Techie IT
२०८१ वैशाख ८, शनिबार
NepaliPatra logo
गृहपृष्ठखेलनेपालले यूएईलाई हरायो, कुशल भुर्तेलको शानदार प्रदर्शन

नेपालले यूएईलाई हरायो, कुशल भुर्तेलको शानदार प्रदर्शन


काठमाडौँ। नेपालले युनाइटेड अरब इमिरेट्स (यूएई)लाई ३ विकेटले हराएको छ। एसीसी मेन्स इमर्जिङ कप अन्तर्गतको खेलमा नेपालले यूएईलाई पराजित गरेको हो।

कुशल भुर्तेलको अलराउन्डर प्रदर्शनप्रेरित खेलमा नेपाल विजयी भएको हो।

यूएईले प्रस्तुत गरेको १५८ रनको लक्ष्य नेपालले २३ ओभरमा ७ विकेट गुमाएर पूरा गरेको हो।

नेपालको जितमा भुर्तेलले ब्याटिङतर्फ ७१ रन बनाए। आक्रामक रूपमा प्रस्तुत भएका भुर्तेलले ४३ बलमा ९ चौका र ४ छक्का प्रहार गरे। त्यसअघि यूएईले १५७ रनमा सबै विकेट गुमाउँदा घातक बलिङ गरेका भुर्तेलले ६ विकेट लिएका थिए।

ब्याटिङमा नेपाका देव खनाल र सन्दीप जोराले समान २४ रन जोडे। त्यस्तै, गुल्सन झाले ११ रन, कप्तान रोहितकुमार पौडेलले ९ रन, प्रतिश जीसीले ८ र कुशल मल्लले दुई रन जोडे।

यूएईका मोहम्मद फराजुद्दिनले पाँच विकेट लिए। ६ ओभर बलिङ गरेको फराजुद्दिनले एक मेडन राख्दै ३६ रन खर्चिए। मुहम्मद जवादुल्लाहले दुई विकेट लिए।

 




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

एसीसी प्रिमियर कपकाे सेमिफाइनलमा नेपाल यूएईसँग ६ विकेटले पराजित

काठमाडाैँ । एसीसी प्रिमियर कप क्रिकेटकाे सेमिफाइनलमा नेपाल यूएईसँग पराजित भएकाे छ । आज भएकाे खेलमा यूएईले नेपाललाई ६ विकेटले

एसीसी प्रिमियर कपमा यूएईसँग टस हारेपछि ब्याटिङ गर्दै नेपाल

काठमाडौँ । एसीसी प्रिमियर कप क्रिकेटको सेमिफाइनलमा नेपालले टस हार्दै ब्याटिङ गरेको छ । ओमानको अल अमिरातमा यूएईका कप्तानले बलिङ

एसीसी प्रिमियर कपमा नेपाल र युएई भिड्दै

काठमाडौँ । ओमानमा जारी एसिसि प्रिमियर कपअन्तर्गत आज सेमिफाइनल हुँदैछ । जसअन्तर्गत नेपाल र युएईबीच प्रतिष्पर्धा हुँदैछ । दुई देश

एन्फा उपाध्यक्ष दावा लामा छुटे

काठमाडौँ । लागू औषध मुद्दामा फरार रहेको भन्दै पक्राउ परेका अखिल नेपाल फुटबल संघ (एन्फा) उपाध्यक्ष दावा लामा छुटेका छन्

अपराजित रहँदै नेपाल एसीसी प्रिमियर कपको सेमिफाइनलमा

काठमाडौँ । नेपाल एसीसी प्रिमियर कपको सेमिफाइनलमा प्रवेश गरेको छ । साउदी अरेवियालाई ६ विकेटले हराउँदै नेपालले सेमिफाइनलमा स्थान बनाएको

एन्फा उपाध्यक्ष दावा लामा पक्राउ

काठमाडौँ । अखिल नेपाल फुटबल संघ (एन्फा) का उपाध्यक्ष दावा लामा पक्राउ परेका छन् । लामा बुधवार पक्राउ परेका हुन्

Techie IT