ISMT

HUB Education

'मेस्सीलाई खुसी बनाउन भए पनि यस पटकको उपाधि जित्नै पर्छ'

  • बुधबार, २९ जेष्ठ, २०७६
  • 2 months ago
  • खेल
Education Park

 

Kathmandu Trade Show

 

एजेन्सी । अर्जेन्टिनाका स्टार खेलाडी हुन् लियोनल मेस्सी । उनले बार्सिलोना क्लबलाई उपाधिहरु जिताउन महत्वपुर्ण भुमिका खेल्दै आइरहेका छन् । तर, अर्जेन्टिनाका लागि भने उनलाई भाग्यले साथ नदिएको समिक्षकहरु बताउँछन् ।

 

सन् २०१४ को विश्वकपको फाइनल गुमाउनुको पिडा होस् वा सन् २०१५ र स्पेशल एडिसन २०१६ को कोपा अमेरिका कपको फाइनल गुमाउनु होस्, उनले अर्जेन्टिनाका लागि उपाधि जिताउन गरेको प्रयास फेल खाएका थिए ।

 

सन् २०१४ को विश्वकपमा अजेन्टिना जर्मनीसँग पराजित भएको थियो भने सन् २०१५ र सन् २०१६ को कोपा अमेरिका कपमा अर्जेन्टिना चिलीसँग पराजित भएको थियो । सन् २०१९ मा हुने ब्राजिलमा आयोजना हुन गइरहेको कोपा अमेरिका कपका लागि अर्जेन्टिनाले सबै तयारी सकिसकेको छ  । तर, स्टार खेलाडी लियोनल मेस्सी भने अर्जेन्टिनाले उपाधि जित्नेमा शंका गरिरहेका छन् ।

 

उनले भनेका छन्,‘हामीले विशेष तीनवटा फाइनल गुमाइसकेका छौँ । यस पटक पनि सबै टोली उत्तिकै बलिया रहेका छन् । फाइनलको यात्रा तय गर्नु ठुलो कुरा हो । यसपटक हामी दाबेदरा हौँ भन्न सक्दिन ।’

 

उपाधि बिहिन भएको लामो समय बितिसक्दा पनि अर्जेन्टिनाको खेलमा सुधार नआउनु र प्रशिक्षकको लापरबाहीका कारण खेल गुमाउनु प्रमुख कमजोरी रहेको समिक्षकहरुले बताएका छन् । उनीहरुका अनुसार एक्लै मेस्सीलाई पनि दोष दिनु गलत हुन्छ । सन् २०१४ को विश्वकपमा गोन्जोलो हिगुइनले गोल गरेको भए माहोल अर्कै हुने उनीहरुको ठम्याइ रहेको छ । 

 

मिडिया रिपोर्टका अनुसार निराश मेस्सीलाई खुसी बनाउन पनि उनका टिममेटहरु कोपा अमेरिका उपाधि जित्न चाहन्छन् । म्यानचेस्टर सिटीका स्ट्राइकर सर्जियो अगुइरोले भनेका छन्,‘हामी मेस्सीका लागि भए पनि उपाधि जिताउन चाहन्छौँ ।’

 

लियोनल मेस्सीले भनेका छन्,‘हामी कमजोर छैनौँ । उपाधि जित्ने मनोबलका साथ मैदानमा उत्रिन्छौँ । तर, दाबेदार भने अन्य टिम भएको जस्तो मलाई लाग्छ ।’

 


थप समाचार

एक होटेलमा आगलागी हुँदा आठको मृत्यु

  • 6 hours ago
एक होटेलमा आगलागी हुँदा आठको मृत्यु

एजेन्सी । युक्रेनको बन्दरगाह शहर ओडेशामा शनिबार बिहान सबेरै भएको आगलागीमा परी आठ व्यक्तिको मृत्यु हुनको साथै अन्य अन्य १० जना घाइते भएका आपतकालिन सेवा प्रदायक संस्थाले जानकारी दिएको छ ।

कश्मीरमा आंशिक रूपमा टेलिफोन सेवा सुरू

  • 6 hours ago
कश्मीरमा आंशिक रूपमा  टेलिफोन सेवा सुरू

एजेन्सी । भारत प्रशासित कश्मीरमा झण्डै दुई हप्तादेखि बन्द गरिएको फोन सेवालाई आंशिक रूपमा सुरु गरिएको छ । कश्मीर उपत्यकामा अहिले अहिले १७ वटा टेलिफोन एक्सचेन्जमार्फत ‘ल्यान्डलाईन’ सेवा मात्र सञ्चालनमा

अक्षयको ‘मिशन मंगल’ को दोस्रो दिनमा कति कमायो ?

  • 6 hours ago
अक्षयको ‘मिशन मंगल’ को दोस्रो दिनमा कति कमायो ?

एजेन्सी । अक्षयले पछिल्लो समय जुन फिल्म पनि गरेका छन्, त्यसमा देशभक्ति झल्किएको हुने गर्दछ । उनको फिल्म ‘मिशन मंगल’ विहिबार बाट प्रदर्शनमा आएको छ ।



प्रेम र यौन

महिलाहरुको लागि हस्तमैथुनले कस्तो भूमिका खेल्छ ?

महिलाहरुको लागि हस्तमैथुनले कस्तो भूमिका खेल्छ ?

एजेन्सी । यौनको कमि, साथीसँगको नराम्रो सम्बन्ध तथा आत्मविश्वासको कमि जस्ता कुराहरुले महिलाको स्वस्थ्यमा असर पुग्ने देखिन्छ । लाइफस्ट्याल कोच ‘लुक कुटिनो’ का अनुसार एक महिलाले जीवनमा यी तीन चीजको कमि रहेमा राम्रो सोच्न नसक्ने बताउँछन् । यौनको असन्तुष्टीलाई मेटाउने एक मात्र विकल्पको रुपमा हस्तमैथुन रहेको छ । यसै हस्तमैथुन किन महिलाको लागि फाइदाजनक छ भनेर चर्चा गरौं ।

जीवनशैली/स्वास्थ्य

तौल बढेर हैरान हुनुहुन्छ ? एक कप चिया पिएर तौल घटाउनुहोस

तौल बढेर हैरान हुनुहुन्छ ? एक कप चिया पिएर तौल घटाउनुहोस

एजेन्सी । आफ्नो शरीरको चिन्ता सबै व्यक्तिलाई हुने गर्दछ । हरेक व्यक्ति वजन कम या आफ्नो तौललाई नियन्त्रणमा राख्न चाहन्छन् । बढ्दो वजन धेरै रोगको कारण पनि बन्ने गर्दछ ।

विचित्र विश्व

६ वर्षका बालकले ३ हजारभन्दा बढि पटक ‘पुश अप’ लगाएपछि...

६ वर्षका बालकले ३ हजारभन्दा बढि पटक ‘पुश अप’ लगाएपछि...

एजेन्सी । रुसका ६ बर्षीय बालक इब्राहिम ल्यानोभले अनौठो रेकर्ड बनाएका छन् । उनले दुई घण्टामा ३२७० ‘पुश अप’ लगाएर नौलो रेकर्ड बनाए । उक्त रेकर्डलाई ‘रशियन बुक अफ’ रेकर्ड्समा सामेल गराइएको छ । यसैगरि उनी सामाजिक सञ्जालमाभाइरल भएका छन् ।