IIMS College

ISMT

HUB Education

बेलायत भ्रमणमा आउंदै अर्थमन्त्री खतिवडा

  • शनिबार, २६ माघ, २०७५
  • 9 months ago
  • युके
Education Park

 

Kathmandu Trade Show

 

Royal Education Foundation

 

 

लन्डन । नेपाल सरकारले काठमाडौंमा आयोजना गर्न लागेको लगानी सम्मेलनको ठीक एक महिनाअघि सरकारका अर्थमन्त्री युवराज खतिवडा बेलायत आउने भएका छन् । 

 

मार्च २९ र ० तारिखमा तय सम्मेलनमा सहभागिताको लागि बेलायतस्थित व्यवसायीहरुलाई उत्प्रेरित गर्नु उनको भ्रमणको मुख्य लक्ष्य रहने बुझिएको छ । 

 

मन्त्री खतिवडाले फेब्रुअरी २२ मा लण्डनस्थित नेपाली दूतावासमा आयोजना हुने पाचौं नेपाल विकास सम्मेलनमा प्रमुख वक्ताको रुपमा भाग लिनेछन् । 

 

उक्त कार्यक्रम मुख्यतः नेपालमा लगानीका अवसरमा केन्द्रित रहनेछ । सम्मेलनमा बेलायती तथा नेपाली व्यवसायीहरुको उल्लेख्य सहभागिता हुने दूतावासले जनाएको छ ।

 

दूतावासले नेपालको आर्थिक विकास, समृद्धि तथा व्यापार, लगानीका विभिन्न विषयमा यसअघि नेपाल विकास सम्मेलनका ४ वटा श्रृंखला सम्पन्न गरिसकेको छ । 

 

फेब्रुअरी २० मा लण्डन आइपुग्ने मन्त्री खतिवडा २ दिन बेलायतमा रहनेछन् । त्यसक्रममा उनले डिफिडका उच्च अधिकारीहरुको साथै बेलायत सरकारका प्रतिनिधिहरुसंग समेत भेटवार्ता गर्ने कार्यक्रम छ ।

 

फेब्रुअरी २१ का सांझ एनआरएन यूकेले समेत मन्त्री खतिवडासंग एक अन्तरक्रिया कार्यक्रम आयोजना गर्ने भएको छ । 

 


थप समाचार

झिगु खोला आसपासको धान खेती

  • 4 minutes ago
झिगु खोला आसपासको धान खेती

बनेपा । काभ्रेपलाञ्चोकको तेमाल गाउँपालिका र पाँचखाल नगरपालिकाको सिमानामा पर्ने झिगु खोला आसपासमा पाक्दै गरेको धान खेती ।

क्याटलोनियाली सरकार प्रमुखमाथिको कानून ‘अवज्ञा’ आरोपमा सुनुवाई सुरू

  • 5 minutes ago
क्याटलोनियाली सरकार प्रमुखमाथिको कानून ‘अवज्ञा’ आरोपमा सुनुवाई सुरू

बार्सिलोना, स्पेन । स्पेनको क्याटलोनिया क्षेत्रका सरकार प्रमुख क्विम टोराले राष्ट्रिय कानूनको ‘अवज्ञा’ गरेको आरोपमा परेको मुद्दामा सोमबारदेखि सुनुवाई सुरू भएको छ । क्याटलोनिया क्षेत्रमा राजनीति

इमिरेट्सले ५० वटा वाइडबडी किन्ने

  • 8 minutes ago
इमिरेट्सले ५० वटा वाइडबडी किन्ने

दुबई । ख्यातिप्राप्त विमान कम्पनी, इमिरेट्स एअरलाइनले एअरबस ३५०–९०० (वाइडबडी) ५० वटा विमान खरिद गर्न यूरोपेली बहुराष्ट्रिय विमान कम्पनी एअरबससँग १६ अर्ब अमेरिकी डलर बराबरको सम्झौता गरेको छ ।



प्रेम र यौन

यौन सम्पर्कबाट नै निको हुन्छन् यस्ता रोगहरु

यौन सम्पर्कबाट नै निको हुन्छन् यस्ता रोगहरु

एजेन्सी । मानिसमा शारीरिक सम्बन्धको बारेमा विभिन्न धारण रहेको हुन्छ । कसैले यसलाई राम्रो रुपमा लिन्छन् भने कसैले यसलाई निजि र गोप्य रुपमा राख्न चाहान्छन् ।

जीवनशैली/स्वास्थ्य

सुन्तलाका फाइदाहरू

सुन्तलाका फाइदाहरू

काठमाडौं । जाडो मौसममा घाममा बसेर सुन्तला खानुको मज्जा नै बेग्लै हुन्छ । हिजोआज सुन्तलाको सिजन पनि हो । सुन्तला स्वादका लागि मात्र नभएर स्वास्थ्यका हिसाबले समेत राम्रो मानिन्छ ।

विचित्र विश्व

यी व्यक्तिले किन बनाए चाउचाउको घर ?

यी व्यक्तिले किन बनाए चाउचाउको घर ?

एजेन्सी । हामी सबै चाउचाउ को प्रयोग खानको लागि गरिन्छ । तर चीनमा एक मानिसले यसको प्रयोग अन्य कार्यका लागि गरेका छन् । छिट्टै बाबु बन्न लागेका उनले चाउचाउको प्रयोग गर्दै एक सानो घर बनाएका छन् ।