बेलायतमा पहिलोपटक 'मोहनि नखः' पर्व मनाइयो

  • बुधबार, ३१ असोज, २०७५
  • 8 months ago
  • युके
Education Park

 

लण्डन । दशैेंको अवधिमा नेवार समुदायमा मनाइने पर्व 'मोहनि नखः' पहिलोपटक बेलायतमा पनि मनाइएको छ ।

 

पासा पुचः गुथि यूकेको लण्डन शाखाले नेपालीहरूको बाक्लो बसोबास रहेको लण्डनको अल्पर्टनमा गत शनिबार यो पर्व मनाएको हो । आजभन्दा १८ वर्ष अघि बेलायतमा पहिलोपटक म्हः पूजा मनाउने शाखाले यसपटक मोहनि नखः पनि सुरुआत् गरेको हो ।

 

७० भन्दा बढि नेपालीहरु सहभागी कार्यक्रममा २ वर्षको बालकदेखि ७० वर्षीया वृद्धा समेतको उपस्थिति थियो । कार्यक्रममा गुथिका सहअध्यक्षद्वय श्रीमती मेनका श्रेष्ठ र श्रीमती रुक्मणी मानन्धरले स्वागत मन्तव्य व्यक्त गरेका थिए । सहसचिव अनिल महर्जनले कार्यक्रमको बारेमा जानकारी दिएका थिए भने महासचिव सन्दीप श्रेष्ठ र खेलकुद सचिव सुमित बज्राचार्यले नेपाल भाषा र नेपालीमा गीतसंगीत प्रस्तुत गर्दै मनोरञ्जन गराएका थिए ।   

 

कार्यक्रममा मन्तव्य दिदै गुथिका अध्यक्ष संयुक्त श्रेष्ठले बेलायतमा हुर्किरहेका नेपाली बालबालिकाहरूले आफ्नो संस्कृतिका विषयमा जान्न र सिक्न पाउनुपर्ने धारणा राखेका थिए । अध्यक्ष श्रेष्ठले सुरजबीर बज्राचार्यद्वारा रचित 'धालः जितः नेवाः' गीत गाएर पनि सुनाएका थिए ।

 

कार्यक्रमका सहभागीहरूले पातको लप्टेमा नेवाः भोजको आनन्द लिएका थिए ।  लण्डनस्थित ’मम: एण्ड रोटी’ रेष्टुरेन्टका सेफ बिनोद बराल र नरेश शर्माको विशेष सहयोगमा विभिन्न परिकारहरूको तयारी गरिएको थियो । नेवार समुदायले परम्परागत रुपमा मनाउंदै आएको मोहनि नखः को सांस्कृतिक महत्वका हिसाबले विशिष्ट स्थान रहँदै आएको छ ।

 

मोहनि नखः को सफलतापछि गुथिले आउँदो नोभेम्बरको ११ तारिख आइतबारका दिन अर्को महत्वपुर्ण पर्व म्हपूजाको आयोजना लण्डनको ओकिंगटन म्यानर स्कुल, वेम्ब्लीमा गर्दैछ ।  सो कार्यक्रममा ३ सय जनाको उपस्थिति रहने अपेक्षा छ । 

 


थप समाचार

सरकारलाई विफल पार्न घेराबन्दी गरियाे : मन्त्री जमरकट्टेल

  • 2 hours ago
सरकारलाई विफल पार्न घेराबन्दी गरियाे : मन्त्री जमरकट्टेल

हेँटौडा । प्रदेश नं. ३ का आन्तरिक मामिला तथा कानूनमन्त्री शालिकराम जम्मकट्टेलले अहिले सरकारले गरेका कामको गलत तरिकाले व्याख्या भइरहेको बताएका छन् । नेपाल दूरसञ्चार राष्ट्रिय कर्मचारी सङ्गठनको

असार २६ गतेदेखि भृकुटीमण्डपमा इक्यानको १३ औं शैक्षिक मेला सुरू हुने

  • 2 hours ago
असार २६ गतेदेखि  भृकुटीमण्डपमा इक्यानको १३ औं शैक्षिक मेला सुरू हुने

काठमाडौं । आउँदो अषाढ २६ देखि २९ गतेसम्म भृकुटीमण्डपमा इक्यानको १३ औं शैक्षिक मेला आयोजना हुने भएको छ । शैक्षिक परामर्श संघ नेपालले विगत १२ वर्षदेखि लगातार रुपमा हरेक वर्ष वृहत शैक्षिक मेलाको आयोजन गर

तपाईको भाग्यमा सरकारी जागिर छ कि छैन ? यसरी थाहा पाउनुहाेस्

  • 2 hours ago
तपाईको भाग्यमा सरकारी जागिर छ कि छैन ? यसरी थाहा पाउनुहाेस्

एजेन्सी । ज्योतिष शास्त्रको अनुसार हाम्रो हातमा यस्तो रेखा हुन्छ जसले सरकारी नोकरीको संकेत गर्ने गर्दछ । यी रेखालाई पढेर तपाई आफै पत्ता लगाउन सक्नुहुन्छ कि तपाईलाई सरकारी नोकरी मिल्छ कि मिल्दैन ।



प्रेम र यौन

यी हुन् विश्वका ५ चर्चित यौन बजार

यी हुन् विश्वका ५ चर्चित यौन बजार

पछिल्लो समय यौनलाई मानिसहरुले आधारभूत आवश्यकताको रुपमा लिँदै आएका छन् । सोही कारणले गर्दा कतिपय देशका सरकारहरुले नै अनुमति दिएर यौन बजार खुल्दै आएको छ । जसलाई हामी ‘रेड लाइट’ एरिया भन्छौं । यहाँ हामीले विश्वका चर्चित ५ यौन बजारको बारेमा जानकारी प्रस्तुत गरेका छौं ।

जीवनशैली/स्वास्थ्य

तपाईको भाग्यमा सरकारी जागिर छ कि छैन ? यसरी थाहा पाउनुहाेस्

तपाईको भाग्यमा सरकारी जागिर छ कि छैन ? यसरी थाहा पाउनुहाेस्

एजेन्सी । ज्योतिष शास्त्रको अनुसार हाम्रो हातमा यस्तो रेखा हुन्छ जसले सरकारी नोकरीको संकेत गर्ने गर्दछ । यी रेखालाई पढेर तपाई आफै पत्ता लगाउन सक्नुहुन्छ कि तपाईलाई सरकारी नोकरी मिल्छ कि मिल्दैन ।

विचित्र विश्व

अष्ट्रेलियामा एक पाइथनले गोही निलेपछि...

अष्ट्रेलियामा एक पाइथनले गोही निलेपछि...

एजेन्सी । अष्ट्रेलियामा एक पाइथनले गोही निलेको तस्बिरहरु सामाजिक सञ्जालमा भाइरल भइरहेको छ । अष्ट्रेलियाको दोस्रो ठुलो पाइथनले एउटा सिंगो गोही निलेको तस्बिर भाइरल भएको हो । कायाकेर मार्टिन मुलरले यी तस्बिहरु खिचेका हुन् ।