के मेस्सीबारे ज्योतिषहरुले गरेको भविष्यवाणी पुरा होला ?

  • आइतबार, १३ जेष्ठ, २०७५
  • 8 months ago
  • खेल

एजेन्सी । कोपा अमेरिका कपको फाइनलमा चिलीसँग पेनाल्टी सुटआउटमा पराजित भएपछि अर्जेन्टिनाका स्टार मेस्सीले अन्तराष्ट्रिय फुटबलबाट सन्यास लिने घोषणा गरे । उनको यो निर्णयले विश्वभर तरंग नै ल्याइदियो ।

 

अर्जेन्टिनाका राष्ट्रपति मोउरिनो देखि फुटबल लिजेण्ड म्यारोडोनाले मेस्सीलाई सम्झाउँदै आफ्नो निर्णय फिर्ता लिन आग्रह समेत गरे । यसैबीच ज्योतिषीहरुले मेस्सीबारे भविष्यवाणी गरेका थिए । 

 

यसबारे ज्योतिषहरुले आफ्नो तर्क प्रस्तुत गरेका थिए । ज्योतिषहरु भनेका थिए,‘राष्ट्रिय टिमका लागि मेस्सीको कर्म पुगेको छैन । उनले आफ्नो मनस्थिति बदल्नेछन् र राष्ट्रिय टिममा फर्कनेछन् ।’

 

ज्योतिषीहरुले त्यतिखेर भनेका थिए,‘उनले आफ्नो देशका लागि केही जित्नै पर्नेछ । नत्र भने उनको उच्च सफलता सधै कमजोर हुनेछ ।’

 

एस्ट्रोलोजर भनेका थिए,‘मेस्सीको जन्म एकदमै शुभपलमा भएको थियो जसमा चारवटा ग्रहहरु चन्द्र, अरुण, ग्रह–एक्स र ग्रह–जेडको मेल रहेको छ । यस्तो मेल भएका मानिसहरु विश्व जित्ने हिम्मत राख्छन् ।’

 

इतिहासको सर्वश्रेष्ठ खेलाडी हुन पनि उनी राष्ट्रिय टिममा फर्कनु आवश्यक रहेको उनले बताएका थिए । 

 

उनले थप्दै भनेका थिए,‘उनको कर्मले पनि यही भन्छ । आफ्नो कर्म पुरा गर्न र बार्सिलोना क्लबमा पाएको भन्दा उच्च सम्मान पाउन पनि मेस्सी देशका लागि एकपटक फेरी खेल्नैपर्छ ।’ 

 

ज्योतिषीहरु थप्दै भनेका थिए,‘मेस्सी अर्जेन्टिनाका लागि एकपटक फेरि खेल्नेछन्, उनले अर्जेन्टिनालाई ऐतिहासिक जीत दिलाएरै छोड्छन् र हालसम्मकै सर्वश्रेष्ठ खेलाडी भएर फुटबलबाट सन्यास लिनेछन् । उनको आँखाबाट  रिसको आँसुभन्दा पनि खुसीको आँशुहरु आउनेछन् जब उनले फुटबल छोड्नेछन् । उनको कथा यही सकिएको छैन ।’ 

 

नभन्दै उनले सन्यास लिने निर्णय फिर्ता लिए । विश्वकप छनोटमा अर्जेन्टिनालाई छनोट गराउन पनि उनले अहम भुमिका खेले। विश्वकपका लागि छनोट हुन धरफर भएको अवस्थामा उनले ह्याट्रिक गदै जित दर्ता गराएका थिए ।

 

विश्वकप छनोट चरणको अन्तिम खेलमा उनले इक्वयडरविरुद्ध ह्याट्रिक गरेका थिए । अब भने ज्योतिषहरुले गरेको भविष्यवाणीलाई लिएर पुन चर्चा हुन थालेको छ । रसियामा हुने विश्वकपमा अर्जेन्टिनाले उपाधि जित्ला त ? 

