शिक्षा व्यवहारमा लागू हुनुपर्छः कानूनमन्त्री भण्डारी

सुर्खेत ।  कर्णाली प्रदेश सरकारका आन्तरिक मामिला तथा कानूनमन्त्री नरेश भण्डारीले हरेक नागरिकले प्राप्त गरेको शिक्षा व्यवहारमा अनुवाद हुनुपर्ने बताएका छन् । 

 

शिक्षामा रुपान्तरण संस्था काठमाडौँको सहयोग तथा नेपाल राष्ट्रिय मावि सुर्खेतद्वारा वीरेन्द्रनगरमा बिहीबार आयोजित ‘क्रियाकलापमा आधारित शिक्षण सिकाइ’ कार्यशाला गोष्ठीलाई सम्बोधन गर्दै कानूनमन्त्री भण्डारीले यो कुरामा जोड दिएका हुन् । 

 

उनले बदलिँदो समाजमा व्यावहारिक शिक्षा कार्यान्वयन गर्नु अपरिहार्य रहेको बताउनुभयो । “कर्णाली प्रदेश सरकारले सुसंस्कृत, समृद्ध र समुन्नत प्रदेश बनाउने उद्देश्यसाथ चालु आवमा २४ वटा डिजिटल विद्यालय निर्माण गर्ने अभियान थालेको छ,” उनले भने, “जसमा सिकाइ उपलब्धि हासिल गर्न प्रविधिको प्रयोगसाथै सफल अभ्यास गरिनेछन् ।” 

 

प्रविधिमैत्री विद्यालय सञ्चालन र खस्किँदो शिक्षा प्रणालीमा व्यापक सुधार ल्याउन प्रदेश सरकारले शिक्षा रुपान्तरणका अभियानकर्मीलाई सहयात्री बनाउने कानूनमन्त्री भण्डारीको भनाइ थियो । 

 

शिक्षा समन्वय एकाई सुर्खेतका प्रमुख जीतबहादुर शाहले परम्परागत घोकन्ते शिक्षण सिकाइ विस्थापित गर्ने जनाउँदै सामुदायिक विद्यालयका शिक्षकहरुले लापरवाही या जागीरमध्ये एउटा छोड्नै पर्छ ।”

 

 सहयोगी संस्थाका कार्यकारी निर्देशक अर्जुन भट्टले बालबालिकालाई बोलेर पढाउँदा सात र नबोलेर पढाउँदा ९३ प्रतिशत बुझ्नसक्ने जिकिर गरे । “शिक्षण कला हो । लक्ष्यविन्दुमा केन्द्रित हुनुहोस्,” निर्देशक भट्टले भने, “कर्म गर्नुस्, छोड्नुभयो भने अस्तित्व समाप्त हुन्छ ।” 

 

 


थप समाचार

जेरार्ड पिकेले बार्सिलोनाको हार टारे

  • 18 minutes ago
जेरार्ड पिकेले बार्सिलोनाको हार टारे

काठमाडौं । क्याटालान डर्बीमा बार्सिलोनाले जिरोनासँग बराबरी खेलेको छ । आइतबार राति बार्सिलोनाको घरेलु मैदान क्याम्प नाउमा घरेलु प्रतिद्धन्द्धी जिरोनासँग बार्सिलोनाले २–२ गोलको बराबरी खेलेको हो ।

आर्सनलले एभर्टनलाई हरायो

  • 29 minutes ago
आर्सनलले एभर्टनलाई हरायो

काठमाडौं । आइतबार राति सम्पन्न प्रिमियर लिग अन्तर्गतको खेलमा आर्सनलले एभर्टनविरुद्ध २–० गोलको जित निकालेको छ । आर्सनलले घरेलु मैदान इमिरेट्समा सम्पन्न खेल प्रतिस्पर्धात्म भए पनि घरेलु टोलीले अंक जोडेक

फेसबुकमा समाचार सेयर गर्दा डिट्ठाको जागिर चट्

  • 38 minutes ago
फेसबुकमा समाचार सेयर गर्दा डिट्ठाको जागिर चट्

काठमाडौं । सामाजिक सञ्जाल फेसबुकमा कालो दिवस मनाएको समाचार सेयर गरेकै कारण जिल्ला अदालत धनुषाकी डिट्ठा गुञ्जा रायको जागिर गएको छ।



भिडियो

प्रेम र यौन

लिलाममा कुमारीत्वः विश्वका चर्चित मोडलको वास्तविकता !

लिलाममा कुमारीत्वः विश्वका चर्चित मोडलको वास्तविकता !

एजेन्सी । जुन कुनै महिलाको लागि निकै अमूल्य र महत्वपूर्ण चीज हो । कुनै पनि नारी आफ्नो कुमारीत्वको विषयमा कमजोर हुँदैनन् । जुन उनीहरुको व्यक्तित्वको साख पनि हो ।

जीवनशैली/स्वास्थ्य

ब्राह्मणहरु किन प्याज, लसुन र च्याउ खाँदैनन् ?

ब्राह्मणहरु किन प्याज, लसुन र च्याउ खाँदैनन् ?

हाम्रो समाजमा अझै पनि शुद्ध ब्राह्मण प्याज, लसुन र च्याउ खाँदैनन् । यी कुनै कुराहरु मिसाइएको हुन्छ भनेर कतिपय ब्राह्म्णहरु घरबाहिर पनि खाना खाँदैनन् । तर, धेरैलाई थाहा नहुन सक्छ किन उनीहरु लसुन, प्याज तथा च्याउ खाँदैनन् भनेर ।

विचित्र विश्व

एक खतरनाक ह्याकर जसले विश्व हल्लाए

एक खतरनाक ह्याकर जसले विश्व हल्लाए

तपाईले कसलाई सोध्नुहुन्छ त्यसमा भर पर्छ हाज्मा बेन्डेलाज कि त नायक हुन वा साइबर युगका खतरनाक अपराधी । कम्प्युटर कोडिङमा विशेष दख्खल राख्ने र पाँचभाषा बोल्न जानेका यी चर्चित ह्याकरलाई ‘ह्याप्पी ह्याकर’ नामले पनि चिनिन्छ ।