सरकारी कार्यालयमा नै डरलाग्दो आक्रमण हुन थालेपछि...

काबुल, अफगानिस्तान । अफगानिस्तानको राजधानी काबुल शहरमा रहेका सरकारी कार्यालयमाथि लक्षित गरी रकेट आक्रमण भएका छन् । 

 

अफगानी गृह मन्त्रालयका प्रवक्ता नाजिब दनेशका अनुसार मङ्गलबार लडाकूको एक समूहले काबुलमा रहेको एउटा भवनमा प्रवेश गरी सरकारी भवनमा आक्रमण शुरु गरेपछि सुरक्षाकर्मीले गरेको प्रत्याक्रमणमा दुई जना विद्रोहीको मृत्यु भएको छ । 

 

आक्रमणकारीले एक भवनलाई कब्जामा लिई सरकारी भवनमा रकेटमार्फत आक्रमण शुरु गरेका तर पछि सुरक्षाकर्मीले उनीहरूविरुद्ध प्रत्याक्रमण गर्दा सबैजनाको मृत्यु भएको उहाँले सञ्चारकर्मीसँग बताए । 

 

उक्त घटनामा दुई प्रहरी घाइते भएका छन् भने उनीहरूलाई उपचारका लागि स्थानीय अस्पतालमा पठाइएको छ । 

 

स्थानीय टोलो न्यूजले प्रत्यक्षदर्शीलाई उद्धृत गरी विद्रोही लडाकूले २२ वटा रकेटले आक्रमण गरेको आफूले थाहा पाएको बताएका जनाएको छ । घटनामा दुई जनाको मृत्यु भएको र चार जना घाइते भएको प्रत्यक्षदर्शीले बताएका जनाइएको छ । 

 

यस पहिले काबुलका प्रहरी प्रवक्ता हस्मत स्तानिकजाईले लडाकूले पोलिस डिस्ट्रिक १० तथा पोलिस डिस्ट्रिक २ मा तीन रकेट हानेको पुष्टी गर्दै आक्रमणबाट कोही पनि प्रभावित नभएको जनाउनुभएको थियो । 

 

अफगानिस्तानका राष्ट्रपतिले मुसलमानहरूको ठूलो पर्व इदुल आदाको पावन अवसरमा स्थायी शान्तिका लागि सशर्त तीन महिना युद्धविरामको घोषणा गरेको २४ घण्टा वित्न नपाउँदै राजधानी काबुलमा आक्रमण भएको छ । तालिवान समूहले सरकारी आग्रहलाई नमान्ने र सङ्घर्ष जारी राख्ने जनाएको थियो । 

 

यद्यपि मङ्लबारको आक्रमणको समाचार तयार पार्दासम्म कसैले जिम्मेवारी लिएको छैन । 


थप समाचार

मलेशियामा विषाक्त मदिरा सेवनबाट ६ नेपालीको मृत्यु, १७ जना गम्भीर बिरामी

  • 19 minutes ago
मलेशियामा विषाक्त मदिरा सेवनबाट ६ नेपालीको मृत्यु, १७ जना गम्भीर बिरामी

काठमाडौं । मलेसियामा विषाक्त मदिरा सेवनबाट मृत्यु हुने नेपालीको सङ्ख्या आज बिहानसम्म छ पुगेको छ । विषाक्त मदिरा सेवनबाट १७ जना नेपाली गम्भीर बिरामी परेका छन् । उनीहरु मलेसियाको सेलेङगर शहरमा रोजगारीका

५० वर्षीय पासवानको प्रेम प्रस्ताव अस्वीकार गर्दा १८ वर्षीया किशोरीमाथि तेजाब आक्रमण

  • 33 minutes ago
५० वर्षीय पासवानको प्रेम प्रस्ताव अस्वीकार गर्दा १८ वर्षीया किशोरीमाथि तेजाब आक्रमण

काठमाडौं । सुतिरहेको अबस्थामा रौतहटका दुई किशोरीलाई तेजाब छ्यापेर घाइते बनाएको आरोपमा प्रहरीले एक व्यक्तिलाई पक्राउ गरेको छ।

१४ वर्षमा विधवा भएकी १०४ वर्षीया हजुरआमा किरिया गिरिदिने आफन्त खोज्दै

  • 37 minutes ago
१४ वर्षमा विधवा भएकी १०४ वर्षीया हजुरआमा किरिया गिरिदिने आफन्त खोज्दै

धनकुटा । २२ वर्षदेखि धनकुटाको मूलघाटस्थित विश्रान्ति वृद्धाश्रममा बस्दै आएकी उनी मृत्युपछि आफ्नो काजकिरिया कसले गरिदेला भन्ने चिन्तामा पिरोलिएकी छन् । यो उमेरमा उनी आफन्तको खोजीमा लागेकी हुन् ।



भिडियो

प्रेम र यौन

लिलाममा कुमारीत्वः विश्वका चर्चित मोडलको वास्तविकता !

लिलाममा कुमारीत्वः विश्वका चर्चित मोडलको वास्तविकता !

एजेन्सी । जुन कुनै महिलाको लागि निकै अमूल्य र महत्वपूर्ण चीज हो । कुनै पनि नारी आफ्नो कुमारीत्वको विषयमा कमजोर हुँदैनन् । जुन उनीहरुको व्यक्तित्वको साख पनि हो ।

जीवनशैली/स्वास्थ्य

तपाई हामीले खाना खाने भाँडाले के असर गर्छ ? जानिराखे राम्रो

तपाई हामीले खाना खाने भाँडाले के असर गर्छ ? जानिराखे राम्रो

हामीले खाना खाँदा जुन भाडावर्तनको प्रयोग गर्छौं त्यसको असर सिधा हाम्रो स्वास्थ्य र स्वभावमा देखा परिरहेको हुन्छ । यो आयुर्वेद विज्ञानले प्रमाणित गरेको कुरा हो ।