मिडल्याण्डका विजेतालाई बधाई, मतदातालाई धन्यवाद

  • आइतबार, १२ असोज, २०७६
  • 8 months ago
  • युके

 

लण्डन ।  हालै सम्पन्न एनआरएन यूके निर्वाचनमा मिडल्याण्डका विजेता तथा उपविजेताहरुलाई एक कार्यक्रमबीच सम्मान गरिएको छ । 

 

मिडल्याण्ड क्षेत्रका नेपालीहरुको साझा संस्था साझा नेपाली समाज यूकेले शनिबार लेस्टरमा गरेको कार्यक्रममा निर्वाचनमा सहभागी मतदाताहरुलाई धन्यवाद समेत ज्ञापन गरियो । 

 

त्यस अवसरमा मिडल्याण्डबाट एनआरएन आइसिसीमा निर्वाचित दयानिधि सापकोटा, सचिव निर्वाचित कोशलेश्वर ढकाल, सदस्य निर्वाचित गोमा पौडेल, कृष्ण खरेल र डा सुनिलकुमार शाह तथा इंग्ल्याण्ड राज्य परिषद सचिव गोविन्द खरेललाई बधाई ज्ञापन गरियो । निर्वाचनमा उपविजेता बनेका पशुपति पोखरेल र विष्णु चालिसेलाई समेत सम्मान गरियो । 

 

कार्यक्रमलाई सम्बोधन गर्दै साझा नेपाली समाज यूकेका अध्यक्ष महेश अधिकारीले यसपटकको एनआरएन यूकेको निर्वाचनमा पनि मिडल्याण्डबासीहरुले आफ्नो एकता देखाएको भन्दै धन्यवाद ज्ञापन गरे । मिडल्याड क्षेत्रबाट उम्मेदवारी दिएका सबै उम्मेदवारलाई जिताउनको लागि साझासहितका संघसंस्थाले संयोजनकारी भुमिका खेल्ने कोशिस गरेको उनले स्पष्ट पारे । 

 

कार्यक्रममा विजेता तथा उपविजेता उम्मेदवारहरुले निर्वाचनका क्रममा मिडल्याण्डको समुदाय र यहाँका अग्रजहरुबाट भएको सहयोगको लागि धन्यवाद दिए । 

 

त्यस्तै, हाम्रो नेपाली समाजका पूर्व अध्यक्ष कृष्णप्रसाद शर्मा, साझा नेपाली समाजका पूर्व अध्यक्ष  रण केसी, शृजनशील लेष्टरका अध्यक्ष बलराम चापागाई, महासचिव पुन्डरी अर्याल र पूर्व अध्यक्ष प्रेम आले, नटिंघम नेपाली समाज महासचिव राम पन्थी , पूर्व अध्यक्ष प्रविण पान्डे, डिलाराम गौतम  लगायतले पनि विजेतालाई बधाई दिंदै मिडल्याण्डको अपेक्षा पूरा गर्ने गरी काम गर्न सुझाव दिए । साझाका संस्थापक अध्यक्ष शंकर भण्डारीले पनि आफ्नो बधाई तथा शुभकामना संदेश पठाएका थिए । 

 

त्यसअवसरमा एनआरएन यूके निर्वाचनका एक निर्वाचन आयुक्त एवं साझाका पूर्व अध्यक्ष राजु कंडेलले निर्वाचनको क्रममा आफुले भोगका तीता मीठा अनुभवहरु सुनाए । लेस्टर बुथको निर्वाचनलाई सफल पार्न सहयोग गर्ने सबैप्रति उनले कृतज्ञता जाहेर गरे । 

 

साझा नेपाली समाजका वरिष्ठ उपाध्यक्ष नारायण फुयांलले स्वागत मन्तव्य दिएको कार्यक्रमलाई उपाध्यक्ष विष्णु चालिसेले सञ्चालन गरेका थिए । 

 


थप समाचार

क्वारेन्टाइनमा राम्रो व्यवस्थापन नभएको भन्दै प्रशासकीय अधिकृतमाथि हातपात

  • 54 minutes ago
क्वारेन्टाइनमा राम्रो व्यवस्थापन नभएको भन्दै प्रशासकीय अधिकृतमाथि हातपात

दैलेख । भैरवी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृतमाथि क्वारेन्टिनमा बसेकाहरुले बुधबार हातपात गरेका छन् । गाउँपालिका ४ मा बसेकाहरुले क्वारेन्टिनमा उचित व्यवस्थापन नभएको आरोप लगाउँदै प्रशासकीय अधिकृतमा

लकडाउनका कारण गाउँमा फस्टायो यो व्यवसाय: मासिक ५० हजार आम्दानी

  • 1 hour ago
लकडाउनका कारण गाउँमा फस्टायो यो व्यवसाय: मासिक ५० हजार आम्दानी

म्याग्दी । कोरोना भाइरस सङ्क्रमण रोकथाम तथा नियन्त्रणका लागि सरकारले लागू गरिएको बन्दाबन्दीका कारण उद्योग, व्यापार, व्यावसाय र अन्य रोजगार पनि बन्द छ ।

कोरोनाका कारण थप एकको मृत्यु, मृतक सङ्ख्या ९ पुग्यो

  • 1 hour ago
कोरोनाका कारण थप एकको मृत्यु, मृतक सङ्ख्या ९ पुग्यो

काठमाडौँ । नेपालमा कोरोना भाइरसको संक्रमणबाट थप एक जनाको मृत्यु भएको छ । स्वास्थ्य मन्त्रालयमा आयोजित नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा. विकास देवकोटाले जानकारी दिए । पछिल्ला मृतक दोलखाका ७



प्रेम र यौन

कोरोना भाइरसको संक्रमण फैलिरहेको बेला ‘पोर्न साइट’हरुको यस्तो धन्दा

कोरोना भाइरसको संक्रमण फैलिरहेको बेला ‘पोर्न साइट’हरुको यस्तो धन्दा

एजेन्सी । चीनको वुहानबाट फैलिएको कोरोना भाइरस हाल विश्वव्यापी बनिरहेको छ । कोरोनाको कारण मानिसको दैनिकीसँगै विश्व अर्थतन्त्र नै धराशायी बनिरहेको अवस्थामा ‘पोर्न साइट’हरुले भने अलग खालको धन्दा चलाउन थालेका छन् ।

जीवनशैली/स्वास्थ्य

आज घरघरमा तुलसीको दल राखेर निर्जला एकादशी पर्व मनाइँदै

आज घरघरमा तुलसीको दल राखेर निर्जला एकादशी पर्व मनाइँदै

महोत्तरी । हिन्दू मैथिल आज मङ्गलबार घरघरमा तुलसीको दल राखेर निर्जला एकादशी पर्व मनाउँदैछन् । जेठ शुक्ल एकादशीका दिन धार्मिक महत्वको वनस्पति तुलसीको दल राख्ने परम्परानुसार आज हिन्दू मैथिलका घरघरमा उत्सवकै रूपमा यो पर्व मनाइँदै गरिएको हो ।