मःमः बेचेर मासिक तीस हजार बचत

  • शुक्रबार, ४ जेष्ठ, २०७५
  • 1 year ago
  • नेपाल
Education Park

–सुरेन्द्र भण्डारी 

 

झापा । भद्रपुर नगरपालिका– ६ का सन्देश रिजालले कनकाई क्याम्पस विर्तामोडमा स्नातक तह पढ्दापढ्दै मःमः बेच्न थाल्नुभएको हो । रिजालले दुई वर्षदेखि मःमः यहाँका विभिन्न बजारमा बिक्री गर्दैआएका छन् ।

 

मःमः व्यवसाय शुरु गरेका रिजाल अहिले पनि कनकाई क्याम्पसमा स्नातकोत्तर तहको व्यवस्थापन संकायमा अध्ययनरत हुन् । पढ्दा पढ्दै कोरिया जान दुई पटकसम्म इपिएस परीक्षा दिएका उनी दुबैपटक अनुत्तीर्ण भए । “दुईपटक नै एक नम्बर नपुगेर कोरिया जान असफल भए, त्यही परीक्षा सफलताको सुत्रधार बन्यो,” रिजालले भने । 

 

दुई पटकको असफलतापछि उनले विर्तामोडमा मःमः फर्म खोले । सो फर्मले उनलाई स्वरोजगार मात्र बनाएन अरुलाई समेत रोजगारी प्रदान गरेको छ । उनको मःम फर्म अहिले झापाकै लोकप्रिय बनेको छ । 

 

विर्तामोडस्थित कनकाई क्याम्पसको नजिकै उनले ‘उरी मःमः फर्म’ खोलेका छन् । उनले कोरियन भाषाबाटै फर्मको नाम उरी राखेका थिए ।  

 

‘उरी’ को नेपाली अर्थ हुन्छ हाम्रो । पटक–पटकको असफलतापछि रिजालले कोरियन भाषामै मःमः फर्मको नाम राखे । उक्त फर्मबाट उनको अहिलेको कमाइ कोरियाको भन्दा कम छैन । विसं २०७२ साउन मा फर्म दर्ता गरेर कारोबार शुरु गरेका रिजालले अहिले १२ जनालाई रोजगार दिएका छन् । 

 

“मासिक रु ३० हजार बचत हुन्छ,” उनले भने । 

 

विर्तामोडसहित झापाका विभिन्न बजारमा उहाँले मःमः बनाएर बिक्री गर्छन् । फास्टफुडका लागि लोकप्रिय बनेको मःमः अहिले रिजालको आम्दानीको मुख्य स्रोत हो । आम्दानी गरेको देखेपछि हिजोआज रिजाललाई उनका साथीहरुले सो व्यवसायबारे सिकाउन आग्रह गर्दै आएका छन् । 

 

“साथीहरुलाई बेलाबेलामा ऋण दिने गरेको छु, फरक व्यवसाय गर्न सके आर्थिक उपार्जनका लागि विदेशिन नपर्ने रहेछ,” उनले भने । 

 

कोरिया जान तयारी गर्ने क्रममा काठमाडौं घुम्दै गर्दा मःमः बिक्री गरेको देखेपछि रिजाल सो व्यवसायप्रति आकर्षित भएका हुन् । त्यसपछि उनले झापा फर्केर उक्त व्यवसाय शुरु गरेका हुन् । “आफू त स्वरोजगार बनेँ, अरुलाई पनि आय–आर्जनको बाटोमा लगाउन पाउँदा गर्व लाग्छ,” उनले भने । 

 

रिजालले सञ्चालन गरेको उरी मःमः फर्ममा सात युवा र पाँच युवतीले रोजगार पाएका छन् । उरी मःम फर्ममा तयार पारिएको मःमः सुरुङगाको सेल्फी डाँडा, जामुनखाडी, अर्जुनधाराको फन वल्र्ड, सालवारी लगायतका पर्यटकीयस्थलमा तथा जिल्लाका विभिन्न ठाउँका विद्यालयमा बिक्रीका लागि पठाउने गर्छन् । 

 

