मर्जिङ नेपसक्सले चुन्यो नयाँ नेतृत्व

  • बुधबार, १३ भदौ, २०७५
  • 10 months ago
  • युके
Education Park

लण्डन । बेलायतका विभिन्न विश्वविद्यालयमा अध्ययनरत नेपाली विद्यार्थीहरुको साझा नेटवर्क 'मर्जिङ नेपसक्स'को नेतृत्व चयन गरिएको छ ।

 

बेलायतस्थित नेपाली समुदायका युवा विद्यार्थी तथा प्रोफेसनलहरुलाई संगठित गर्ने लक्ष्यसहित सुरु भएको अभियानको १ वर्ष पुगेको सन्दर्भमा गतसाता आयोजित पहिलो साधारणसभाले नेतृत्व चयन गरेको हो । 

 

आगामी २ वर्षे कार्यकालका लागि मर्जिङ नेपसक्सको अध्यक्षमा पवन कंडेल निर्विरोध चयन भएका छन् । सहकोषाध्यक्षमा प्रियंका आचार्य र पिआर अफिसरमा किरण कंडेल पनि निर्विरोध भएका छन् । 

 

उपाध्यक्षमा विष्णु गैरे र गौमाया गुरुङ , महासचिवमा समिर गुरुङ, कोषाध्यक्षमा निकिरण खरेल र सहसचिवमा विवेक क्षेत्री निर्वाचित भएका छन् । उपाध्यक्ष, महासचिव, कोषाध्यक्ष र सहसचिव पदका लागि अनलाइन भोटिङमार्फत मतदान नै गराइएको थियो । 

 

शनिबार लण्डनमा सम्पन्न मर्जिङ नेपसक्सको पहिलो साधारणसभामा संस्थाको नवनिर्वाचित कार्यसमितिको घोषणा गरिएको थियो । साधारणसभामा प्रमुख अतिथकिा रुपमा बेलायतका लागि नेपाली राजदूत डा दुर्गाबहादुर सुवेदी समेत उपस्थित भएर युवाहरुलाई शुभकामना दिएका थिए । 

 

साधारणसभामा भाग लिन स्कटल्याण्ड, वेल्स, मिडल्याण्ड लगायतका ठाउंबाट समेत सहभागी आएका थिए । जसमा अहिले विश्वविद्यालयमा अध्ययनरत विद्यार्थीहरुको साथै ग्रयाजुएटहरु र युवा प्रोफेसनलहरुको पनि सहभागिता थियो । एकआपसमा नेटवर्किङको मुख्य उद्धेश्य राखेर सबै सहभागीलाई फरक फरक टेबलमा घुमाएर घुलमिल गराउनका साथै अन्तरक्रिया पनि गराइएको थियो । सोहि अवसरमा मर्जिङ नेपसक्सको आफ्नै वेबसाइट पनि लञ्च गरिएको थियो ।

 

साधारणसभा तथा समर बल भनेर आयोजना गरिएको कार्यक्रममा नेपालबाट आएको नाइट ब्याण्ड र बेलायतकै विभिन्न विश्वविद्यालयमा अध्ययनरत विद्यार्थीहरु सम्मिलित भक्त ब्याण्डले विशेष प्रस्तुति गरेका थिए भने  कार्यक्रमको मुख्य आकर्षणका रुपमा रहेको  एक्जिबिसन डान्स ब्याटलमा पनि सहभागी युवाहरु रमाएका थिए ।  

 

बेलायतमा एक च्यारिटेबल संस्थाका रुपमा दर्ता भएको छ मर्जिङ नेपसक्स । अहिलेसम्म बेलायतका ५० भन्दा बढि विश्वविद्यालयसम्म बिस्तार हुन सफल यो सञ्जालमा सयौं विद्यार्थीहरु सक्रिय अभियन्ताका रुपमा आबद्ध भइसकेका छन् । 

 

मर्जिङ नेपसक्सको मुख्य मन्त्र 'सेन्स अफ बिलोन्गिङ फर सोसल मोबिलिटी' छ । विभिन्न तहमा प्रवेश गर्न लागेका विद्यार्थीहरुलाई मेन्टरिङ गर्ने, विद्यार्थीहरुका रिसर्च आर्टिकल , लेख, रचना समेटेर त्रैमासिक म्यागाजिन प्रकाशन गर्ने, सदस्यहरुलाई नेपालका विभिन्न क्षेत्रमा स्वयसेवीका रुपमा पठाउन कोअर्डिनेट गर्ने,  लोकल सोसल एक्सन प्रोजेक्ट अन्तर्गत बेलायतको नेपाली समुदायमा युवाहरुको सहभागिता बढाउने लगायतका लक्ष्य यो समुहले लिएको छ । 

 

 


थप समाचार

एनआरएन यूके अध्यक्षमा न्यौपानेको उम्मेदवारी घोषणा

  • 6 hours ago
एनआरएन यूके अध्यक्षमा न्यौपानेको उम्मेदवारी घोषणा

शनिबार प्लमस्टिडको गेसो हलमा घोषणासभा गरेर वर्तमान कार्यसमितिका उपाध्यक्ष न्यौपानेले आउँदो कार्यकाल को अध्यक्षको लागि उम्मेदवारी घोषणा गरे । 

युवाको उमेर १८ देखि ३५ वर्षलार्ई राख्न प्रस्ताव

  • 12 hours ago
युवाको उमेर १८ देखि ३५ वर्षलार्ई राख्न प्रस्ताव

काठमाडौँ । सरकारले युवाको उमेर समूह पाँच वर्ष घटाउने प्रस्ताव गरेको छ । राष्ट्रिय युवा परिषद्ले तयार पारेको ‘राष्ट्रिय युवा परिषद् ऐन–२०७२’ को पहिलो संशोधनमा युवाको उमेर १८ देखि ३५ वर्षलार्ई राख्न प्र

बुद्धका मूर्ति तोडिएकामा भिक्षु महासङ्घको विरोध

  • 13 hours ago
बुद्धका मूर्ति तोडिएकामा भिक्षु महासङ्घको विरोध

रुपन्देही । अखिल नेपाल भिक्षु महासङ्घले रुपन्देहीको तिलोत्तमा नगरपालिकाभित्र सिद्धार्थ राजमार्गको शङ्करनगर चोकदेखि नयाँ मिलसम्म सुनियोजित तवरमा एकै पटक पाँच वटा बुद्धमूर्ति तोडफोड भएको घटनाले शान्तिका



प्रेम र यौन

यौन शिक्षा– यस्तो बेलामा यौन सम्बन्ध नराखौं !

यौन शिक्षा– यस्तो बेलामा यौन सम्बन्ध नराखौं !

कस्तो अवस्थामा यौन सम्पर्क गर्ने र कस्तो अवस्थामा नगर्ने भन्ने आ–आफ्नै धारणा, तर्क सुनिन्छ । कतिपय अवस्थामा यौन सम्पर्क गर्नै हुन्न । महिलाले आफ्नो शिशुलाई स्तनपान गराईरहेको समयमा शिशुसँग रमाइरहेका हुन्छन् ।

जीवनशैली/स्वास्थ्य

भुलेर पनि यी ७ चिजहरुसगँ मह नखानुहोस्

भुलेर पनि यी ७ चिजहरुसगँ मह नखानुहोस्

नियमित महको सेवनले हाम्रो स्वास्थमा धेरै फाइदा पुर्याउछ । मानव स्वास्थको लागि बहुउपयोगी मानिन्छ । मह सही तरिकाले खाइएन भने यसले स्वास्थमा नराम्रो असर पनि गर्न सक्छ ।