'को नेपालको मित्र, को नेपालको शत्रु चिनाउन तिमीहरुले सिकाइरहनु पर्दैन '

काठमाडौँ । नेपाली काँग्रेसका नेता डा. मिनेन्द्र रिजालले भारतीय पत्रकार अरनभ गोस्वामीको कार्यक्रम द डिबेट विथ अरनभ गोस्वामी मा नेपालको राष्ट्रियताको विषयमा एक रहेको बताएका छन् ।

 

उनले गोस्वामीलाई जबाफ दिदै भनेका छन्, 'नेपालमा नेपाली काँग्रेस विपक्षी दल भए पनि देश सीमाको विषयमा भने एक रहेको छ । प्रधानमन्त्री के पी शर्मा ओलीले लिएको कदमको हामी पक्षमा रहेका छौँ । प्रधानमन्त्रीले भारतबाट आएको कोरोना भाइरस कडा छ भन्ने अभिव्यक्ति उहाँको आफ्नो स्टाइल हो ।' 

 

भारतले नेपालको कालापानी, लिम्पियाधुरा र लिपुलेक आफ्नो हो भन्दै सडक नै बनाएको थियो ।  नेपालले भुमि अतिक्रमण गर्दै भारतले सडक बनाएपछि नेपालले उक्त कार्यको खण्डन गरेको थियो । साथै नेपालले ती क्षेत्रहरु समेटिएको नयाँ नक्सा जारी गरेको थियो । त्यसपछि चर्केको विवादले ठुलो रुप लिइरहेको छ । 

 

उक्त विषयमा बोल्दै मिनेन्द्र रिजालले भारतीय पत्रकार गोस्वामीलाई मुखभरीको जबाफ दिएका थिए । उनले मुख्य विषयलाई मोडेर चीनले नेपाली नेताहरुलाई उचालेको आरोप लगाएका थिए भने मिनेन्द्र रिजालले आफ्नो देशको विषयमा बोल्न कसैको पक्ष विपक्ष लिनु नपर्ने बताएका थिए । उनले जबाफ दिदै भनेका छन्, 'भारत पनि हामीलाई उत्तिकै महत्वपुर्ण छ, चीन पनि हामीलाई उत्तिकै महत्वपुर्ण छ । कुन देश नेपालको मित्र हो कुन देश नेपालको शत्रु हो त्यो निर्णय नेपालले गर्छ, त्यो अधिकार भारतलाई छैन ।'

 

पत्रकार अरनभ गोस्वामीले भने चीनलाई मुख्य केन्द्रमा बनाएर उनलाई बारम्बार प्रश्न गरेका थिए । चीन नेपालको शत्रु भएको समेत गोस्वामीले बताएका थिए । 


थप समाचार

महाकालीमाथिको झोलुङ्गे पुलको आवतजावतमा रोक

  • 5 hours ago
महाकालीमाथिको झोलुङ्गे पुलको आवतजावतमा रोक

कञ्चनपुर । कञ्चनपुरको महाकाली नदी माथिको मल्टिस्पान झोलुङ्गे पुलको आवतजावतमा आइतबारदेखि स्थानीय बासिन्दाले रोक लगाएका छन् । महाकाली नगरपालिका र भीमदत्त नगरपालिका जोड्ने झोलुङ्गे पुल प्रवेश मार्गमा स्थ

इजरायली प्रधानमन्त्री नेतन्याहुको भ्रष्टाचार मुद्दामा सुनुवाई सुरू

  • 5 hours ago
इजरायली प्रधानमन्त्री नेतन्याहुको भ्रष्टाचार मुद्दामा सुनुवाई सुरू

एजेन्सी । इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुको भ्रष्टाचारसम्बन्धी मुद्दामाथि आइतबार सुनुवाई सुरू भएको छ ।

जापानको टोकियो र हकाइदोमा सङ्कटकाल हटाउने तयारी

  • 5 hours ago
जापानको टोकियो र हकाइदोमा सङ्कटकाल हटाउने तयारी

एजेन्सी । जापान सरकारले कोरोनाभाइरस (कोभिड–१९) प्रकोप नियन्त्रणका लागि लगाएको स्वास्थ्य सङ्कटकाललाई टोकियो महानगर क्षेत्र तथा हकाइदोमा हटाउने निर्णय गरेको अर्थतन्त्र पुनःउद्धार मन्त्री यसुतोशी निशिमुर



प्रेम र यौन

कोरोना भाइरसको संक्रमण फैलिरहेको बेला ‘पोर्न साइट’हरुको यस्तो धन्दा

कोरोना भाइरसको संक्रमण फैलिरहेको बेला ‘पोर्न साइट’हरुको यस्तो धन्दा

एजेन्सी । चीनको वुहानबाट फैलिएको कोरोना भाइरस हाल विश्वव्यापी बनिरहेको छ । कोरोनाको कारण मानिसको दैनिकीसँगै विश्व अर्थतन्त्र नै धराशायी बनिरहेको अवस्थामा ‘पोर्न साइट’हरुले भने अलग खालको धन्दा चलाउन थालेका छन् ।

जीवनशैली/स्वास्थ्य

यसकारण फ्रिजमा राखेको अण्डा खानुहुँदैन !

यसकारण फ्रिजमा राखेको अण्डा खानुहुँदैन !

एजेन्सी । प्रायः सधै खाइरहनुपर्ने भएकाले हामी दैनिक अण्डा किन्नुपर्ने झन्झटबाट मुक्तिका लागि त्यसलाई फ्रिजमा स्टोर गरेर राख्ने गर्दछौँ । फ्रिजमा अण्डा राख्नाले त्यो फ्रेस हुन्छ भन्ने मान्यता रहदै आएको छ । तर हालैमा भएको अध्ययनले फ्रिजमा राखेको अण्डा प्रयोग नगर्न दाबी गरेको छ ।