“दैनिक करिब एक हजार प्लेट मःमः तयार हुन्छ,” उनले भने । रिजालले प्रतिप्लेट काँचो मःमः रु २८ मा बिक्री गर्छन्। पूर्वमा धुलाबारी, दक्षिणमा भद्रपुर, पश्चिममा सुरुङ्गा तथा उत्तरमा शनिश्चरेका अधिकांश होटलमा उहाँको फर्ममा तयार भएको मःमः बिक्री हुन्छ । दैनिक ५० देखि ७५ किलोसम्म पिठो प्रयोग गरिन्छ । 

 

रु तीन लाखबाट उक्त व्यवसाय शुरु गरेका रिजालले अहिले मनग्य आम्दानी गरेको देखेपछि सो व्यवसायप्रति आकर्षण बढेको छ । व्यवसाय फष्टाउँदै गएपछि उनले पिठो मुछ्नेदेखि किमा तयार पार्ने मेसिन समेत राखेका छन् । 


थप समाचार

चुनावी प्रक्रियामा होमियो क्याट यूके, निर्वाचन जुलाई ७ मा

  • 6 hours ago
चुनावी प्रक्रियामा होमियो क्याट यूके, निर्वाचन जुलाई ७ मा

चितवन एड ट्रस्ट (क्याट) यूके चुनावी प्रक्रियामा होमिएको छ । आउँदो जुलाई ७ मा साउथ ईष्ट लण्डनस्थित मेरिडियन क्लब, चार्ल्टनमा हुने संस्थाको आठौं अधिवेसनबाट नयाँ नेतृत्व चुन्नको लागि चुनावी कार्यक्रमहरु

अम्बानीको घरको रहस्य

  • 8 hours ago
अम्बानीको घरको रहस्य

एजेन्सी । धीरुभाई अम्बानीका जेठो छोरा मुकेश अम्बानी अलिबाबाका संस्थापक जैक मा भन्दा पछि एशियाकै सवैभन्दा धनि व्यक्ति हुन् । भनिन्छ अम्बानीको मतलब पैसा नै पैसा हो । तपाईहरुले पनि अम्बानी परिवारको बारेम

बुधबार गर्नुस् यस्ता काम, सधैँ तपाईलाई हुनेछ फलिफाप

  • 8 hours ago
बुधबार गर्नुस् यस्ता काम, सधैँ तपाईलाई हुनेछ फलिफाप

एजेन्सी । यदि तपाईको घरमा आयभन्दा बढी व्यय अर्थात् खर्च भइरहेको छ, घरमा कलेश मचिरहेको छ भने बुधवारका दिन बुध ग्रहलाई पुज्नुहोस्, समस्याबाट राहत मिल्न सक्छ ।



प्रेम र यौन

यी हुन् विश्वका ५ चर्चित यौन बजार

यी हुन् विश्वका ५ चर्चित यौन बजार

पछिल्लो समय यौनलाई मानिसहरुले आधारभूत आवश्यकताको रुपमा लिँदै आएका छन् । सोही कारणले गर्दा कतिपय देशका सरकारहरुले नै अनुमति दिएर यौन बजार खुल्दै आएको छ । जसलाई हामी ‘रेड लाइट’ एरिया भन्छौं । यहाँ हामीले विश्वका चर्चित ५ यौन बजारको बारेमा जानकारी प्रस्तुत गरेका छौं ।

जीवनशैली/स्वास्थ्य

थाहा पाउनुहोस मेथीपानीका यी ५ फाइदा

थाहा पाउनुहोस मेथीपानीका यी ५ फाइदा

एजेन्सी । मेथीको साग र मेथीदानाको उपयोग धेरै तरिकाले गर्न सकिन्छ र यो स्वास्थको लागि पनि धेरै फाइदाजनक हुन्छ ।

विचित्र विश्व

अम्बानीको घरको रहस्य

अम्बानीको घरको रहस्य

एजेन्सी । धीरुभाई अम्बानीका जेठो छोरा मुकेश अम्बानी अलिबाबाका संस्थापक जैक मा भन्दा पछि एशियाकै सवैभन्दा धनि व्यक्ति हुन् । भनिन्छ अम्बानीको मतलब पैसा नै पैसा हो । तपाईहरुले पनि अम्बानी परिवारको बारेमा धेरै कुरा सुन्नु नै भएको होला ।