मोबाइल ह्याक भएको कसरी थाहा पाउने ?

एजेन्सी । तपाईको यति महत्वपूर्ण फोन कसैले ह्याक गर्यो भने ? तपाई झट्टै यसको समाधानका लागि लागिपर्नुहुन्छ । तर यदि तपाईको फोन ह्याक पनि भयो र तपाईलाई थाहा पनि भएन भने ?

 

यहाँ तपाईको फोन ह्याक भएनभएको थाहा पाउने यस्ता ७ तरिकाहरु रहेका छन्, जसमाः

 

फोन स्पीडः यदि तपाईको फोन सामान्य भन्दा सामान्य रुपमा कम स्पीडमा चलिरहेको छ भने त्यो कुनै भाइरस वा मलीसियम खालको प्रोगामका कारणले हुने गर्दछ । मलीसियम यस्तो प्रोगाम हो, जसले फोनको पर्फमेन्स र प्रयोगकर्ताहरुलाई प्रत्यक्ष रुपमा नोक्सान पुर्याउने गर्दछ । जसले तपाईको फोन ह्याक हुने खतरा बढी हुन्छ ।

 

फोन धेरै तात्नुः यदि तपाईको फोन धेरै नै तातिरहेको छ भने फोनमा कुनै मलीसियम एप्लिकेशन ब्याकग्राउण्ड चलिरहेको हुनसक्ने अमेरिकी इंल टेक्नोलोजीका विशेषज्ञले बताएका छन् ।

 

ब्याट्री लाईफः फोन लगातार तात्नुको प्रत्यक्ष असर त्यसको ब्याट्ीमा पर्ने गर्दछ । जसका कारणले ब्याट्री लामो समयसम्म काम गर्दैन ।

 

अज्ञात म्यासेजः कुनै समयमा तपाईको फोन ह्याक भएको खबर पहिले नै थाहा हुन्छ । कयौँ पटक तपाईको फोनमा म्यासेज आफेसआफ आउने गर्दछ वा तपाईको फोनबाट पनि आफै जाने गर्दछ । यस्तोमा तपाईको फोन ह्याक भएको भन्ने थाहा हुन्छ ।

 

फोनमा कुनै विन्डो खुल्नुः कयौँ पटक यस्ता भाइरस पनि हुने गर्दछन् । कहिलेकाहीँ यो विज्ञापनको रुपमा वा कहिलेकाहीँ तपाईलाई नयाँ विन्डो वा ट्याबमा लैजाने गर्दछ । कम्प्युटरको भाषामा यसलाई ‘पोप अप्स’ भनिन्छ ।

 

नयाँ एपः तपाई आफ्नो फोनमा कहाँबाट कस्तो एप डाउनलोड गर्नुहुन्छ भन्ने कुरामा पनि निर्भर गर्ने गर्दछ । विशेषज्ञका अनुसार फोनलाई समय समयमा अपडेट राख्न जरुरी छ तर एप्स बनाउने कम्पनी र सेवा प्रदायक पनि विश्वासिलो हुन उत्तिकै जरुरी छ ।

 

ब्याकग्राउण्डको आवाजः इन्टरनेटमा काम गरिरहेको बेलामा कयौँ पटक अनौठो खालको आवाज पनि आउने गर्दछ वा वेब पेजमा असामान्य र नराम्रा कुराहरु पनि देखिने गर्दछन् । यस्तो यसकारण पनि हुने गर्द कि, टाढा रहेर पनि ह्याकरले तपाईको डिभाइस कन्टेल गरिरहेको हुन्छ । जसले गर्दा तपाईको फोनले जे पायो त्यहीँ काम गरिरहेको हुन्छ ।

 

यि समस्या समाधानका उपायः

फोनमा विश्वासिलो र राम्रो कम्पनीको एंटी भाइरस राख्ने,

आफूले इन्स्टल नगरेका एपहरु डिलिट गरिदिने,

फ्री वाईफाइका लागि हरेक ठाउँमा आफ्नो फोन कनेक्ट नगर्ने,

फोनमा यस्तो पासवर्ड राख्नुहोस्, जुन कसैले पनि कल्पना गर्न नसकोस्,

डिभाइसलाई अपडेट राख्नुहोस् तर बुझेर मात्र,

इन्टरनेट डाटा कति समयमा कति खर्च भइरहेको छ भन्ने जाँचिरहनुहोस् ।

 


थप समाचार

काठमाडौँ उपत्यकामा कोभिड–१९ को जोखिम हुन नदिन थप परीक्षणको दायरा बढाउन माग

  • 5 seconds ago
काठमाडौँ उपत्यकामा  कोभिड–१९ को जोखिम हुन नदिन थप परीक्षणको दायरा बढाउन माग

काठमाडौँ । सरुवा रोग विशेषज्ञहरुले काठमाडौँ उपत्यकामा कोभिड–१९ को जोखिम हुन नदिन थप परीक्षणको दायरा बढाउन माग गरेका छन् । जनघनत्व र चहल पहलले सङ्क्रमणको सम्भावित जाखिम बढाउने हुँदा थप परीक्षण बढाउ

अमेरिकाका दर्जनौं शहरमा प्रदर्शनहरु हिंसात्मक भएसँगै निषेधाज्ञा घोषणा

  • 4 minutes ago
अमेरिकाका दर्जनौं शहरमा प्रदर्शनहरु हिंसात्मक भएसँगै निषेधाज्ञा घोषणा

एजेन्सी । संयुक्तराज्य अमेरिकाका प्रमुख शहरहरुमा प्रहरी दमनको बिरोधमा शनिबार विरोध प्रदर्शन तिब्र भएसँगै निषेधाज्ञा (कफ्र्यू) लगाइएको छ। प्रदर्शनकारीहरूले राष्ट्रपति डोनाल्ड ट्रम्पको चेतावनीलाई पनि बे

कर्णालीमा कोरोना भाइरस सङ्क्रमितको संख्या १२३ पुग्यो

  • 15 minutes ago
कर्णालीमा कोरोना भाइरस सङ्क्रमितको संख्या १२३ पुग्यो

कर्णाली । कर्णाली प्रदेशमा कोरोना भाइरस (कोभिड–१९) बाट सङ्क्रमित हुने व्यक्तिको सङ्ख्या १२३ पुगेको छ । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा शनिबार बेलुकासम्म स्वाब परीक्षण गरिएकामध्ये ३३ र आज



प्रेम र यौन

कोरोना भाइरसको संक्रमण फैलिरहेको बेला ‘पोर्न साइट’हरुको यस्तो धन्दा

कोरोना भाइरसको संक्रमण फैलिरहेको बेला ‘पोर्न साइट’हरुको यस्तो धन्दा

एजेन्सी । चीनको वुहानबाट फैलिएको कोरोना भाइरस हाल विश्वव्यापी बनिरहेको छ । कोरोनाको कारण मानिसको दैनिकीसँगै विश्व अर्थतन्त्र नै धराशायी बनिरहेको अवस्थामा ‘पोर्न साइट’हरुले भने अलग खालको धन्दा चलाउन थालेका छन् ।

जीवनशैली/स्वास्थ्य

यसकारण फेसियल गर्नुपर्छ

यसकारण फेसियल गर्नुपर्छ

काठमाडौं । फेसियल अनुहारको मसाज हो । मसाजले ब्लड सर्कलेसनलाई सन्तुलित बनाउँछ । छाला र रक्तकोषहरु पनि सक्रिय हुन्छन् ।