खेलकूदमा आमूल परिवर्तन हुने खालका योजना लिएर अगाडि बढेका छौंः मन्त्री विश्वकर्मा

  • बिहीबार, २१ भदौ, २०७५
  • 10 months ago
  • खेल
Education Park

पोखरा । युवा तथा खेलकूदमन्त्री जगतबहादुर विश्वकर्माले खेलकूदको विकासले मात्र देश समृद्धितर्फ अग्रसर हुने बताएका छन् । 

 

लेखनाथ रङ्गशालामा बुधबारबाट शुरु भएको ऋद्धिसिद्धि सिमेन्ट २४औँ आदर्श फुटबल कपको उद्घाटनपछि उनले समृद्धिको लक्ष्य प्राप्तिका लागि खेलकूदको विकासलाई पनि सँगसँगै लग्नुपर्नेमा जोड दिए । उनले मानिस स्वस्थ रहनका लागि खेलकूद अनिवार्य भएकाले सरकार अब खेलकूदमा आमूल परिवर्तन हुने खालका योजना लिएर अगाडि बढेको जानकारी गराए । 

 

उनले खेलको माध्यमबाट देशलाई अन्तर्राष्ट्रियस्तरमा चिनाउन पनि सजिलो हुने भएकाले पोखरालाई खेलकूदको हवका रुपमा विकास गराउन सकिने सम्भावना रहेको उल्लेख गरे । 

 

सो अवसरमा प्रदेश सभासद् दीपक कोइरालाले लेखनाथ रङ्गशालाको स्तरोन्नति गरी क्षेत्रीयस्तरको रङ्गशाला बनाउनुपर्ने आवश्यकता औँल्याए । 

 

भदौ २७ गतेसम्म चल्ने प्रतियोगितामा आठ टिमले भाग लिएका छन् । 

 


थप समाचार

बाजुराको भुवाखोलामा जिप दुर्घटना, तीनजनाकाे मृत्यु, ११ जना घाइते

  • 9 minutes ago
बाजुराको भुवाखोलामा जिप दुर्घटना, तीनजनाकाे मृत्यु, ११ जना घाइते

बाजुरा । बाजुराको भुवाखोलामा जिप दुर्घटना हुँदा तीनजनाको मृत्यु भएको छ ।

बिदामा मस्त मेस्सी

  • 28 minutes ago
बिदामा मस्त मेस्सी

स्पेनिस क्लब बार्सिलोनाका धेरैजसो खेलाडीहरू बिदा सकाएर बार्सिलोना फर्किसकेका छन् ।

आजबाट हलमा ‘घर’ : डराउलान् त दर्शक ?

  • 34 minutes ago
आजबाट हलमा ‘घर’ : डराउलान् त दर्शक ?

काठमाडौँ । जेठ ३ गते प्रदर्शनमा आएको फिल्म ‘जात्रै जात्रा’ले दर्शकको मन जित्दै लगानीमात्र उठाएन खल्तीपनि मज्जाले भर्‍यो ।



प्रेम र यौन

यौन शिक्षा– यस्तो बेलामा यौन सम्बन्ध नराखौं !

यौन शिक्षा– यस्तो बेलामा यौन सम्बन्ध नराखौं !

कस्तो अवस्थामा यौन सम्पर्क गर्ने र कस्तो अवस्थामा नगर्ने भन्ने आ–आफ्नै धारणा, तर्क सुनिन्छ । कतिपय अवस्थामा यौन सम्पर्क गर्नै हुन्न । महिलाले आफ्नो शिशुलाई स्तनपान गराईरहेको समयमा शिशुसँग रमाइरहेका हुन्छन् ।

जीवनशैली/स्वास्थ्य

गुणकारी मेथी हरेक दिन खानुका १० फाइदाहरू यस्ता छन्

गुणकारी मेथी हरेक दिन खानुका १० फाइदाहरू यस्ता छन्

मेथी अधिकांश नेपालीको भान्सामा नछुट्ने चिज हो । भान्सामा हामी विभिन्न परिकारमा मेथीको प्रयोग गर्ने गर्छौं ।

विचित्र विश्व

सुन्दर युवतीका क्रुर श्रीमान !

सुन्दर युवतीका क्रुर श्रीमान !

काठमाडौँ । सुन्दरता बढाउनका लागि मानिस हरसम्भव प्रयास गर्छ । विशेषत महिलाहरु आफ्नो सुन्दरतालाई लिएर धेरै नै चिन्तित हुन्छन् । हर लोग्ने मानिसहरुको इच्छा पनि आफ्नी श्रीमति सुन्दर होस् भन्ने चाहाना हुन्छ ।