मिटर व्याजका कारण पोखरामा एक व्यक्तिले गरे आत्महत्या, यसरी खुल्यो रहस्य

  • मंगलबार, १५ साउन, २०७५
  • 3 months ago
  • नेपाल

पोखरा । शनिबार देखि बेपत्ता भएका पोखराका एक व्यवसायीको आइतबारा बिहान पोखरा चोर साँघुबाट सेती नदी पुल छेउमा स्कुर भेटियो । पोखरा सभागृह नजिकै इभा ट्रेडर्स सञ्चालन गर्दै आएका फणिन्द्र ढुंगाना बेपत्ता भए भने स्कुटर पुल छेउमा भेटिएको हो ।

 

शनिबार राती करिब साढे ८ बजे पुलको छेउमै स्कुटर रोकेर पुलमा गएर उभिएको एक स्थानीयले देखेको बताएपछि प्रहरीले आइतबार देखी खोजी थाल्यो । प्रहरीले अनुसन्धान गर्ने क्रममा डुब्लिकेट चाबी मगाएर पुलनजिकै रोकी राखिएको स्कुटरको डिक्की खोलेर र्हेयो, त्यहाँ ढुंगनाले लेखेको नोट भेटियो ।

 

नोटमा उनले ऋणको ब्याच तिर्न नसकेर आफुले यो कदम चाल्नुपरेको लेखेका थिए । स्कुटरमा सुसाइट नोट भेटिनु, एक स्थानीयले पुलमा उभिएको दुख्नु, छिनमै हराउनु र पुलको तल ठाउँमा हेर्दा घाँस माडारिएको देखिनुले सेती नदीमै हाम फालेको हुनसक्ने वडा प्रहरी कार्यालय रामबजारका प्रमुख इन्स्पेक्टर दीपकबहादुर केसीले बताए । सेदी नदीमा हाम फालेको अनुमान गरिए पनि एकिन नभएकाले अनुसन्धान तथा खोजी भई रहेको कास्की प्रहरी प्रवक्ता डिएसपी रवीन्द्रमान गुरुङले बताए ।

 

ढुंगानाले मिटर ब्याजी साहुका कारण जीवन असहज भएको भन्दै साहुहरुकै नाम किटेर सुसाइड नोट छाडेका छन् । उनले पत्रमा सुरुमा श्रीमती अनिताका लागि, त्यसपछि ससुराली दाजुभाइका लागि र अन्तिममा आफूले यो कदम उठाउनुपरेको कारण खोतलेका छन् ।

 

कास्की धिताल घर भएका ढुंगानाका श्रीमती, छोरी र एक महिनाको छोरो छ । उनले परिवारका लागि लेखेको नोटमा बाहिरी मानिसको व्यवसायिक टर्चरले घर छोडेर हिँड्न बाध्य भएको उल्लेख गरेका छन् । आर्थिक समस्यामा परेको लेख्दै उनले माधवलाल श्रेष्ठ, बालकृष्ण घिमिरे जस्ता मिटर ब्याजी साहुका कारण आफूजस्ता धेरैको जिवन असहज बन्दै गइरहेको सुसाइड नोटको अन्तिम वाक्यमा लेखेका छन् । तर उनीहरु कहाँका हुन् कति रकम हो खुलाएका छैनन् ।

 

उनले १०० कडा ५०, ६०, ८० प्रतिशत सम्म ब्याज असुली गर्दै आएका उल्लेख गरेका छन् । यिनीहरु जस्ताले गर्दा मेरो यो हालत भयो । कोहि कसैले चेक देखाएर धम्काउन मिल्दैन । किनकी यी सबैले मबाट डबल त्रिबल गरी असुल उपर गरिसकेका छन् । दुई तीन गुण असुली गर्नेहरुले गर्दा नै समाजमा म जस्ता धेरैको जिवन असहज बन्दै गईरहेको छ ।’

 

ढुंगानाले श्रीमती अनिता कुमारी बाँस्तोलालाई प्यारी श्रीमती भन्दै दुई वाक्य लेखेका छन् । मैले त संघर्ष गर्न सकिनँ तर तिमीमा त्यो क्षमता देखेको छु । अब बाकी जिवन छोरा र छोरीको जिम्मेवारी सम्हाल्दै र मैले गरेका गल्ती प्रति असहजताको समय गुजार्दै जानुपर्ने हुनाले त्यसप्रति माफी चाहन्छु माफ गरिदेउ । मैले तिमीलाई कहिल्यै सुख दिन सकिनँ, त्यसप्रति क्षमा माग्दछु । सानु छोरा र छोरीलाई तिम्रो जिम्मामा छाडेको छु । उही तिमीलाई दुःखी बनाउने फरिन्द्र ढुंगाना, अलबिदा लेखेका छन् ।

