दुग्ध चिस्यान केन्द्र स्थापना

  • मंगलबार, १९ भदौ, २०७५
  • 1 year ago
  • अर्थ

जाजरकोट ,  जिल्लामा पहिलोपटक दुग्ध चिस्यान केन्द्र स्थापना भएको छ । रुकुम पश्चिमको मुसिकोट नगरपालिका–६ सोलावाङमा दुग्ध चिस्यान केन्द्र स्थापना भएको हो । 

 

जिल्लामा भएको दूध सङ्कलन गरी जिल्ला बाहिर निर्यात गर्ने उद्देश्यले जिल्लामै पहिलोपटक चिस्यान केन्द्र स्थापना गरिएको हो ।

 

 कर्णाली प्रदेश सरकारको भूमि व्यवस्था तथा कृषि सहकारी मन्त्रालयको रु ७९ लाख ९९ हजार ९५० र नागरिक दुग्ध सहकारी संस्थाको रु १६ लाख २५ हजार गरी ९६ लाख २४ हजार ९५० को लागतमा तीन हजार लिटर क्षमताको चिस्यान केन्द्र स्थापना गरिएको छ । 

 

केन्द्रका लागि चिलिङ भ्याट र त्यसका लागि आवश्यक सम्पूर्ण सामग्री र एउटा गाडीसमेत गरी रु ९६ लाखमा खरीद गरिएको र दूध सङ्कलनका लागि अर्को गाडी ल्याउने तयारीमा रहेकाले केन्द्रले बताएको छ । 

 

जिल्लामा उत्पादित दूधको सदुपयोग र बाहिर निर्यातका लागि चिलिङ भ्याट स्थापना गरिएको सहकारीका अध्यक्ष धीरन शेर्पालीले बताए । 

 

शुरुमा मुसिकोट नगरपालिका, सानीभेरी, त्रिवेणी गाउँपालिकाका विभिन्न बस्तीमा उत्पादित दूधलाई बजार लिने उद्देश्यसहित चिलिङ भ्याट स्थापना गरिएको उनको भनाइ छ । 

 

असोज पहिलो साताबाट दूध सङ्कलन शुरु हुने छ, सङ्कलित दूध जिल्लामा पुगेपछि जिल्ला बाहिर निर्यात गर्ने योजना सहकारीका अध्यक्ष शेर्पालीले बताउनुभयो । अहिले तत्काललाई दाङको लमही र नेपालगञ्ज दूध पठाइने छ । 

 

दूध सङ्कलनका लागि ठाउँ ठाउँमा केन्द्र खोलिएको छ । मुसिकोट नगरपालिकाको झुल्खेत, साधनचौर, त्रिवेणी गाउँपालिकाको झुल्नेटा, सिम्रुतु, पितिवाङ, पेउघा, सानीभेरी गाउँपालिकाको सिम्ली, गरायालना र बाँफिकोट गाउँपालिकाको छिनखेतलगायतका स्थानमा दूध सङ्कलन केन्द्र स्थापना गरिएको छ । सहकारीले दैनिक दुई हजार ५०० लिटर दूध सङ्कलनको अपेक्षा गरेको छ । 

 


थप समाचार

आज १३ औं गणतन्त्र दिवस मनाईंदै

  • 4 minutes ago
आज १३ औं गणतन्त्र दिवस मनाईंदै

काठमाडौँ । आज १३ औं गणतन्त्र दिवस मनाईंदैछ । २०६५ सालमा संविधानसभाको पहिलो बैठकबाट आजैका दिन अर्थात् जेठ १५ गते संघीय लोकतान्त्रिक गणतन्त्र घोषणा गरिएको थियो । गणतन्त्र दिवसको अवसरमा आज पहिलेका

सुर्खेतमा थपिए १५ सङ्क्रमित, मृतकको रिर्पोट ‘नेगेटिभ’

  • 3 hours ago
सुर्खेतमा थपिए १५ सङ्क्रमित, मृतकको रिर्पोट ‘नेगेटिभ’

सुर्खेत । पछिल्लो २४ घण्टामा सुर्खेतमा थप १५ सङ्क्रमित फेला परेका छन् । यससँगै कर्णाली प्रदेशमा सङ्क्रमितको सङ्ख्या ३८ पुगेको छ ।

चन्द समूहका केन्द्रीय नेता गिरफ्तार

  • 3 hours ago
चन्द समूहका केन्द्रीय नेता गिरफ्तार

बनेपा । नेत्रविक्रम चन्द समूहका केन्द्रीय नेता लेखराज गजमेरलाई बुधबार साँझ धुलिखेलबाट गिरफ्तार गरिएको छ । गजमेरलाई जिल्ला प्रहरी कार्यालय धुलिखेलले थुनामुक्त गरेलगत्तै सादा पोशाकका प्रहरीले पुनःगिरफ्त



प्रेम र यौन

कोरोना भाइरसको संक्रमण फैलिरहेको बेला ‘पोर्न साइट’हरुको यस्तो धन्दा

कोरोना भाइरसको संक्रमण फैलिरहेको बेला ‘पोर्न साइट’हरुको यस्तो धन्दा

एजेन्सी । चीनको वुहानबाट फैलिएको कोरोना भाइरस हाल विश्वव्यापी बनिरहेको छ । कोरोनाको कारण मानिसको दैनिकीसँगै विश्व अर्थतन्त्र नै धराशायी बनिरहेको अवस्थामा ‘पोर्न साइट’हरुले भने अलग खालको धन्दा चलाउन थालेका छन् ।

जीवनशैली/स्वास्थ्य

श्रीमतीलाई खुसी राख्न कपडा धोइदिनुहोस्

श्रीमतीलाई खुसी राख्न कपडा धोइदिनुहोस्

तपाई आफ्नी पार्टनर या श्रीमतीलाई खुसी राख्न के गर्नु हुन्छ ? नयाँ–नयाँ गिफ्ट या मिठा खानेकुरा ल्याएर फकाउनु हुन्छ होला । तर, अब उनीहरुलाई खुसी राख्न त्यती कष्ट गर्नु पर्दैन । मात्र कपडा धोईदिए पुग्छ । ब्रिटेनमा भएको एक अध्ययनले यस्तो पत्ता लागेको हो ।