अस्ट्रेलियाका प्रधानमन्त्री र विपक्षी दलका नेताले दिए नेपालीहरुलाई नयाँवर्षको शुभकामना

Picture: AAP
Education Park

सिड्नी । अस्ट्रेलियाका प्रधानमन्त्री स्कट मोरिसनले नेपाली नयाँ बर्ष २०७६ को अवसरमा विज्ञप्ति जारी गर्दै अस्ट्रेलिया र बिश्वभरि रहेक नेपालीहरुलाई  शुभकामना दिएका छन् ।

 

प्रधानमन्त्री मेरिसनले विज्ञप्तिमा अस्ट्रेलियाको बहुसास्कृतिक तथा बहुधार्मीक समुदायमा एक अर्काको परम्परा र संस्कृति सम्मान पूर्वक मनाउदै आएको उल्लेख गरेका छन् । बैसाख १ अर्थात अप्रिल १४ आइतवार जारी भएको शुभकामना सन्देशमा प्रधानमन्त्रीले अस्ट्रेलियामा नेपाली समुदायले गरेको योगदानको पनि चर्चा गरेका छन् ।

 

यस्तै विपक्षी लेवर दलका नेता बिल सर्टनले नयाँवर्ष २ हजार ७६ सालको उपलक्ष्यमा सम्पूर्ण नेपालीहरुमा शुभकामना सन्देश जारी गरेका छन् । 

 

नेता सर्टनले शुभकामना सन्देश जारी नेपाली नयाँवर्ष मनाउने सबैलाई शुभकामना सन्देश पठाउन पाउँदा आफु निकै हर्षित भएको बताएका हुन् । 

 

शुभकामना सन्देशमा उनले भनेका छन्,‘अस्ट्रेलियाको बहुसास्कृतिक समाजमा नेपाली समुदायको योगदान महत्वपूर्ण भएको बताउदै नेपाली परिवारले आफ्नो जीवन कथालई अस्ट्रेलियन कथा बनाएकोमा गौरवान्वित छु ।’

 

त्यस्तै नेता सर्टनले आधुनिक अस्ट्रेलियाको स्वरुप विभिन्न फरक विस्वास र संस्कृतिहरुबाट नै सम्भव भएको उल्लेख गर्दै वहुसांस्कृतिक अस्ट्रेलियामा यस्ता चाडले आपसी गौरव र विस्वासलाई प्रसय दिएको र अस्ट्रेलियाको एकतालाई थप मजवुद बनाएको पनि उल्लेख गरेका छन् । 

 

यस्तै  आप्रवास, नागरिकता र बहुसास्कृतिक मन्त्री डेभिड कोलम्यानले पनि नेपाली नयाँ बर्ष २०७६ को अवसरमा सबै नेपालहरुमा शुभकामना संदेश दिएका छन् ।

 

नेपाली समुदायको बाक्लो बसोवास रहेको दक्षिण सिड्नीको ब्याङ्स निर्वाचन क्षेत्रबाट प्रतिनिधित्व गर्दै आएका मन्त्री कोलम्यानले अस्ट्रेलियालाई विश्वमै आप्रवासीहरुको सफल देश बनाउन नेपाली समुदायले खेलेको भुमिकाको प्रसंसा गरेका छन् । 

 


थप समाचार

चुनावी प्रक्रियामा होमियो क्याट यूके, निर्वाचन जुलाई ७ मा

  • 6 hours ago
चुनावी प्रक्रियामा होमियो क्याट यूके, निर्वाचन जुलाई ७ मा

चितवन एड ट्रस्ट (क्याट) यूके चुनावी प्रक्रियामा होमिएको छ । आउँदो जुलाई ७ मा साउथ ईष्ट लण्डनस्थित मेरिडियन क्लब, चार्ल्टनमा हुने संस्थाको आठौं अधिवेसनबाट नयाँ नेतृत्व चुन्नको लागि चुनावी कार्यक्रमहरु

अम्बानीको घरको रहस्य

  • 7 hours ago
अम्बानीको घरको रहस्य

एजेन्सी । धीरुभाई अम्बानीका जेठो छोरा मुकेश अम्बानी अलिबाबाका संस्थापक जैक मा भन्दा पछि एशियाकै सवैभन्दा धनि व्यक्ति हुन् । भनिन्छ अम्बानीको मतलब पैसा नै पैसा हो । तपाईहरुले पनि अम्बानी परिवारको बारेम

बुधबार गर्नुस् यस्ता काम, सधैँ तपाईलाई हुनेछ फलिफाप

  • 7 hours ago
बुधबार गर्नुस् यस्ता काम, सधैँ तपाईलाई हुनेछ फलिफाप

एजेन्सी । यदि तपाईको घरमा आयभन्दा बढी व्यय अर्थात् खर्च भइरहेको छ, घरमा कलेश मचिरहेको छ भने बुधवारका दिन बुध ग्रहलाई पुज्नुहोस्, समस्याबाट राहत मिल्न सक्छ ।



प्रेम र यौन

यी हुन् विश्वका ५ चर्चित यौन बजार

यी हुन् विश्वका ५ चर्चित यौन बजार

पछिल्लो समय यौनलाई मानिसहरुले आधारभूत आवश्यकताको रुपमा लिँदै आएका छन् । सोही कारणले गर्दा कतिपय देशका सरकारहरुले नै अनुमति दिएर यौन बजार खुल्दै आएको छ । जसलाई हामी ‘रेड लाइट’ एरिया भन्छौं । यहाँ हामीले विश्वका चर्चित ५ यौन बजारको बारेमा जानकारी प्रस्तुत गरेका छौं ।

जीवनशैली/स्वास्थ्य

थाहा पाउनुहोस मेथीपानीका यी ५ फाइदा

थाहा पाउनुहोस मेथीपानीका यी ५ फाइदा

एजेन्सी । मेथीको साग र मेथीदानाको उपयोग धेरै तरिकाले गर्न सकिन्छ र यो स्वास्थको लागि पनि धेरै फाइदाजनक हुन्छ ।

विचित्र विश्व

अम्बानीको घरको रहस्य

अम्बानीको घरको रहस्य

एजेन्सी । धीरुभाई अम्बानीका जेठो छोरा मुकेश अम्बानी अलिबाबाका संस्थापक जैक मा भन्दा पछि एशियाकै सवैभन्दा धनि व्यक्ति हुन् । भनिन्छ अम्बानीको मतलब पैसा नै पैसा हो । तपाईहरुले पनि अम्बानी परिवारको बारेमा धेरै कुरा सुन्नु नै भएको होला ।