मर्केल र ली इरान आणविक सम्झौता

Education Park

बेइजिङ, चीन । जर्मन चान्सलर एन्जेला मर्केल र चिनियाँ प्रधानमन्त्री ली खचियाङले इरान आणविक सम्झौताको पक्षमा धारणा राखेका छन् । 

 

चीन भ्रमणमा रहेकी मर्केलसँगको कुराकानीमा इरान आणविक सम्झौताको भङ्ग भएमा उत्तर कोरियालाई निशस्त्रीकरण गर्ने प्रयाससमेत प्रभावित हुनसक्नेतर्फ सङ्केत गरिन् । 

 

दुई नेताले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका कारण विश्व समुदायले प्रभावित हुनु परेको भनिएको खुला व्यापार नीतिबारे पनि विश्वप्रसिद्ध चिनियाँ ग्रेट हलमा कुराकानी गरेका थिए । 

 

यसै महिनाको शुरुमा अमेरिकी राष्ट्रपति ट्रम्पले विश्वका विभिन्न छ शक्तिराष्ट्रसँग इरानले गरेको सम्झौतासँग बाझिने गरी इरानमाथि पुन आर्थिक प्रतिबन्ध लगाएका थिए । 

 

उक्त अवसरमा लीले भने, “तेहरानसँगको सम्झौता तोड्दा यसले इरानलाई मात्र प्रभावित पार्ने नभै यसबाट शान्तिपूर्ण तवरबाट समाधान गर्न सकिने जल्दाबल्दा अन्तर्राष्ट्रिय बिषयवस्तुलाई नकारात्मक प्रभाव पार्नसक्छन् ।” 

 

उनले उत्तर कोरियाको नाम नलिइकनै भने, “विश्लेषकहरूले अमेरिकी राष्ट्रपति ट्रम्पको कदमले उहाँको सम्वादप्रतिको विश्वसनीयतामा समस्या आउनसक्ने देखिएको छ ।” लीको यो भनाई उत्तर कोरियाली नेता किम जोङ अन र अमेरिकी राष्ट्रपति ट्रम्पबीच आगामी महिना हुने भनिएको वार्ता कार्यक्रम आउन केही समय बाँकी भएको समय आएको हो । 

 

उक्त अवसरमा जर्मन चान्सलर मर्केलले ट्रम्पका पछिल्ला कदमबाट यूरोपको अर्थतन्त्रमा परेको प्रभावबारे कुरा गरेका थिए । 

 

यदि यूरोपेली कम्पनीहरूले अमेरिकी कानूनको दोष देखाउँदै इरानमा रहेका आफ्ना गतिविधिबाट पछि हट्ने वा खुम्च्याउने हो भने यसले अन्य मुलुकमा व्यापार बढाउने मर्केलको भनाई थियो । 

 

जर्मन चान्सलर मर्केलले चिनियाँ राष्ट्रपति सी चिन फिङसँगको भेटमा चीनले गाडीको आयात कर घटाएकोमा चीनको कदमको स्वागत गरेका थिए । यसले अन्य देशसँगको व्यापारिक कारोवारलाई वृद्धि गर्ने बताउनुभएको थियो । उनले विश्व निकै परिवर्तनशील रहेको र चिनियाँ कम्पनी तथा फर्मले जर्मनमा लगानी भित्राउने प्रयासमा खुला व्यापार नीतिले नयाँ बाटो खोल्ने बताए । 

 


थप समाचार

समृद्धिका लागि अगाडि बढ्यौँ : मुख्यमन्त्री गुरूङ

  • 1 minute ago
समृद्धिका लागि अगाडि बढ्यौँ : मुख्यमन्त्री गुरूङ

पोखरा । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का स्थायी कमिटी सदस्य एवं गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले सरकार र पार्टी बीचको सम्बन्धलाई सुमधुर बनाउँदै मुलुकको विकास तथा समृद्धिका लागि आफूहर

उच्चका अठहत्तर र जिल्लाका एकसय छपन्न न्यायाधीशको सरुवा सिफारिश

  • 7 minutes ago
उच्चका अठहत्तर र जिल्लाका एकसय छपन्न न्यायाधीशको सरुवा सिफारिश

काठमाडौँ । न्याय परिषद्ले उच्च अदालतका ७८ र जिल्ला अदालतका १५६ न्यायाधीशको सरुवाका लागि सिफारिश गरेको छ । परिषद्को आज बसेको बैठकले एक कार्यक्षेत्रमा दुई वर्ष पुगेका न्यायाधीशहरूलाई अर्को अदालतम

गाैतम बुद्धकाे मूर्तिहरू ताेडफाेड गर्नेलाई कारबाही गर्न नेपाली काँग्रेसकाे माग

  • 12 minutes ago
गाैतम बुद्धकाे मूर्तिहरू ताेडफाेड गर्नेलाई कारबाही गर्न नेपाली काँग्रेसकाे माग

काठमाडौँ । नेपाली काङ्ग्रेसले रुपन्देहीको तिलोत्तमा नगरपालिकाअन्तर्गत सिद्धार्थ राजमार्गको बीच भागमा राखिएका गौतमबुद्धको मूर्तिहरु तोडफोड गर्नेलाई यथाशीघ्र कानूनी कारवाहीको माग गरेको छ ।



प्रेम र यौन

यौन शिक्षा– यस्तो बेलामा यौन सम्बन्ध नराखौं !

यौन शिक्षा– यस्तो बेलामा यौन सम्बन्ध नराखौं !

कस्तो अवस्थामा यौन सम्पर्क गर्ने र कस्तो अवस्थामा नगर्ने भन्ने आ–आफ्नै धारणा, तर्क सुनिन्छ । कतिपय अवस्थामा यौन सम्पर्क गर्नै हुन्न । महिलाले आफ्नो शिशुलाई स्तनपान गराईरहेको समयमा शिशुसँग रमाइरहेका हुन्छन् ।

जीवनशैली/स्वास्थ्य

शरिरमा भएका कोठीहरुको रहस्य यस्तो

शरिरमा भएका कोठीहरुको रहस्य यस्तो

प्रत्येक मानिसको शरिरमा कही न कतै कोठी हुने गर्छ । कुनै कोठी ठुला हुन्छन् त कुनै साना । तर तिनीहरु भएको स्थानले ठुलो महत्व राख्ने गर्छ ।

विचित्र विश्व

सुत्नुभन्दा अघि युवतीका दिमागमा कस्ता कुराहरु चल्छन् त ?

सुत्नुभन्दा अघि युवतीका दिमागमा कस्ता कुराहरु चल्छन् त ?

निदाउनुभन्दा पहिला विस्तारमा पल्टिएपछि युवतीहरु के सोच्छन् ? धेरैले जान्न चाहान्छन् उनीहरुको दिमागमा के चल्छ ? उनीहरु जब बिस्तारामा पल्टिछन् उनीहरुको दिमागमा धेरै कुराहरु चल्ने गर्छन् । दिनभर भएका विभिन्न कामहरु सम्झिएर उनीहरु दिमागमा कुरा खेलाएर बस्ने गर्छन् ।