 

साथै, दाइ सुदर्शन पोख्रेललाई हजुरलाई ठूलो जिम्मा लगाएको छु, बहिनी भाञ्जा भाञ्जीको आँखामा आँशु कहिल्यै पनि नखसाओस् भनेका छन् । सालो भाइहरु सागर र शुशिललाई दिदी र भाञ्जा भाञ्जीको कहिल्यै पनि साथ नछाडी, जस्तोसुकै परिस्थितिमा पनि दिदीको संरक्षण र हेरचाह गर्न भनेका छन् । हर व्यक्तिहरु कुटुम्ब एक हुँदैनन्, त्यसकारण सबै परिस्थितिमा साथ नछाड्नुहोला भनेका छन् ।

 

ढुंगानाले नोटमा उल्लेख गरेका मिटर व्याजमा लगाउने माधवलाल श्रेष्ठ, बालकृष्ण घिमिरे अनुन्धानको घेरामा रहेको कास्की प्रहरी प्रवक्ता डिएसपी रवीन्द्रमान गुरुङले बताएका छन् । उनले उनीहरु दुबैको खोजी भएको र पक्राउ गरि कार्वाही गर्ने बताए । कास्की प्रहरी केही समय पहिले १० जनालाई मिटर ब्याजमा संलग्न रहेकोमा पक्राउ गरी कार्वाही संचालान गरिरहेको बताए । उनले मिटर व्यज लिने र दिने दुबैको उजुरी भने प्रहरीमा नआउने गरेको बताए । मिटर ब्याज अबैधानिक भएकाले लगाउनु र लिनु दुवै दोषी भएको उनको भनाई छ ।


थप समाचार

बेलायतमा मधेशी नेपालीले मनाए छठ

  • 7 hours ago
बेलायतमा मधेशी नेपालीले मनाए छठ

एशोसिएसन अफ नेप्लिज मधेशी इन यूके र युरोपियन मधेशी सोसाइटीले संयुक्त रुपमा लण्डनमा छठ मनाएका हुन् । शनिबार लण्डनको फेल्थाम कलेजमा आयोजित समारोहमा पूर्व प्रधानमन्त्री माधवकुमार नेपालको समेत उपस

बाबुले ल्याए नेपाली भाषी भुटानीहरूका जिवनको गित !

  • 8 hours ago
बाबुले ल्याए नेपाली भाषी भुटानीहरूका  जिवनको गित !

हाम्रो मनको पिडा ब्यथा,कस्ले बुझी देला” “जन्मेउ जहाँ त्यहाँ छैन बास फर्की जाने केही छैन आश “ भुटानमा जन्मीएर पनि नेपाली भाषा कला संकृती र साहित्यलाई अंगालेर नेपालमा शरणाार्थी जिवन बिताइरहेका भुटा

फोटोमा हेर्नुहोस प्रचण्डपुत्र प्रकाशको स्मृतिमा शोकसभा

  • 8 hours ago
फोटोमा हेर्नुहोस प्रचण्डपुत्र प्रकाशको स्मृतिमा शोकसभा

तत्कालीन नेकपा माओवादी केन्द्र का पोलिटब्यूरो सदस्य एवं नेपाल कम्युनिष्ट पार्टी ९नेकपा० का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’का छोरा प्रकाश दाहालको प्रथम वार्षिक स्मृतिका अवसरमा आज उहाँको निवास खुमलटारम



भिडियो

प्रेम र यौन

यौनवर्धक भियाग्राको प्रयोग कति उचित ?

यौनवर्धक भियाग्राको प्रयोग कति उचित ?

काठमाडौँ । उमेर पुगेका हरेक व्यक्तिलाई यौनको चाहाना हुनु स्वाभाविक नै मानिन्छ तर यदि कोहि महिला वा पुरुषलाई यौन चाहानामा गडबढी हुनु पनि सामान्य हुँदै गएको छ ।

जीवनशैली/स्वास्थ्य

यसरी घटाउनुस् मानसिक तनाव !

यसरी घटाउनुस् मानसिक तनाव !

के तपाईंलाई मानसिक तनावले सताउँछ रु यदि सताउँछ भने ध्यान दिनुहोस् तनाव कम गर्ने विभिन्न उपायहरु छन् । मनोचिकित्सकले सुझाएका यी हुन् मानसिक तनाव घटाउने ७ उपाय

विचित्र विश्व

दुबईबारे अजबगजबका कुराहरु

दुबईबारे अजबगजबका कुराहरु

एजेन्सी–बितेका केही वर्षमा एसियाका केही देशहरुले उल्लेख्य मात्रामा विकास गरेका छन् । केही देशहरुले विकास नै गर्न नसकिने ठाउँमा पनि अकल्पनिय विकास गरेर