IIMS College

ISMT

HUB Education

मिरा राणाको संगीत र सपनको आवाजमा रेकर्ड भयो नयाँ गीत

  • बिहीबार, ९ माघ, २०७६
  • 1 month ago
  • युके
Education Park

 

Kathmandu Trade Show

 

Royal Education Foundation

 

 

लण्डन ।  वरिष्ठ गायिका मिरा राणा र गायक सपनकुमार राईको सहकार्यमा लण्डनमा एक नयाँ गीत रेकर्ड भएको छ । 

 

गायिका राणाको संगीतमा प्रमोद स्नेहीको रचना रहेको 'संगै जिउने संगै मर्ने..'  बोलको आधुनिक गीत गायक राईको आवाजमा रेकर्ड गरिएको छ । 

 

गीत रेकर्डिंगका क्रममा शब्दहरुको सहि उच्चारण लगायतका प्राविधिक पक्षमा वरिष्ठ गीतकार / फिल्मकर्मी डा भोला रिजालले समेत सहयोग गरेका गायक राईले सुनाए । 

 

रेकर्डिंगपछि अहिले सम्पादनको क्रममा रहेको गीतलाई दुई साताभित्रै सार्वजनिक गरिनेछ । गीतको म्युजिक भिडियो भने तत्कालको लागि योजनामा छैन । 

 

गायक राईले यो गीतलाई 'सेन्टिमेन्टल प्रेम गीत' भनेका छन् । मिरा राणा जस्तो अग्लो उचाईको कलाकारसंगको यो सहकार्यबाट उनी निकै उत्साहित छन् । 

 

'केहि समय पहिला मैले लण्डनकै कुनै स्टेजमा गाउँदै गर्दा मिरा राणा दिदीले नोटिस गर्नुभएको रहेछ', गायक राईले भने, 'अहिले उहाँले आफ्नै संगीत गर्नुभएको गीत मलाई गाउने मौका दिनुहुँदा मैले पुरस्कृत भएजस्तै महसुस गरेको छु ।' 

 

लण्डन साउथहलस्थित 'कुलजीत भमरा' स्टुडियोमा गीत रेकर्ड गराइएको हो । जुन स्टुडियो जगजीत सिंह, पंकज उदास, कुमार सानु, सोनु निगमसहितका बलिउडका प्रख्यात गायकहरुले गीत रेकर्ड गर्ने ठाउँ हो । 

 

बेलायतमा एक सफल इभेन्ट अर्गानाइजर कम्पनीका रुपमा स्थापित सपन इन्टरटेनमेन्टका निर्देशक हुन् सपनकुमार राई । विभिन्न अवसर र कार्यक्रमहरुमा स्टेजहरुमा समेत नेपाली, हिन्दी गीत प्रस्तुत गर्दै आएका उनी यहाँका नेपालीमाझ एक कुशल गायकका रुपमा पनि परिचित छन् । 

 

अहिलेसम्म डेढ दर्जन बढि गीत रेकर्ड गराइसकेका गायक राईले 'प्रतीक', 'सलुट'  र ;मिलेनियम सौगात' लगायतका सांगीतिक एल्बम पनि सार्वजनिक गरिसकेका छन् । 

 

 


थप समाचार

फेवातालमा डुंगा पल्टिँदा बेपत्ता भएका २७ वर्षीय लुइँटेल मृत फेला

  • 3 hours ago
फेवातालमा  डुंगा पल्टिँदा बेपत्ता भएका २७ वर्षीय लुइँटेल मृत फेला

पोखरा । सोमबार फेवातालमा डुंगा पल्टिँदा बेपत्ता भएका एकजनाको शव फेला परेको छ । उनी काठमाडौँ १० कपन निबासी २७ वर्षीय राम शरण लुइँटेल मृत फेला परेका हुन् ।

सलमान खानको अत्यन्त निकट छिन् कटरिना !

  • 3 hours ago
सलमान खानको अत्यन्त निकट छिन् कटरिना !

एजेन्सी । बलिउडमा पछिल्लो समय सलमान खान र कटरिनाको अफयेरबारे पुनः हल्ला चल्न थालेको छ । एकपछि अर्को फिल्ममा कटरिना कैफ र सलमान खान देखिन थालेपछि बलिउडमा उनीहरुको अफयेर फेरि सुरु भएको हल्ला चल्न थालेक

सोल्टीमा कमेडी च्याम्पियनको ग्राण्ड फिनाले

  • 4 hours ago
सोल्टीमा कमेडी च्याम्पियनको ग्राण्ड फिनाले

काठमाडौँ । कमेडी रियालिटी सो कमेडी च्याम्पियनको फाइनल चैत १ गते हुने भएको छ । कान्तिपुर टेलिभिजनबाट साताको दुई दिन प्रशारण भइरहेको कमेडी च्याम्पियनको उत्कृष्ट तीनमा पर्ने प्रतिस्पर्धीहरु छानिएपछि ग्रा



प्रेम र यौन

महिलाहरु किन अपरिचित पुरुषसंग उत्तेजित हुन्छन् , थाहा पाउनुहोस

महिलाहरु किन अपरिचित पुरुषसंग उत्तेजित हुन्छन् , थाहा पाउनुहोस

ऐजेन्सी ।शारिरक सम्बन्धलाई राम्रो विचारले सोचे राम्रै हुन्छ । नराम्रो विचारले सोचे नराम्रो हुन्छ जब शारिरक सम्बन्धलाई नराम्रो बिचारले हेर्ने गरिन्छ । तब शारिरक सम्बन्ध जतिको घृणित कुरा केहि नहुने अध्ययनहरुले देखाउँदै आएका छन् । यस बिषयमा भन्नु पर्दा नारीहरु लजालु र जाली पनि हुने गर्दछन् भन्ने निष्कर्ष अध्यनहरुले बताएका छन् ।

जीवनशैली/स्वास्थ्य

हाम्रो शरीरलाई दैनिक कति मात्रामा क्याल्सियम आवश्यक पर्छ ?

हाम्रो शरीरलाई दैनिक कति मात्रामा क्याल्सियम आवश्यक पर्छ ?

काठमाडौं । विशेषगरि क्याल्सियम हाम्रो शरीरका हड्डीमा पाइन्छ । यसको मुख्य कामहड्डीलाई मजबूत पार्नु हो । क्याल्सियमको कारणले गर्दा नै मुटु, मांसपेशी, रगत तथा स्नायुकोषहरुले पनि शरीरमा स्वस्थ रुपमा काम गरिरहेका हुन्छन् ।

विचित्र विश्व

जन्मिए लगत्तै रिसाएकी यी बच्ची

जन्मिए लगत्तै रिसाएकी यी बच्ची

एजेन्सी । सामाजिक सञ्जालमा एउटा भर्खर जन्मिएको बच्चीको तस्बिर भाइरल भइराखेको छ । कारण उनले जन्मिए लगत्तै देखाएको रिस । उनको यही रिस देखाएको तस्बिर विश्वभर भाइरल भएको छ ।