शिक्षमन्त्री पोखरेलको १७ जना सल्लाहकार

काठमाडौं । शिक्षा विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणी पोखरेलले सचिवलयमा कार्यरत आफ्ना सबैजसो कर्मचारीलाई विभिन्न निकायको जिम्मा दिनुभएको बुझिएको छ ।

 

मन्त्री पोखरेलले आफुलाई भेट्न आउने मन्त्रालयका सहसचिव लगायतका उच्च पदाधिकारीलाई सचिवालय सदस्यमार्फत काम गर्न आउनुपर्ने व्यवस्था गर्नुभएको छ । ‘आफु वेफुर्सद रहेकाले सचिवालयको सदस्यमार्फत काम गर्नु भन्दै पन्छिने गर्नुभएको छ ।’–एक उच्च स्रोतले भन्यो ।

 

यसअघि नेपाल समाचारपत्रले सोध्दा आफुसंग धरै निजी सचिव र सचिवालयमा काम गर्ने सदस्य नभएको दाबी गर्दै आउनुभएका मन्त्री पोखरेलको सचिवालयमा कार्यरत १७ जनाकै नाम प्राप्त भएको छ ।

 

यसअघि नेपाल समाचारपत्रमा समाचार छापिएपछि मन्त्रीको सचिवालयका केही सदस्यले टेलिफोन गरी सबै सदस्यको नाम सार्वजनिक गर्न चुनौति दिएका थिए ।

 

मन्त्री ज्युले यतिधेरै निजी सचिव र सचिवालयमा कर्मचारी राख्नुभएको छैन नेपाल समाचारपत्रमा प्रकाशित समाचार झुटो हो भन्दै केही सचिवालय सदस्यले मन्त्रीको बचाउ गरेका थिए । तर मन्त्री पोखरेलले केही निजी सचिव र केहीलाई सल्लाहकारको जिम्मेवारी दिएर जम्बो टोली बनाउनुभएको छ । उक्त टोलीका सदस्यले विभिन्न निकायको जिम्मेवारी लिदै आएका छन् ।

 

प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयले सार्वजनिक गरेको सुविधासम्बन्धी नियममा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्रीले उपस्वकीय सचिव एक जना, स्वकीय अधिकृत एक जना, नासु सरहको सहायक १ जना र २ जना सवारी चालक गरी ५ जना कर्मचारी राख्नुपर्ने व्यवस्था छ । प्रधानमन्त्री कार्यालयले २०६८ भदौ २९ गते नियम संसोधन गरी यो व्यवस्था लागू गरेको थियो ।

 

सल्लाहकार राख्ने समेत अधिकार नै नभएका मन्त्री पोखरेलले जीवन गौतमलाई घोषित रुपमै सल्लाहकार बनाउनुभएको छ । प्रम कार्यालयले शिक्षा मन्त्रीलाई सल्लाहकार राख्ने सुविधा नभएको जनाएको छ । गौतम सल्लाहकारको रुपमा राज्यमन्त्रीको कार्यकक्षमा बस्ने गर्नुभएको छ । मन्त्रालय शिक्षा विभाग लगायतका महत्वपुर्ण निकायको काम उहाबाटै हुने गरेको छ । आजको नेपाल समाचारपत्रबाट ।


थप समाचार

विश्वभरका महिला सांसदको लण्डन सम्मेलनमा उपसभामुख शिवमायाको सम्बोधन

  • 3 hours ago
विश्वभरका महिला सांसदको  लण्डन सम्मेलनमा उपसभामुख शिवमायाको सम्बोधन

लण्डन । उपसभामुख डा शिवमाया तुम्बाहाङ्फेले लण्डनमा सम्पन्न विश्वभरका महिला सांसदहरुको एक अन्तर्राष्ट्रिय सम्मेलनलाई सम्बोधन गरेकी छन् ।

बेलायतमा महागुरु फल्गुनन्दको जन्म जयन्ती कार्यक्रम

  • 5 hours ago
बेलायतमा महागुरु फल्गुनन्दको जन्म जयन्ती कार्यक्रम

आइतबार लण्डनको फेल्थाममा १६ औँ राष्ट्रिय विभुती ,समाज सुधारक महागुरु फल्गुनन्दको १३४ औँ जन्म जयन्ती मनाइएको छ ।

भियतनामद्वारा प्रशान्त व्यापार सम्झौतालाई अनुमोदन

  • 7 hours ago
भियतनामद्वारा प्रशान्त व्यापार सम्झौतालाई अनुमोदन

हनोई । भियतनामले यसै वर्षको अन्त्यदेखि लागू हुने बहुचर्चित प्रशान्त व्यापार सम्झौतालाई अनुमोदन गरेको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले यो सम्झौताबाट अलग हुने घोषणा गरे पनि सम्झौता अनुमोदन गर्ने



भिडियो

प्रेम र यौन

यौनवर्धक भियाग्राको प्रयोग कति उचित ?

यौनवर्धक भियाग्राको प्रयोग कति उचित ?

काठमाडौँ । उमेर पुगेका हरेक व्यक्तिलाई यौनको चाहाना हुनु स्वाभाविक नै मानिन्छ तर यदि कोहि महिला वा पुरुषलाई यौन चाहानामा गडबढी हुनु पनि सामान्य हुँदै गएको छ ।

जीवनशैली/स्वास्थ्य

बन्दीपुरमा कृत्रिम ताल बनाइने

बन्दीपुरमा कृत्रिम ताल बनाइने

दमौली । तनँहुको पर्यटकीय नगरी बन्दीपुरमा कृत्रिम ताल बनाइने भएको छ । पहाडकी रानी नामले परिचित बन्दीपुरको पर्यटन प्रवद्र्धन गर्न मानवनिर्मित ताल बनाउन लागिएको हो ।

विचित्र विश्व

यी हुन् सबैभन्दा कम उमेरमा पिएचडी गर्ने १० मानिसहरु

यी हुन् सबैभन्दा कम उमेरमा पिएचडी गर्ने १० मानिसहरु

धेरै विद्यार्थीहरुको मनमा ग्य्राजुएट गरेपछि पढु कि नपढु भन्ने दुविधा हुन्छ । यो विषय पढौं कि त्यो विषय पढौं भन्ने प्रश्न पनि धेरै ग्य्राजुएटहरुको दिमागमा खेलिरहेको हुन्छ ।