टेलिकमद्वारा मोबाइल एपमा परिमार्जन

काठमाडाैं । टेलिकमले आफ्नो मोबाइल एप ‘नेपाल टेलिकम’ लाई परिमार्जन गरी नयाँ रुपमा प्रस्तुत गरेको छ। नयाँ एपमार्फत जीएसएम, सीडीएमए, पीएसटीएन र एडीएसएल लगायतका सेवाहरुको बारेमा जानकारी प्राप्त गर्न सकिने कम्पनीले जनाएको छ।

 

यो एपमा लग इन गर्नासाथ मोबाइलमा भएको ब्यालेन्स रकम तथा टेलिकमको प्याकेज खरिद गरेको भए सोबारे जानकारी प्राप्त गर्न सकिन्छ। त्यसैगरी FNF Service बाट टेलिकमका आफूले चाहेका ५ वटा नम्बरमा सस्तो दरमा कल गर्नका लागि सेवा सुचारु गर्न सकिन्छ।

 

विभिन्न सेवाको लागि आवश्यक रकम रिचार्ज गर्न र जीएसएम प्रिपेडबाट ब्यालेन्स ट्रान्सफर गर्नसमेत यसबाट सहज हुने टेलिकमको भनाइ छ। पिन कोड राखेर वा रिचार्ज कार्ड स्क्यान (स्क्यान एन्ड्रोइडमा मात्र हुने) गरेर पनि यसबाट रिचार्ज गर्न सकिन्छ। यो एपमार्फत आफ्नो मोबाइलबाट नेपाल टेलिकमको कुनै अर्को मोबाइलमा विभिन्न प्याकेजहरु गिफ्ट दिन सकिन्छ।

 

रिचार्ज कार्डबाट कम्पनीका विभिन्न सेवाको बिल भुक्तानी यही एपमार्फत गर्न सकिन्छ। यस एपबाट १००, १०१, १०२ जस्ता इमर्जेन्सी नम्बरहरु डायल गरी आवश्यक सेवा लिनुका साथै १९७, १४९८ आदि नम्बरमा डायल गरी कम्पनीका विभिन्न सेवाका वारेमा सोधपुछ गर्न सकिन्छ।

 

उक्त एपमा कम्पनीले उपलब्ध गराउदै आएका सम्पूर्ण सेवाहरुको महसुल दर बारे जानकारी लिन पनि सकिन्छ। भविष्यमा अन्य सेवाहरु पनि थप गर्दै लैजाने योजना रहेको टेलिकमले जनाएको छ।


थप समाचार

विद्युत महसुल बढाएर जनताको ढाँड सेक्ने तयारी, किन हुन्छ पटक–पटक जाली खेल ?

  • 7 minutes ago
विद्युत महसुल बढाएर जनताको ढाँड सेक्ने तयारी, किन हुन्छ पटक–पटक जाली खेल ?

काठमाडौं । के नेपाल विद्युत् प्राधिकरणले विद्युत महसुल समायोजन गर्दैछ ? पछिल्लो दिनमा जताततै यो प्रश्न उठन थालेको छ । गत आर्थिक वर्षदेखि नाफामा जान थालेको प्राधिकरणले महसुल समायोजन गर्ने तयारी गरिरहेक

कोरियाली द्वीपमा शान्तिको आशा

  • 17 minutes ago
कोरियाली द्वीपमा शान्तिको आशा

महाशक्ति राष्ट्रहरु संयुक्तराज्य अमेरिका, चीन, बेलायत र तत्कालीन सोभियत संघ (रसिया) को सहमतिमा एउटै कोरिया बनाउने र स्वतन्त्र राष्ट्रको मान्यता दिने सम्झौता भए पनि अन्तिममा कोरिया विभाजन भएको इतिहासमा

पेटको बोसो घटाउँन ९ घरेलु उपाय

  • 40 minutes ago
पेटको बोसो घटाउँन ९ घरेलु उपाय

एजेन्सी । मोटोपनको समस्याले धेरै मानिसलाई सताएको छ । अझ पेट लाग्ने समस्याले धेरै मानिसलाई हैरान बनाएको छ ।



भिडियो

प्रेम र यौन

लिलाममा कुमारीत्वः विश्वका चर्चित मोडलको वास्तविकता !

लिलाममा कुमारीत्वः विश्वका चर्चित मोडलको वास्तविकता !

एजेन्सी । जुन कुनै महिलाको लागि निकै अमूल्य र महत्वपूर्ण चीज हो । कुनै पनि नारी आफ्नो कुमारीत्वको विषयमा कमजोर हुँदैनन् । जुन उनीहरुको व्यक्तित्वको साख पनि हो ।

विचित्र विश्व

१३ बर्षमै फेसबुकमा लभ परेपछि यो तनाव !

१३ बर्षमै फेसबुकमा लभ परेपछि यो तनाव !

काठमाडौं । काठमाडौंको एक निजी विद्यालयमा कक्षा ८ मा अध्ययनरत एक छात्रा सहपाठीसँग प्रेम सम्बन्धमा परिन्। उनीहरू मोबाइलबाट लुकिछिपी फेसबुकमार्फत अन्तरंग कुराकानी गर्न थाले। फेसबुक च्याटबाटै उनीहरूको सम्बन्ध गहिरिँदै गयो । छात्रले प्रेमिकालाई अन्तरंग दृश्य पठाउन बारम्बार अनुरोध गर्न थाले ।