सबै नागरिकलाई निःशुल्क खानेपानीः मन्त्री मगर

  • मंगलबार, १९ भदौ, २०७५
  • 9 months ago
  • नेपाल
Education Park

सुर्खेत । खानेपानी मन्त्री बीना मगरले सबै नागरिकलाई निःशुल्क खानेपानीको व्यवस्था गरिने बताएकी छिन् । पश्चिम सुर्खेतको बराहताल गाउँपालिका–५ मा रहेको बड्डीचौर खानेपानी तथा सरसफाइ उपभोक्ता समितिद्वारा सञ्चालित खानेपानी गुणस्तर सुधार आयोजनाको उद्घाटन कार्यक्रममा मन्त्री मगरले नागरिकलाई निःशुल्क खानेपानीको व्यवस्था गरिने बताइन् । 

 

स्वच्छ र सफा पानी पिउन पाउने नागरिकको अधिकारलाई सुनिश्चित गर्दै प्रदेश र स्थानीय सरकारसँग हातेमालो गरी यस क्षेत्रका खानेपानी समस्या समाधान गरिने मन्त्री मगरले बताइन् ।  उनले सबै नागरिकलाई स्वच्छ खानेपानी पु¥याउन सरकारले प्राथमिकता दिएर बजेट छुट्याएको बताइन् । मन्त्री मगरले सरकारले निःशुल्क खानेपानीमा सबै नागरिकको पहुँच पु¥याउने योजना बनाएको जानकारी दिइन् ।

 

पश्चिम सुर्खेतको बराहताल गाउँपालिकामा रहेको बड्डिचौर खानेपानी आयोजना ११ वर्षपछि सञ्चालनमा आएको छ । सरकारको ८० प्रतिशत लगानीमा २०६४ सालबाट निर्माण कार्य शुरु भएको खानेपानी आयोजना ११ वर्षपछि सञ्चालनमा आएको हो । 

 

उक्त आयोजनाबाट बराहताल गाउँपालिकाका–५ र ८ का करीब दुई हजार घरधुरी लाभान्वित भएका छन् । तीन करोड ३४ लाख ८९ हजार लागतमा खानेपानी आयोजना निर्माण भएको खानेपानीका अध्यक्ष अर्जुनकुमार वुचामगरले जानकारी दिए ।


थप समाचार

सडकमा लेदो जमेपछि पृथ्वी राजमार्ग आज रातिदेखि अवरुद्ध

  • 3 minutes ago
सडकमा लेदो जमेपछि पृथ्वी राजमार्ग आज रातिदेखि अवरुद्ध

धादिङ । माथिबाट आएको लेदो सडकमा जमेपछि पृथ्वी राजमार्ग आज रातिदेखि अवरुद्ध भएको छ । धादिङको गल्छी गाउँपालिका–६ बैरेनीबजारबाट महेशदोभान बजारसम्म एक किलोमिटर सडकमा बालुवा र माटोको लेदो जमेको हो । लेदोमा

एकापसमा मोटरसाइकल ठोक्किदा दुईको मृत्यु

  • 9 minutes ago
एकापसमा मोटरसाइकल ठोक्किदा दुईको मृत्यु

चितवन । बुधबार साँझ चितवनको भरतपुर महानगरपालिका–१८ भेटघाटचोकमा एकापसमा मोटरसाइकल ठक्कर खाँदा दुईको मृत्यु भएको छ ।

एसईई परीक्षाको नतिजा सार्वजनिक हुँदै– बोर्ड बैठक बोलाइयो

  • 16 minutes ago
एसईई परीक्षाको नतिजा सार्वजनिक हुँदै– बोर्ड बैठक बोलाइयो

काठमाडौं । आज विहीबार एसईई परीक्षाको नतिजा सार्वजनिक गरिदैछ । एसईई परीक्षाको नतिजा सार्वजनिकको निर्णय गर्न दिउँसो बोर्ड बैठक बोलाइएको छ ।



प्रेम र यौन

यी हुन् विश्वका ५ चर्चित यौन बजार

यी हुन् विश्वका ५ चर्चित यौन बजार

पछिल्लो समय यौनलाई मानिसहरुले आधारभूत आवश्यकताको रुपमा लिँदै आएका छन् । सोही कारणले गर्दा कतिपय देशका सरकारहरुले नै अनुमति दिएर यौन बजार खुल्दै आएको छ । जसलाई हामी ‘रेड लाइट’ एरिया भन्छौं । यहाँ हामीले विश्वका चर्चित ५ यौन बजारको बारेमा जानकारी प्रस्तुत गरेका छौं ।

जीवनशैली/स्वास्थ्य

यस्तो रहेको छ विहीबारको तपाईको भाग्य– असार १२ गते

यस्तो रहेको छ विहीबारको तपाईको भाग्य– असार १२ गते

आज वि.सं.२०७६ साल असार १२ गते । विहीबार । ईश्वी सन् २०१९ जुन २७ तारिख । नेपाल संवत् ११३९ । परिधावी संवत्सर । उत्तरायण । ग्रीष्म ऋतु । श्रीशाके १९४१ । आषाढ कृष्णपक्ष । तिथि दशमी, ५५ घडी ५७ पला, रातको ०३ बजेर ३४ मिनेट उप्रान्त एकादशी । काठमाडौंमा सूर्योदय ०५ बजेर १२ मिनेट, सूर्यास्त बेलुकी ०७ बजेर ०१ मिनेट ।

विचित्र विश्व

शुद्ध ब्राहम्णबारे रोचक कुरा

शुद्ध ब्राहम्णबारे रोचक कुरा

शुद्ध ब्राह्म्ण समाज प्याज, लसुन र च्याउलाई परै बस्छन् । ब्राहम्णहरुलाई समाजमा हेर्ने दृश्य र व्यवहार अरु जातिको भन्दा भिन्न रहेको छ । उनीहरुको जीवनलाई निकै भिन्नताका साथ हेर्ने गरिन्छ । उनीहरु लुसन, प्याज, र च्याउका प्रयोग गर्न रुचाउँदैनन् ।