Techie IT
२०८१ वैशाख ७, शुक्रबार
NepaliPatra logo
गृहपृष्ठनेपालपूर्वसशस्त्र प्रहरी जवानको हत्या, नेपाल र भारतका गरी चारजना पक्राउ

पूर्वसशस्त्र प्रहरी जवानको हत्या, नेपाल र भारतका गरी चारजना पक्राउ


बारा । बारा जिल्लामा नेपाल–भारत सिमानास्थित दशगजा क्षेत्रबाट हत्या गरिएको अवस्थामा आज बिहानै एक पूर्वसशस्त्र प्रहरी जवानको शव भेटिएको प्रहरीले जनाएको छ ।

पचरौता नगरपालिका–१ पचरौता गाउँको दक्षिणतिर दशगजा क्षेत्रमा आइतबार मध्यराति साढे १२ बजेको समयमा धारिलो हतियार प्रहार गरी हत्या गरेर फालिएको अवस्थामा सोमबार बिहानै स्थानीयवासीले ३४ वर्षीय अमरेशकुमार सिंहको शव देखेर प्रहरीलाई खबर गरेको थियो ।

घटनाको जानकारी पाउनासाथ प्रहरी घटनास्थलमा गई शव बरामद गरी शवपरीक्षणका लागि प्रादेशिक अस्पताल कलैयामा पठाइएको प्रहरी प्रवक्ता दधिराम न्यौपानेले जानकारी दिए ।

स्थानीयवासीका अनुसार जागिर छोडेपछि सिंहले केही महिना भारतको बरहर्वा र नेपालको पिपरपाती नाकामा रक्सी पसल सञ्चालन गरेका थिए । यद्यपि केही समयअघि मात्रै उनले रक्सी पसल पनि बन्द गरे । उनी हाल गाउँमै खेतीपाती गर्दै आएका थिए । प्रहरीले उनको हत्यामा संलग्न रहेको आशङ्कामा दुई जनालाई नियन्त्रणमा लिएको छ ।

जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी उपरीक्षक सुरेशप्रसाद काफ्लेका अनुसार मृतक सिंहको शरीरमा पछाडिबाट धारिलो हतियारले प्रहार गरेको र शरीरका विभिन्न ठाउँमा चोट देखिएकोे छ । मृतक सिंह पूर्वप्रहरीसमेत हुन् । उनी सशस्त्र प्रहरी बलमा पाँच वर्षमात्र कार्यरत रहेका थिए । केही महिनाअगाडि मात्रै उनले जागिर छोडेको प्रहरी उपरीक्षक काफ्लेले जानकारी दिए ।

अनुसन्धानका क्रममा सिंहको हत्यामा तीन जनाको संलग्नता देखिएको र घटनामा संलग्न भएको आरोपमा भारतीय नागरिकहरू राहुल साह र सामलाल महतोलाई पक्राउ गरिएको प्रहरी उपरीक्षक काफ्लेले बताए । सिंहको हत्या अभियोगमा पक्राउ परेका भारतीय नागरिक राहुल साहले दशगजाको नेपालतर्फ रक्सी पसल सञ्चालन गर्दै आएको र केही दिनपहिला सिंहसँग झगडासमेत भएको अनुसन्धानबाट खुलेको प्रहरी स्रोतले जनाएको छ ।

इलाका प्रहरी कार्यालय सिम्रौनगढमा मृतक सिंहले भारतीय नागरिक साह र महतोलाई विपक्षी बनाई निवेदन पनि दिएकामा .दुवै पक्षलाई छलफलका लागि बेलाएको भए पनि सुतिरहेको अवस्थामा घरमा गई मृतक सिंहलाई बोलाएर दशगाजातर्फ लगी धारिलो हतियार प्रहार गरी हत्या गरेको प्रहरी उपरीक्षक काफ्लेले जानकारी दिए ।

पक्राउ परेका साह, महतो र मृतक सिंहबीच कैयौँ पल्ट रक्सीको विषयमा झैझगडा भएको प्रहरीको भनाइ छ । घटनास्थलमा पुगी प्रहरी उपरीक्षक काफ्लेले भारतीय समकक्षीहरूसँग पनि सोधपुछ गरेका छन् । घटनाका बारेमा सूक्ष्म ढङ्गले अनुसन्धान भइरहेको प्रहरी उपरीक्षक काफ्लेले बताए । घटनामा संलग्न एकजना फरार रहेकाको खोजी पनि तीव्र पारिएको उनले जानकारी दिए। खुला सीमा रहेका कारण नेपालबाट कर्तव्य गरी भारततर्फ र भारतबाट कर्तव्य गरी नेपालतर्फ भागेर लुकीछिपी बस्ने गरेका छन् ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

मोरङमा अर्को सूचना जारी नभएसम्म भेला, सम्मेलन, र्‍यालीलगायतमा रोक

मोरङ । जिल्ला प्रशासन कार्यालय मोरङले अर्को सूचना जारी नभएसम्मको लागि जिल्लामा सभा, सम्मेलन, र्‍याली, भेला, प्रदर्शन गर्न रोक लगाएको

नबिराएर नडराएर काम गर्न कर्मचारीलाई मन्त्री शर्माको आग्रह

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले कानुनको परिधिभित्र रहेर उच्च मनोबलका साथ काम गर्न कर्मचारीहरुलाई आग्रह गरकी

महालेखा परीक्षकमा तोयम राया नियुक्त

काठमाडौँ । महालेखा परीक्षकमा तोयम राया नियुक्त भएका छन् । संवैधानिक परिषद्को सिफारिसमा संविधानको धारा २४० को उपधारा २ बमोजिम

एन्फा उपाध्यक्ष दावा लामा छुटे

काठमाडौँ । लागू औषध मुद्दामा फरार रहेको भन्दै पक्राउ परेका अखिल नेपाल फुटबल संघ (एन्फा) उपाध्यक्ष दावा लामा छुटेका छन्

शाक्य राष्ट्रियसभा सदस्यमा मनोनीत

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको सिफारिसमा डा. अन्जान शाक्यलाई राष्ट्रियसभा सदस्यमा मनोनीत गरेका छन् । राष्ट्रपति पौडेलले नेपालको संविधानको

धनुषामा एक सय ५२ बोरा प्याज र ३२ थान मोबाइल…

काठमाडौँ । धनुषामा एक सय ५२ बोरा प्याज र ३२ थान मोबाइल बरामद भएको छ । सशस्त्र प्रहरी बल नेपाल

Techie IT