मर्जिङ नेपसक्सको साधारणसभा र 'समर बल' शनिबार , अध्यक्षमा पवन कंडेल निर्विरोध

  • शुक्रबार, ८ भदौ, २०७५
  • 9 months ago
  • युके
Education Park

 

लण्डन । बेलायतका विभिन्न विश्वविद्यालयहरुमा अध्ययनरत नेपाली विद्यार्थीहरु मिलेर सुरु गरेको 'मर्जिङ नेपसक्स' नामक सामाजिक अभियानले १ वर्ष पूरा गरेको छ । 

 

यसबीचमा बेलायतका ५० भन्दा बढि विश्वविद्यालयसम्म बिस्तार हुन सफल यो सञ्जालमा अहिलेसम्म सयौं विद्यार्थीहरु सक्रिय अभियन्ताका रुपमा आबद्ध भइसकेका छन् । 

 

अहिले एक च्यारिटेवल संस्थाका रुपमा दर्ता समेत भइसकेको मर्जिङ नेपसक्सले यहि शनिबार २५ अगस्टका दिन लण्डनमा आफ्नो पहिलो साधारणसभा गर्दैछ । स्थापनाका १ वर्षसम्म एक अभियानका रुपमा बिना कुनै पद बांडफांड सबै सदस्यहरुको नेतृत्वमा अघि बढेको मर्जिङ नेपसक्सले अब आउंदो २ वर्षको लागि नेतृत्व चयन गर्दैछ । 

 

८ सदस्यीय नेपसक्सको कार्यकारी टिममा पवन कंडेल अध्यक्ष पदमा निर्विरोध निर्वाचित भएका छन् । सहकोषाध्यक्षमा प्रियंका आचार्य र पिआर अफिसरमा किरण कंडेल पनि निर्विरोध चुनिएका छन् । तर २ उपाध्यक्षका लागि ४, महासचिवका लागि २, सहसचिवका लागि २ र कोषाध्यक्षका लागि ३ जनाको उम्मेदवारी परेको छ । 

 

अनलाइन भोटिङ मार्फत यो अभियानका अभियन्ता तथा विभिन्न विश्वविद्यालयका प्रतिनिधीहरु गरी कुल ६१ मतदाताले प्रतिनिधीमुलक मतदान गरिसकेका छन् । निर्वाचनको नतिजा साधारणसभामै घोषणा गरिनेछ । 

 

साधारणसभामा भाग लिन स्कटल्याण्ड, वेल्स, मिडल्याण्ड लगायतका ठाउंबाट समेत सहभागी आउंदैछन् । अहिले विश्वविद्यालयमा अध्ययनरत विद्यार्थीहरुको साथै ग्रयाजुएटहरु र युवा प्रोफेसनलहरुको पनि सहभागिता रहनेछ । एकआपसमा नेटवर्किङको मुख्य उद्धेश्य राखेर सबै सहभागीलाई फरक फरक टेबलमा घुमाएर घुलमिल गराउनका साथै अन्तरक्रिया पनि गराइनेछ । 

 

सोहि अवसरमा मर्जिङ नेपसक्सको आफ्नै वेबसाइट पनि लञ्च गर्ने कार्यक्रम राखिएको छ । 

 

'साधारणसभा तथा समर बल' भनेर आयोजना गर्न लागिएको कार्यक्रममा मनोरञ्जनका लागि पनि थुप्रै कार्यक्रम छन् । नेपालबाट आएको नाइट ब्याण्ड, बेलायतकै विभिन्न विश्वविद्यालयमा अध्ययनरत विद्यार्थीहरु सम्मिलित भक्त ब्याण्डले विशेष प्रस्तुति गर्नेछन् । 

 

कार्यक्रमको अर्को आकर्षण 'एक्जिबिसन डान्स ब्याटल' रहनेछ । विभिन्न प्रतिस्पर्धामा नृत्य गर्दै आएका ९ विद्यार्थीले लिड डान्सरको रुपमा प्रदर्शन गर्नेछन् भने सहभागी सबैले पेयरमा डान्स गर्नेछन् । बल रुम फलेभरको लक्ष्य राखेर गराइने यो डान्स ब्याटल रमाइलोका साथै सिक्न चाहनेहरुका लागि अवसर पनि हुने विश्वास गरिएको छ । 

