मःमः बेचेर मासिक तीस हजार बचत

  • शुक्रबार, ४ जेष्ठ, २०७५
  • 5 months ago
  • नेपाल

–सुरेन्द्र भण्डारी 

 

झापा । भद्रपुर नगरपालिका– ६ का सन्देश रिजालले कनकाई क्याम्पस विर्तामोडमा स्नातक तह पढ्दापढ्दै मःमः बेच्न थाल्नुभएको हो । रिजालले दुई वर्षदेखि मःमः यहाँका विभिन्न बजारमा बिक्री गर्दैआएका छन् ।

 

मःमः व्यवसाय शुरु गरेका रिजाल अहिले पनि कनकाई क्याम्पसमा स्नातकोत्तर तहको व्यवस्थापन संकायमा अध्ययनरत हुन् । पढ्दा पढ्दै कोरिया जान दुई पटकसम्म इपिएस परीक्षा दिएका उनी दुबैपटक अनुत्तीर्ण भए । “दुईपटक नै एक नम्बर नपुगेर कोरिया जान असफल भए, त्यही परीक्षा सफलताको सुत्रधार बन्यो,” रिजालले भने । 

 

दुई पटकको असफलतापछि उनले विर्तामोडमा मःमः फर्म खोले । सो फर्मले उनलाई स्वरोजगार मात्र बनाएन अरुलाई समेत रोजगारी प्रदान गरेको छ । उनको मःम फर्म अहिले झापाकै लोकप्रिय बनेको छ । 

 

विर्तामोडस्थित कनकाई क्याम्पसको नजिकै उनले ‘उरी मःमः फर्म’ खोलेका छन् । उनले कोरियन भाषाबाटै फर्मको नाम उरी राखेका थिए ।  

 

‘उरी’ को नेपाली अर्थ हुन्छ हाम्रो । पटक–पटकको असफलतापछि रिजालले कोरियन भाषामै मःमः फर्मको नाम राखे । उक्त फर्मबाट उनको अहिलेको कमाइ कोरियाको भन्दा कम छैन । विसं २०७२ साउन मा फर्म दर्ता गरेर कारोबार शुरु गरेका रिजालले अहिले १२ जनालाई रोजगार दिएका छन् । 

 

“मासिक रु ३० हजार बचत हुन्छ,” उनले भने । 

 

विर्तामोडसहित झापाका विभिन्न बजारमा उहाँले मःमः बनाएर बिक्री गर्छन् । फास्टफुडका लागि लोकप्रिय बनेको मःमः अहिले रिजालको आम्दानीको मुख्य स्रोत हो । आम्दानी गरेको देखेपछि हिजोआज रिजाललाई उनका साथीहरुले सो व्यवसायबारे सिकाउन आग्रह गर्दै आएका छन् । 

 

“साथीहरुलाई बेलाबेलामा ऋण दिने गरेको छु, फरक व्यवसाय गर्न सके आर्थिक उपार्जनका लागि विदेशिन नपर्ने रहेछ,” उनले भने । 

 

कोरिया जान तयारी गर्ने क्रममा काठमाडौं घुम्दै गर्दा मःमः बिक्री गरेको देखेपछि रिजाल सो व्यवसायप्रति आकर्षित भएका हुन् । त्यसपछि उनले झापा फर्केर उक्त व्यवसाय शुरु गरेका हुन् । “आफू त स्वरोजगार बनेँ, अरुलाई पनि आय–आर्जनको बाटोमा लगाउन पाउँदा गर्व लाग्छ,” उनले भने । 

 

रिजालले सञ्चालन गरेको उरी मःमः फर्ममा सात युवा र पाँच युवतीले रोजगार पाएका छन् । उरी मःम फर्ममा तयार पारिएको मःमः सुरुङगाको सेल्फी डाँडा, जामुनखाडी, अर्जुनधाराको फन वल्र्ड, सालवारी लगायतका पर्यटकीयस्थलमा तथा जिल्लाका विभिन्न ठाउँका विद्यालयमा बिक्रीका लागि पठाउने गर्छन् । 

 

