Techie IT
२०८१ वैशाख ७, शुक्रबार
NepaliPatra logo
गृहपृष्ठराजनीतिसहमतिबेगर कुनै प्रस्ताव रोष्ट्रमबाट पेस गर्न खोजे कठोर बन्न बाध्य हुन्छौंः कांग्रेस

सहमतिबेगर कुनै प्रस्ताव रोष्ट्रमबाट पेस गर्न खोजे कठोर बन्न बाध्य हुन्छौंः कांग्रेस


काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले प्रमुख प्रतिपक्षको सहमति र कार्यव्यवस्था परामर्श समितिमा बन्ने सहमतिबेगर आकस्मिक रूपमा कुनै प्रस्ताव रोष्ट्रमबाट पेस गर्न खोजे कठोर बन्न बाध्य हुने बताएका छन् ।

बुधबार प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले यस्तो चेतावनी दिएका हुन् ।

‘यो बैठकमा निर्धारित कार्यतालिका बमोजिम चलिरहँदा हामीले सुन्यौं, त्यहाँ भन्दा फरक प्रस्ताव पनि यहाँ पेस हुने तयारी थियो, त्यसमा हाम्रो विमति थियो’ उनले भने, ‘तर, त्यसलाई सभामुखले सही ट्रयाकमा ल्याउनुभएको भन्ने सुनेका छौं । प्रमुख प्रतिपक्षको सहमतिबेगर र कार्यव्यवस्था परामर्श समितिमा बन्ने सहमति बेगर कुनै प्रस्ताव आकस्मिक रूपमा रोष्ट्रमबाट गर्न खोजियो भने त्यसलाई कठोर विमति रहनेछ ।’

सरकारले विधेयक लिएर आए सदन चल्छ, सरकार बलजफ्ती गरेर आए सदन चल्न नलिने शर्माले चेतावनी दिए ।

सहकारीको रकम अपचलनबारे आरोपित रहेको भनी कांग्रेसले उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेमाथि प्रश्न उठाउँदै आएको छ ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

प्रतिपक्षमा पुगेपछि कांग्रेस बर्बराउन थालेको छः रवि लामिछाने

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं गृहमन्त्री रवि लामिछानेले नेपाली कांग्रेस प्रतिपक्षमा पुगेपछि बर्बराउन थालेको आरोप लगाएका छन् ।

माथिल्लो अरुणको वित्तीय व्यवस्थापन विश्व बैंकले गर्ने सहमति

काठमाडौँ । संखुवासभामा निर्माण हुने १ हजार ६३ मेगावाटको माथिल्लो अरुण अर्धजलाशययुक्त जलविद्युत् आयोजनामा वित्तीय व्यवस्थापन विषयमा सैद्धान्तिक सहमति जुटेको

कोशी प्रदेशसभाबाट विपक्षी गठबन्धनले पेस गरेको संकल्प प्रस्ताव पारित

काठमाडौँ । कोशी प्रदेश सभामाको बैठकबाट नेकपा एमालेसहित विपक्षी गठबन्धनले पेस गरेको संकल्प प्रस्ताव बहुमतले पारित भएको छ । ध्वनी

वर्तमान सत्ता गठबन्धन छिटै पतन हुन्छ: कांग्रेस

काठमाडौँ । नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले वर्तमान सत्ता गठबन्धन अविश्वासको बोझले छिटै पतन हुने बताएका छन् । शुक्रबार

सांसद हसिना खानद्वारा शपथ ग्रहण

काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा)बाट समानुपातिक सांसद बनेकी हसिना खानले प्रतिनिधि सभा सदस्यको पद तथा गोपनीयताको शपथ लिएकी छन्

एसीसी प्रिमियर कपकाे सेमिफाइनलमा नेपाल यूएईसँग ६ विकेटले पराजित

काठमाडाैँ । एसीसी प्रिमियर कप क्रिकेटकाे सेमिफाइनलमा नेपाल यूएईसँग पराजित भएकाे छ । आज भएकाे खेलमा यूएईले नेपाललाई ६ विकेटले

Techie IT