 

स्राेतः द सन

 


थप समाचार

छाँया सेन्टरले के गल्ती गर्यो र नियोजित रुपमा गरिँदैछ आक्रमण ?

  • 6 seconds ago
छाँया सेन्टरले के गल्ती गर्यो र नियोजित रुपमा गरिँदैछ आक्रमण ?

काठमाडाैँ । सरकारले वैदेशिक लगानी भित्र्याउन आगामी चैत १५ र १६ गते राजधानीमा नेपाल लगानी सम्मेलन गर्ने तयारी गरिरहेको छ । लगानी सम्मेलनको तयारी चल्दै गर्दा मुलुक भित्रकै लगानीको सुरक्षामा गम्भिर प्रश्

श्रीमानले छोडे पनि परिवार सम्हालेर बसेका बलिउडका चर्चित पाँच अभिनेत्रीहरु

  • 11 minutes ago
श्रीमानले छोडे पनि परिवार सम्हालेर बसेका बलिउडका चर्चित पाँच अभिनेत्रीहरु

एजेन्सी । आधुनिक समाजमा अब विहेको परिभाषा नै परिवर्तन हुन थालेको छ । समाजमा रहिआएको चलन र परम्परा तोडिने क्रम विस्तारै बढ्दै गइरहेको छ ।

दीपिकाले रुदैँ भनिन्, जब म डिप्रेसनको शिकार भए...

  • 18 minutes ago
दीपिकाले रुदैँ भनिन्, जब म डिप्रेसनको शिकार भए...

एजेन्सी । बलिउड चलचित्रमा निकै रुचाइएकी अभिनेत्री हुन् दीपिका पादुकोण । ‘ओम शान्ति ओम’ फिल्ममा शाहरुखसँग पहिलो पटक बलिउडमा पाइला टेकेकी दीपिकाले ‘पद्मावती’ सम्म आइपुग्दा आफूलाई निकै उचाईमा पुर्याइसकेक



प्रेम र यौन

के हो राम्रो सेक्स ?

के हो राम्रो सेक्स ?

पुरुषहरु बढी सेक्सको बारेमा धेरै कुरा गर्छन् तर, महिलाहरु भने भित्रभित्रै धेरै सेक्सको चाहना धेरै राख्छन् । राम्रो सेक्स धेरै मानिसहरुका लागि अपरिहार्य कुरा हो । भोक लाग्दा खाना खाए जस्तै शरिरले मागेको बेलामा सेक्स गर्नु पनि साधारण कुरा हो । आजकाल धेरैजसो महिलाको आफ्नो पुरुषले शारिरिक सन्तुष्टि प्रदान गर्न नसकेको कुराहरु धेरै सुन्न पाइन्छ ।

जीवनशैली/स्वास्थ्य

रक्सीको लत छुटाउने एउटा यस्तो क्यापसुल

रक्सीको लत छुटाउने एउटा यस्तो क्यापसुल

एजेन्सी । विज्ञान प्रविधिले नयाँनयाँ खोज बाहिर ल्याइरहेको छ । केही यस्तो अनौठो औषधी बनाउन अनुसन्धानकर्ता सफल भएका हुन् । सन् २०१३ मा रक्सी लत छुटाउन लागि यो औषधि बनाइएको मिडिया रिपोर्टमा उल्लेख छ ।

विचित्र विश्व

यो हो विश्वकै धनी र खतरनाक आतंकवादी संगठन

यो हो विश्वकै धनी र खतरनाक आतंकवादी संगठन

अन्तराष्ट्रिय आतंकवादी संगठनहरुले आर्थिक चलखेल कतिमा गर्छन् होला । सबैलाई उत्सुकताको विषय हुनसक्छ । कुनै पनि संगठन पैसाविना चल्दैन । चाहे त्यो घर निर्माण होस् या कुनै पनि सामाग्री किन्न नै किन नहोस् । अझ डरलाग्दा घटना घटाउन झन् धेरै खर्च हुन्छ । आतंवादी संगठनमा पनि भारी रकम खर्च हुने गर्छ ।