“दैनिक करिब एक हजार प्लेट मःमः तयार हुन्छ,” उनले भने । रिजालले प्रतिप्लेट काँचो मःमः रु २८ मा बिक्री गर्छन्। पूर्वमा धुलाबारी, दक्षिणमा भद्रपुर, पश्चिममा सुरुङ्गा तथा उत्तरमा शनिश्चरेका अधिकांश होटलमा उहाँको फर्ममा तयार भएको मःमः बिक्री हुन्छ । दैनिक ५० देखि ७५ किलोसम्म पिठो प्रयोग गरिन्छ । 

 

रु तीन लाखबाट उक्त व्यवसाय शुरु गरेका रिजालले अहिले मनग्य आम्दानी गरेको देखेपछि सो व्यवसायप्रति आकर्षण बढेको छ । व्यवसाय फष्टाउँदै गएपछि उनले पिठो मुछ्नेदेखि किमा तयार पार्ने मेसिन समेत राखेका छन् । 


थप समाचार

काठमाडौंको ‘ज्यानमारा फुटपाथ’

  • 9 minutes ago
काठमाडौंको ‘ज्यानमारा फुटपाथ’

काठमाडौं । शंकर न्यौपाने दृष्ट्रिविहीन हुन् । उनलाई राजधानीको सडकपेटीमा हिँड्न बहुत कठिन छ । सडक पार गर्न त झन् सास्ती ।

बैतडीको त्रिपुरासुन्दरी मन्दिरमा मेला शुरु

  • 10 minutes ago
बैतडीको त्रिपुरासुन्दरी मन्दिरमा मेला शुरु

बैतडी । सरकारले हालै घोषणा गरेको नयाँ पर्यटकीय गन्तव्य बैतडीको प्रसिद्ध त्रिपुरा सुन्दरी भगवती मन्दिरमा आजदेखि जात (जात्रा) शुरु भएको छ । दशरथचन्द नगरपालिका–८ स्थित उक्त मन्दिरमा बिहीबार र शुक

स्मार्टफोनको विकल्पबारे चर्चा शुरु

  • 16 minutes ago
स्मार्टफोनको विकल्पबारे चर्चा शुरु

वासिङ्टन । एक दशकसम्म विश्वकै सबैभन्दा बढी बिक्रीको रेकर्ड बनाएको स्मार्टफोनको ठाउँमा अब नयाँ कुन उपभोग्य वस्तु आउला ? यसको उत्तर सजिलो छैन, तर प्रविधि क्षेत्रमा यसबारे चर्चा शुरू भएको छ ।



भिडियो

प्रेम र यौन

यौनवर्धक भियाग्राको प्रयोग कति उचित ?

यौनवर्धक भियाग्राको प्रयोग कति उचित ?

काठमाडौँ । उमेर पुगेका हरेक व्यक्तिलाई यौनको चाहाना हुनु स्वाभाविक नै मानिन्छ तर यदि कोहि महिला वा पुरुषलाई यौन चाहानामा गडबढी हुनु पनि सामान्य हुँदै गएको छ ।

जीवनशैली/स्वास्थ्य

अदुवा खाँदा यस्तो फाइदा !

अदुवा खाँदा यस्तो फाइदा !

अदुवालाई तरकारीमा स्वादको लागि प्रयाग गरिन्छ । तर, यसमा औषधिय गुण पनि हुने गरेको छ । यहाँ हामीले अदुवाको फाइदाको बारेमा केही जानकारी प्रस्तुत गरेका छौं ।

विचित्र विश्व

यी हुन् सबैभन्दा कम उमेरमा पिएचडी गर्ने १० मानिसहरु

यी हुन् सबैभन्दा कम उमेरमा पिएचडी गर्ने १० मानिसहरु

धेरै विद्यार्थीहरुको मनमा ग्य्राजुएट गरेपछि पढु कि नपढु भन्ने दुविधा हुन्छ । यो विषय पढौं कि त्यो विषय पढौं भन्ने प्रश्न पनि धेरै ग्य्राजुएटहरुको दिमागमा खेलिरहेको हुन्छ ।