Techie IT
२०८१ वैशाख १२, बुधबार
NepaliPatra logo
गृहपृष्ठकला र मनोरञ्जनदीपक बज्राचार्यको ‘एक्लो’ गीत रिलिज

दीपक बज्राचार्यको ‘एक्लो’ गीत रिलिज


काठमाडौँ। तीन दशकदेखि निरन्तर रुपमा सांगीतिक क्षेत्रमा चर्चा र सफलता पाइरहेका लोकप्रिय गायक दीपक बज्राचार्य सांगीतिक कोसेलीहरुको नयाँ प्याकेज ‘प्रोजेक्ट नजिक’ सहित आएका छन्।

नयाँ र केहि पुराना गरी करिब ९ वटा गीतहरुलाइ नयाँ शैलीमा एक एक गरीआफ्नो दर्शक श्रोताहरु माझ ल्याउन लागेका र नयाँ प्रस्तुतिहरुलाई म्युजिक भिडियोमा मात्र सिमित नराखी बिल्कुल फरक शैलीमा ‘प्रोजेक्ट नजीक’ लिएर देश तथा विदेशमा बस्ने दर्शक, स्रोतामाझ आउने तयारीमा रहेका गायक बज्राचार्यले एउटा विशिष्ठ खण्डको पहिलो झलक स्वरूप एउटा नयाँ गीत ‘एक्लो’ हालै रिलिज गरेका छन् भने करिब २ महिनाको बिचमा अन्य गीतहरु पनि सार्वजनिक गरिनेछ।

के हो त ‘प्रोजेक्ट नजीक’?
प्रोजेक्ट नजीक एउटा ‘डीजाइनिङ्ग शो’ हो जसलाई ३ खण्डमा बाँडिएको छ।

१. स्पट लाइट इभेन्ट (अनप्लग लाइभ)
यस खण्डमा आफ्नो गीतलाई फरक शैलीको प्रस्तुतिका साथ अहिलेसम्म नसुनिएका र नगरिएका कुराकानीहरु पनि गरिनेछ।

२. नजीक मोमेन्ट (मिट एण्ड ग्रीट)
आफ्नो दर्शक श्रोतालाई अझ नजीकबाट चिन्न र चिनाउन तथा केहि समयसँगै बिताएर त्यो रमाइलो पललाई केहि तस्बीरहरुमा कैद गर्ने कोसिस गरिनेछ।

३. इ डी एम सेसन (अपबिट कन्सर्ट)
अन्तिममा सधै झैं मुख्य कार्यक्रमको मज्जा लिदै नाच्न गाउन र रमाउनको लागि बिशेष तयार गरिएको नयाँ तथा पुराना गीतहरुको प्रस्तुतिमा सबै रमाउनेछन्।

प्रोजेक्ट नजिकको मुख्य उद्धेश्य भनेको नै पर्फर्मर र दर्शक बीच निकटता ल्याउनु रहेको गायक दीपक बज्राचार्यले बताए।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

कृष्ण विकको ‘निरमाया’ सार्वजनिक

काठमाडौँ । गायक कृष्ण विकले नयाँ गीत ‘निरमाया’ सार्वजनिक गरेका छन् । गीतमा विकले गायिका स्मिता दाहालसँग स्वर दिएका छन्

‘बलिदान’मा दिव्य देव अनुबन्धित

काठमाडौँ । आसुसेन फिल्मस्‌को मेगा प्रोजेक्ट चलचित्र ‘बलिदान’मा अभिनेता दिव्य देव अनुबन्धित भएका छन् । शनिवार औपचारिक सम्झौता गर्दै उनलाई

बिपिन कार्कीको फरक भूमिका रहेको ‘एक भगवत् र एक गीता’…

काठमाडाैँ । कलाकार बिपिन कार्कीको फरक अवतारका कारण निकै चर्चा बटुलेको चलचित्र ‘एक भगवत् र एक गीता’ भिडियोपसल एपमा रिलिज

‘फर्की फर्की’को ट्रेलर सार्वजनिक

काठमाडौँ । नेपाली कथानक चलचित्र ‘फर्की फर्की’को ट्रेलर सार्वजनिक भएको छ । आज सार्वजनिक गरिएको ट्रेलर अनमोल केसीमा केन्द्रित छ

‘द रेड सुटकेस’ वैदेशिक रोजगारको अन्त्यको क्रान्ति होः श्रममन्त्री अर्याल

काठमाडौँ । नयाँ वर्षको अवसर पारेर ३० चैतबाट प्रदर्शनमा आएको चलचित्र ‘द रेड सुटकेस’ले यतिबेला दर्शकले रुचाएका छन् । यो

इराकमा सांगीतिक धमाका मच्चाउँदै राजेशपायल

काठमाडौँ । नेपालीमा उखानै छ, ‘जहाँ पुग्दैन रवि, त्यहाँ पुग्छन् कवि’ । कवि लक्षित यो भनाइलाई सार मान्दै ‘जहाँ नेपाली,

Techie IT