाइस टिकटक रियालिटी शो नामकरण दीइएको उक्त कार्यक्रममा नेपालमा बसोबास गर्दै आएका भुटानी या नेपाली प्रतिभाहरुले प्रतिस्पर्धा गर्न पाउने उक्त रियालिटी शोका संयोजक युवराज खत्रीले जानकारी दिएका छन्।

सामाजिक संजालमा अझ विशेष गरी टिकटकमा फैलिरहेको नकारात्मक विषय वस्तुहरुलाई दुरुत्साहित गर्दै नेपाली गायन प्रतिभाहरुलाई प्रोत्साहन गर्ने गरी विश्वभरी छरिएर बसेका उर्जाशील नविनतम सकारात्मक सोच बोकेका नेपाली युवाहरुको संयोजनमा यो रियालिटी शो गर्न लागिएको आयोजक सस्था बि एन कार्गो एल एल सी अमेरीकाका संचालक बिक्रम कुँवरले बताए।

क्षमता भएका गायन प्रतिभाहरु, जसले अवसर नपाईरहेको परिबेशमा यो रियालिटी शो कोशेढुङ्गा साबित् हुनेकुरा कार्यक्रम निर्देशक कृष्ण घिमिरेले उल्लेख गरे। उक्त रियालिटी शोमा बिजेता हुनेले १ लाख तथा गीत रेकर्डिङ गर्न पाउने छन्। द्धितिय र तृतीय हुनेले क्रमश पचास हजार र बिस हजार सहित नगद, प्रमाण पत्र तथा ट्रफी प्राप्त गर्नेछन।

अमेरिका बसोबास गर्दै आएका नेपाल र नेपाली कला, संस्कृति र भाषालाई माया गर्ने बि एन एल एल सी का संचालक तथा उक्त रियालिटी शोका कार्यक्रम निर्माताहरु नरेश पोर्तेल, बिक्रम कुँवर, पाब्लो क्षेत्री, कृष्ण घिमिरे, रोशन तामाङ्ग, अंकित श्रेष्ठ र मिस्टर गुरुङ लगाएतले आफ्नो रियालिटी शो सफल हुनेमा दावी गरेका छन्।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

कृष्ण विकको ‘निरमाया’ सार्वजनिक

काठमाडौँ । गायक कृष्ण विकले नयाँ गीत ‘निरमाया’ सार्वजनिक गरेका छन् । गीतमा विकले गायिका स्मिता दाहालसँग स्वर दिएका छन्

‘बलिदान’मा दिव्य देव अनुबन्धित

काठमाडौँ । आसुसेन फिल्मस्‌को मेगा प्रोजेक्ट चलचित्र ‘बलिदान’मा अभिनेता दिव्य देव अनुबन्धित भएका छन् । शनिवार औपचारिक सम्झौता गर्दै उनलाई

बिपिन कार्कीको फरक भूमिका रहेको ‘एक भगवत् र एक गीता’…

काठमाडाैँ । कलाकार बिपिन कार्कीको फरक अवतारका कारण निकै चर्चा बटुलेको चलचित्र ‘एक भगवत् र एक गीता’ भिडियोपसल एपमा रिलिज

‘फर्की फर्की’को ट्रेलर सार्वजनिक

काठमाडौँ । नेपाली कथानक चलचित्र ‘फर्की फर्की’को ट्रेलर सार्वजनिक भएको छ । आज सार्वजनिक गरिएको ट्रेलर अनमोल केसीमा केन्द्रित छ

‘द रेड सुटकेस’ वैदेशिक रोजगारको अन्त्यको क्रान्ति होः श्रममन्त्री अर्याल

काठमाडौँ । नयाँ वर्षको अवसर पारेर ३० चैतबाट प्रदर्शनमा आएको चलचित्र ‘द रेड सुटकेस’ले यतिबेला दर्शकले रुचाएका छन् । यो

इराकमा सांगीतिक धमाका मच्चाउँदै राजेशपायल

काठमाडौँ । नेपालीमा उखानै छ, ‘जहाँ पुग्दैन रवि, त्यहाँ पुग्छन् कवि’ । कवि लक्षित यो भनाइलाई सार मान्दै ‘जहाँ नेपाली,

Techie IT