 

'द ग्रेट ग्याट्सवी'को थिममा १९२० कै फिल दिने गरी कार्यक्रम गर्ने योजना छ । सहभागीहरुलाई सोहिअनुसारको स्मार्ट पहिरनमा आउन आव्हान गरिएको छ । 

 

मर्जिङ नेपसक्सको मुख्य मन्त्र 'सेन्स अफ बिलोन्गिङ फर सोसल मोबिलिटी' छ । विभिन्न तहमा प्रवेश गर्न लागेका विद्यार्थीहरुलाई मेन्टरिङ गर्ने, विद्यार्थीहरुका रिसर्च आर्टिकल , लेख, रचना समेटेर त्रैमासिक म्यागाजिन प्रकाशन गर्ने, सदस्यहरुलाई नेपालका विभिन्न क्षेत्रमा स्वयसेवीका रुपमा पठाउन कोअर्डिनेट गर्ने,  लोकल सोसल एक्सन प्रोजेक्ट अन्तर्गत बेलायतको नेपाली समुदायमा युवाहरुको सहभागिता बढाउने लगायतका प्राथमिकता तय गरिएको छ । 

 


थप समाचार

बारम्बार डकार आउँछ ? यस्ता हुनसक्छ कारण

  • 3 hours ago
बारम्बार डकार आउँछ ? यस्ता हुनसक्छ कारण

खाना खाएपछि डकार आउनु यसलाई पाचनसँग जोडेर हेर्ने गरिन्छ । तर, बिनाकारण बारम्बार डकार आउनु भने चिन्ताजनक समस्या हो ।

विभागका महानिर्देशकसहित १३ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर

  • 3 hours ago
विभागका महानिर्देशकसहित १३ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कृषि आधुनिकीकरण परियोजनामार्फत प्रयोगशाला मोबाइल भ्यान खरीद गर्दा भ्रष्टाचार गरेको भन्दै खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागका महानिर्देशक संजीवकुमार कर

यस्ता राेगहरू छ भने आँप खाँदै नखानुहाेस्

  • 3 hours ago
यस्ता राेगहरू छ भने आँप खाँदै नखानुहाेस्

गर्मी महिनामा आँप सहज रुपमा पाइन्छ । बच्चादेखि बुढासम्म सबैलाई यो फल मनपर्छ । यो फल स्वास्थ्यका लागि पनि राम्रो मान्निछ ।



प्रेम र यौन

यी हुन् विश्वका ५ चर्चित यौन बजार

यी हुन् विश्वका ५ चर्चित यौन बजार

पछिल्लो समय यौनलाई मानिसहरुले आधारभूत आवश्यकताको रुपमा लिँदै आएका छन् । सोही कारणले गर्दा कतिपय देशका सरकारहरुले नै अनुमति दिएर यौन बजार खुल्दै आएको छ । जसलाई हामी ‘रेड लाइट’ एरिया भन्छौं । यहाँ हामीले विश्वका चर्चित ५ यौन बजारको बारेमा जानकारी प्रस्तुत गरेका छौं ।

जीवनशैली/स्वास्थ्य

बारम्बार डकार आउँछ ? यस्ता हुनसक्छ कारण

बारम्बार डकार आउँछ ? यस्ता हुनसक्छ कारण

खाना खाएपछि डकार आउनु यसलाई पाचनसँग जोडेर हेर्ने गरिन्छ । तर, बिनाकारण बारम्बार डकार आउनु भने चिन्ताजनक समस्या हो ।

विचित्र विश्व

७० वर्षमा गर्भवती भएकी यी महिला...

७० वर्षमा गर्भवती भएकी यी महिला...

एजेन्सी । उमेरले ७० वर्ष लागकी एक महिला गर्भवती भइन् । ७० वर्षको उमेरमा मानिसलाई हिडडुल गर्न नै गाह्रो हुन्छ । तर, एक महिलाले आफू ७० वर्षको उमेरमा पनि उनले आफू गर्भवती रहेको बताएकी हुन् ।