Techie IT
२०८१ वैशाख १३, बिहीबार
NepaliPatra logo
गृहपृष्ठअर्थरियलमीको सर्भिस सेन्टर अब पोखरामा

रियलमीको सर्भिस सेन्टर अब पोखरामा


पोखरा। सर्वाधिक विश्वसनीय स्मार्टफोन ब्रान्ड रियलमीले पोखरामा आफ्नो चौथो सर्भिस सेन्टर खोलेको छ। पोखरामा बढ्दै गइरहेको आफ्नो ग्राहक सङ्ख्यालाई ध्यानमा राख्दै उनीहरूलाई गुणस्तरीय आफ्टर सेल्स सर्भिस प्रदान गर्ने उद्देश्यले यस सेवा केन्द्र खोलिएको रियलमीले जनाएको छ।

रियलमी नेपालका कन्ट्री हेड मुनिश गिरीका अनुसार नेपालभरि छरिएर रहनुभएका हाम्रा समस्त ग्राहक वर्गहरूलाई राम्रो स्तरको सेवा प्रदान गर्ने प्रतिबद्धता अनुरूप पोखरामा चौँथो सेवा केन्द्र स्थापना गरिएको हो। यस सेवा केन्द्र मार्फत ग्राहकहरूले स्मार्टफोन सम्बन्धी हरेक समस्याहरूको सहज रूपमा समाधान पाउन सक्नेछन्।

त्यस्तै, रियलमी नेपालको आधिकारिक वितरक जगदम्बा मोबाइल र शंकर ग्रुपका एग्जिक्युटिभ डिरेक्टर सक्षम जाटियाले निरन्तररुपमा वृद्धि भइरहेको लोकप्रियताले रियलमीप्रतिको नेपाली ग्राहकहरूको विश्वासलाई झल्काएको बताए। यस नयाँ सेवा केन्द्रको उद्घाटनसँगै आफ्ना ग्राहकहरूलाई राम्रो स्तरको सेवा र सुविधा प्रदान गर्ने रियलमीको प्रयासलाई नयाँ उचाइमा पुर्याएको उनको तर्क छ।

यस सेवा केन्द्रमा ग्राहकहरूले प्राविधिक सहयोग र असली पार्ट–पुर्जाहरू लगायत सफ्टवेयर सम्बन्धी मर्मत सेवाहरू प्राप्त गर्न सक्नेछन्। त्यस्तै, यस सेवा केन्द्रमा दक्ष र तालिमप्राप्त कर्मचारीहरू छन्। ग्राहकको सेवा सुविधालाई ध्यानमा राख्दै फोनमा आईपर्नसक्ने जुन पनि समस्याहरूको चुस्त र सहज रूपमा समाधान गर्ने उद्देश्यको साथ यस सेवा केन्द्रको स्थापना गरिएको कम्पनीले जनाएको छ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

शेयर बजारमा २ अर्ब ५३ करोड रुपैयाँको कारोबार

काठमाडौँ । शेयर बजार परिसूचक नेप्से आज शून्य दशमलव १५ अङ्कले बढेर १ हजार ९६९ दशमलव १७ विन्दुमा पुगेको छ

नौ लाख घरधुरीमा जोडियो वर्ल्डलिंकको इन्टरनेट

काठमाडौँ । देशको सबैभन्दा ठूलो इन्टरनेट सेवाप्रदायक कम्पनी वर्ल्डलिंक कम्युनिकेसनको इन्टरनेट जडान भएका घरपरिवारको सङ्ख्या नौ लाख नाघेको छ ।

सुनको भाउ तोलामा ५०० रुपैयाँले बढ्यो

काठमाडौँ । आज बुधबार सुनको भाउ तोलामा ५०० रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार प्रतितोला १

सुनको भाउ तोलामा २७ सयले घट्यो

काठमाडौँ । आज मंगलबार सुनको भाउ प्रतितोला २ हजार ७०० रुपैयाँ घटेको छ । अघिल्लो दिन पनि प्रतितोला ११ सय

मनाङमा एक वर्षमा २१ हजार पर्यटक भित्रिए

काठमाडौँ । हिमाली जिल्ला मनाङ आउने पर्यटक बढ्दै गएका छन् । विश्वकै १०औँ स्थानमा पर्ने जोखिमयुक्त पदमार्ग र मनास्लु पदयात्राको

शेयर बजार दोहोरो अङ्कले घट्यो

काठमाडौँ । आज सोमवार शेयर बजार दोहोरो अङ्कले घटेको छ । शेयर बजार परिसूचक नेप्से आज १५ दशमलव ४१ अङ्कले

Techie IT