मोबाइल फोन सेवा अवरुद्ध

  • शुक्रबार, ११ जेष्ठ, २०७५
  • 5 months ago
  • नेपाल

डोल्पा । विद्युत्भार कटौतीका कारण डोल्पामा मोबाइल फोन सेवा अवरुद्ध हुँदै आएको छ । 

 

विद्युत्भार कटौतीका कारण ठूलीभेरी नगरपालिकाअन्तर्गत जुफालमा रहेको मोबाइल टावरको सेवा नियमित हुन नसक्दा मोबाइल सेवा प्रभावित भएका हुन् । 

 

जुफालस्थित मोबाइल टावर सञ्चालनका लागि राखिएको सोलार ब्याट्रिले काम नगरेपछि विद्युत् आएकोे दिनमात्र टावर दिने र विद्युत् नआएको दिन दिनमा दश घण्टासम्म नमस्ते र स्काइ मोबाइल सेवा बन्द हुने गरेको बताइएको छ । 

 

पmोनमा ढुक्कसँग कुरा गर्न पनि बत्ती आउने दिननै कुर्नुपर्ने भएकाले सर्वसाधारण लामो समयदेखि मर्कामा पर्दै आएका छन् । विद्युत् अभावका कारण मोबाइल सेवा प्रभावित हुन थालेपछि सर्वसाधारणलाई लामो समयदेखि सञ्चारको असुविधा हुँदै आएको छ । 

 

सदरमुकाम दुनैमा रहेको जैरीगाड जलविद्युत् आयोजनाबाट नियमित बत्ती आपूर्ति नहुँदा नियमित टावर सञ्चालनमा समयस्या देखिएको नेपाल दुरसञ्चार कार्यालय डोल्पा शाखाले जनाएको छ । 

 

“मोबाइल टावर राखिएको स्थान जुफालको बत्ती पालो परेको दिनमा माबाइलमा टावर हुन्छ, पालो नपरेको दिन भने राति ९ बजे देखि नै काटिएको टावर भोलि बिहान ७ बजे पछि मात्र आउँछ” त्रिपुरासुन्दरी नगरपालिका– १ का स्थानीय नैनानन्द देवकोटाले भने । 

 

“विकट जिल्लामा फोन सम्पर्कको एकमात्र माध्यम मोबाइल टावरमा समेत समस्या हुँदा सर्वसाधारणको दैनिकी कष्टकर बन्दै गएको छ, राति बिरामी पर्दा डक्टर बोलाउनु परेमा वा तत्काल कसैसँग सम्पर्क गर्न खोज्दा मोबाइलमा टावर नै हुँदैन” उनले भने । 

 

जुफालमा रहेको टावरलाई नियमित सञ्चालन गर्नका लागि सोलार थप्न माग गर्दै पटक÷पटक नेपाल टेलिकम क्षेत्रीय कार्यालय नेपालगञ्जमा पत्राचार गरे पनि सुनुवाइ नभएको दुरसञ्चार कार्यालय डोल्पाका प्रमुख दयाविक्रम केसीले बताए । 

 

नेपाल टेलिकम क्षेत्रीय दुरसञ्चार कार्यालय नेपालगञ्जका प्रमुख प्रकाश प्रधानका अनुसार यदि डोल्पाली जनतालाई टेलिफोन सेवामा असुविधा भएको हो भने जुफालमा सोलार थप्नका लागि तत्काल काम कारबाही अगाडि बढाउने बताए । 

 

ठूलीभेरी नगरपालिकाको कार्यालय जुफालले लेन्डलाइन फोन र एडिएसएल इन्टरनेट सेवाको माग गरेकाले उक्त सेवा सञ्चालनका लागि पनि जुफालको टावरमा पनि सोलार थप्ने क्षेत्रीय प्रमुख प्रधानको भनाइ छ । 

 


थप समाचार

बेलायतमा मधेशी नेपालीले मनाए छठ

  • 3 hours ago
बेलायतमा मधेशी नेपालीले मनाए छठ

एशोसिएसन अफ नेप्लिज मधेशी इन यूके र युरोपियन मधेशी सोसाइटीले संयुक्त रुपमा लण्डनमा छठ मनाएका हुन् । शनिबार लण्डनको फेल्थाम कलेजमा आयोजित समारोहमा पूर्व प्रधानमन्त्री माधवकुमार नेपालको समेत उपस

बाबुले ल्याए नेपाली भाषी भुटानीहरूका जिवनको गित !

  • 4 hours ago
बाबुले ल्याए नेपाली भाषी भुटानीहरूका  जिवनको गित !

हाम्रो मनको पिडा ब्यथा,कस्ले बुझी देला” “जन्मेउ जहाँ त्यहाँ छैन बास फर्की जाने केही छैन आश “ भुटानमा जन्मीएर पनि नेपाली भाषा कला संकृती र साहित्यलाई अंगालेर नेपालमा शरणाार्थी जिवन बिताइरहेका भुटा

फोटोमा हेर्नुहोस प्रचण्डपुत्र प्रकाशको स्मृतिमा शोकसभा

  • 4 hours ago
फोटोमा हेर्नुहोस प्रचण्डपुत्र प्रकाशको स्मृतिमा शोकसभा

तत्कालीन नेकपा माओवादी केन्द्र का पोलिटब्यूरो सदस्य एवं नेपाल कम्युनिष्ट पार्टी ९नेकपा० का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’का छोरा प्रकाश दाहालको प्रथम वार्षिक स्मृतिका अवसरमा आज उहाँको निवास खुमलटारम



भिडियो

प्रेम र यौन

यौनवर्धक भियाग्राको प्रयोग कति उचित ?

यौनवर्धक भियाग्राको प्रयोग कति उचित ?

काठमाडौँ । उमेर पुगेका हरेक व्यक्तिलाई यौनको चाहाना हुनु स्वाभाविक नै मानिन्छ तर यदि कोहि महिला वा पुरुषलाई यौन चाहानामा गडबढी हुनु पनि सामान्य हुँदै गएको छ ।

जीवनशैली/स्वास्थ्य

यसरी घटाउनुस् मानसिक तनाव !

यसरी घटाउनुस् मानसिक तनाव !

के तपाईंलाई मानसिक तनावले सताउँछ रु यदि सताउँछ भने ध्यान दिनुहोस् तनाव कम गर्ने विभिन्न उपायहरु छन् । मनोचिकित्सकले सुझाएका यी हुन् मानसिक तनाव घटाउने ७ उपाय

विचित्र विश्व

दुबईबारे अजबगजबका कुराहरु

दुबईबारे अजबगजबका कुराहरु

एजेन्सी–बितेका केही वर्षमा एसियाका केही देशहरुले उल्लेख्य मात्रामा विकास गरेका छन् । केही देशहरुले विकास नै गर्न नसकिने ठाउँमा पनि अकल्पनिय विकास गरेर