उच्च शिक्षाकाे लागि अष्ट्रेलिया पुगेका निश्चल समुद्री किनारबाट बेपत्ता

Education Park

अष्ट्रेलिया । दक्षिण अष्ट्रेलियाको एडिलेडस्थित समुद्री किनारबाट एक नेपाली विद्यार्थी बेपत्ता भएका छन् ।

 

तीन वर्षअघि अष्ट्रेलिया पुगेका निश्चल घिमिरे स्थानीय समयअनुसार बिहीबार ४ बजेदेखि बेपत्ता भएका हुन् ।

 

आफुले रेखदेख गर्ने बच्चासहित समुद्री किनारमा देखिएका घिमिरेको कारसमेत बाटोमा पार्किङ गरिरहेको अवस्थामा फेला परेको छ । घिमिरे बेपत्ता भए पनि उनले रेखदेख गर्ने बच्चा भने सुरक्षित भेटिएको जनाइएको छ ।

 

घिमिरे समुद्रमा हराएको आशंकामा प्रहरीले सो क्षेत्रमा हवाई खोजी पनि गरिरहेको भएपनि हालसम्म फेला पार्न सकिएको छैन । क्यानबेरास्थित नेपाली दूतावासले समेत उनी हराएको बारेमा जानकारी पाएको र स्थानीय प्रहरीसँग समन्वय गरिरहेको बताएको छ ।

 

अष्ट्रेलियास्थित नेपाली राजदूतावासका कार्यवाहक राजदुत द्रुपदा सापकोटाले आफूहरु प्रहरी तथा स्थानीय अवैतनिक वाणिज्यदूतसँग नियमित सम्पर्कमा रहेको र उनको खोजीमा सहयोग पुर्‍याइरहेको जानकारी दिएकी छन् ।

 

उनको खोजीमा सहयोग गर्न प्रहरीले सर्वसाधारणलाई आग्रह समेत गरेको छ ।


थप समाचार

आन्द्रे रसेलले विश्वकपका बाँकी खेल गुमाउने

  • 4 minutes ago
आन्द्रे रसेलले विश्वकपका बाँकी खेल गुमाउने

काठमाडौँ । वेष्ट इन्डिजका अलराउण्डर आन्द्रे रसेलले विश्वकपका बाँकी खेलहरु गुमाउने भएका छन् । घुँडामा लागको चोटको कारण उनले बाँकी खेलहरु गुमाउने भएका हुन् ।

समृद्धिका लागि व्यावसायिक शिक्षा आवश्यक : शिक्षामन्त्री पाेखरेल

  • 5 minutes ago
समृद्धिका लागि व्यावसायिक शिक्षा आवश्यक : शिक्षामन्त्री पाेखरेल

बर्दिबास । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले समृद्धिका लागि व्यावसायिक शिक्षाको प्रवर्द्धन आवश्यक भएको बताएका छन् । आज बिहान महोत्तरी जिल्लाको भङ्गाहा नगरपालिका–५ सीतापुरस

अष्ट्रेलिया विशेषः शैक्षिक संस्था परिवर्तन गर्ने बारे सोच्दैं हुनुहुन्छ ?

  • 9 minutes ago
अष्ट्रेलिया विशेषः शैक्षिक संस्था परिवर्तन गर्ने बारे सोच्दैं हुनुहुन्छ ?

आर्थिक कारण, पढाइमा समस्या, विषय वा शैक्षिक संस्था मन नपरेको आदि अनेक कारण देखाउँदै अहिले पनि कैयौँ विद्यार्थीले शैक्षिक संस्था परिवर्तन गरिरहेका छन् ।



प्रेम र यौन

यी हुन् विश्वका ५ चर्चित यौन बजार

यी हुन् विश्वका ५ चर्चित यौन बजार

पछिल्लो समय यौनलाई मानिसहरुले आधारभूत आवश्यकताको रुपमा लिँदै आएका छन् । सोही कारणले गर्दा कतिपय देशका सरकारहरुले नै अनुमति दिएर यौन बजार खुल्दै आएको छ । जसलाई हामी ‘रेड लाइट’ एरिया भन्छौं । यहाँ हामीले विश्वका चर्चित ५ यौन बजारको बारेमा जानकारी प्रस्तुत गरेका छौं ।

जीवनशैली/स्वास्थ्य

किन हुन्छ हर्मोनमा गडबडी ? यस्ता छन् लक्षण र रोकथाममा उपायहरु

किन हुन्छ हर्मोनमा गडबडी ? यस्ता छन् लक्षण र रोकथाममा उपायहरु

काठमाडौं । हर्मोन कुनै कोष वा ग्रन्थीबाट उत्पादन हुने रसायन हो । हाम्रो शरीरमा कुल दुई सय तीन किसिमका हर्मोन हुन्छन्, जसले फरक–फरक क्रियालाई नियन्त्रण गर्छन् ।

विचित्र विश्व

एउटा यस्तो ठाउँ जहाँ बहुविवाहका लागि यसरी बाध्य पारिन्छ !

एउटा यस्तो ठाउँ जहाँ बहुविवाहका लागि यसरी बाध्य पारिन्छ !

विश्वभर केही यस्ता देशहरु रहेका छन् जहाँ अजब गजब नियम कानुनहरु रहेका छन् । नेपालमा एकभन्दा बढी विवाहलाइै गैरकानुनी मानिन्छ । नेपालमा कानुनको पालना गर्दै मानिसहरु एउटा विवाह गर्नेछन् ।