मोना यूकेले बेलायतका नेपाली खेलाडीमाझ सर्वाधिक पुरस्कारको भलिबल आयोजना गर्ने

  • मंगलबार, २९ साउन, २०७५
  • 6 months ago
  • युके

लण्डन । म्याग्दी प्रवासी नेपाली संघ (मोना ) यूकेले बेलायतका नेपाली खेलाडीहरुमाझ सर्वाधिक पुरस्कार राशीको भलिबल प्रतियोगिता आयोजना गर्ने भएको छ । 

 

पहिलो मोना यूके कप भलिबल प्रतियोगिता आउंदो सेप्टेम्बर ८ तारिखका दिन अल्डरसटको एल्डरवुड लिजर सेन्टरमा खेलाइने भएको हो । 

 

प्रतियोगितामा पुरुष तथा महिला टोलीहरुबीच छुट्टाछुट्टै प्रतिस्पर्धा गराइनेछ । पुरुषतर्फ विजेतालाई १२ सय पाउण्ड र रनर अपलाई ८ सय पाउण्ड नगदसहितको पुरस्कार दिइनेछ । त्यस्तै, महिलातर्फ विजेतालाई ६ सय, रन अपलाई ४ सय र तेस्रो हुने टिमलाई १ सय पाउण्ड नगदसहितको पुरस्कार राखिएको छ । 

 

यो पुरस्कार बेलायतको नेपाली समुदायमा अहिलेसम्म आयोजना भएका भलिबल प्रतियोतिाहरुमध्येकै सर्वाधिक रहेको आयोजकले दाबी गरेका छन् । 

 

प्रतियोगितामा भाग लिन पुरुष टोलीले १ सय ५० पाउण्ड र महिला टोलीले १ सय पाउण्डको प्रवेश शुल्क बुझाउनुपर्नेछ । बेलायतबाहेक युरोपका देशहरुबाट पनि कुनै टोली आएमा भने उनीहरुलाई स्वागत गर्दै प्रवेश शुल्क छुट दिइने भएको छ । 

 

आयोजक मोना यूकेका भलिबल समुहका प्रमुख अनिल मल्लले प्रतियोगितामा सहभागी हुन ईच्छुक टोलीले सेप्टेम्बर ५ सम्ममा आफ्नो नाम दर्ता गर्नुपर्ने जनाएका छन् । प्रतियोगितामा नाम दर्ताका लागि सम्पर्क नम्बरहरु तलको तस्बिरमा उल्लेख छन् । 

 

मोना यूकेका खेलकुद संयोजक खेम भण्डारीले बेलायत तथा युरोपमा समेत रहेका सम्पुर्ण नेपाली भलिबल खेलाडीहरुलाई प्रतियोगितामा सहभागिताका लागि आव्हान गरेका छन् । 

 

बिहान ठिक साढे ८ बजेदेखि नै खेलहरु सञ्चालन गरिनेछन् । प्रतियोगितास्थलमा खाना तथा पेय पदार्थको लागि स्टलहरु रहनेछन् । साथै मनोरञ्जनका लागि विभिन्न सांस्कृतिक कार्यक्रमहरु समेत त्यसअवसरमा प्रस्तुत गरिने आयोजकले बताएका छन् । 

 

बेलायतमा रहेका खेलाडीहरुको हौसला र प्रबर्द्धनका लागि आयोजना गरिन लागेको मोना यूके कपमा उपस्थित भएर खेलाडीको हौसला बढाइदिन मोना यूकेले बेलायतबासी नेपालीहरुमा आग्रह गरेको छ । 

 

 

 


थप समाचार

भारत भर्सेस पाकिस्तानः कुन देशसँग कति शक्तिशाली

  • 1 hour ago
भारत भर्सेस पाकिस्तानः कुन देशसँग कति शक्तिशाली

एजेन्सी । अमेरिकाका पुर्व राष्ट्रपति बिल क्लिनटनले एक पटक भनेका थिए,‘भारतीय मध्य–महादेश र जम्मु काश्मिरको लाइन अफ कन्ट्रोल विश्वकै सबैभन्दा खतरनाक ठाउँ हो ।’ भारत–पाकिस्तानको डरलाग्दो दुश्मनीका कारण आ

अम्बानीको ड्राइभर बन्नको लागि हुन्छ यस्तो परीक्षा, तलब सुनेर उड्नेछ तपाईको होस

  • 1 hour ago
अम्बानीको ड्राइभर बन्नको लागि हुन्छ यस्तो परीक्षा, तलब सुनेर उड्नेछ तपाईको होस

एजेन्सी । मुकेश अम्बानी एशियाको सबैभन्दा धनि व्यक्तिको सूचिमा पर्छन् । अम्बानी सबैभन्दा धनि व्यक्तिको सूचिमा तेस्रो नम्बरमा पर्छन् । जसको जीवनशैलीको विषयमा निकै चर्चा परिचर्चा हुने गर्छ ।

विवाह गरेपछि बलिउडलाई बाइबाइ गरेका अभिनेत्रीहरु

  • 1 hour ago
विवाह गरेपछि बलिउडलाई बाइबाइ गरेका अभिनेत्रीहरु

बलिउडका थुप्रै चर्चित अभिनेत्रीहरुले विवाहपछि फिल्मी करिअर छोडेका छन् । विभिन्न कारणले उनीहरु अभिनयबाट बाहिरिएका हुन् ।



प्रेम र यौन

के हो राम्रो सेक्स ?

के हो राम्रो सेक्स ?

पुरुषहरु बढी सेक्सको बारेमा धेरै कुरा गर्छन् तर, महिलाहरु भने भित्रभित्रै धेरै सेक्सको चाहना धेरै राख्छन् । राम्रो सेक्स धेरै मानिसहरुका लागि अपरिहार्य कुरा हो । भोक लाग्दा खाना खाए जस्तै शरिरले मागेको बेलामा सेक्स गर्नु पनि साधारण कुरा हो । आजकाल धेरैजसो महिलाको आफ्नो पुरुषले शारिरिक सन्तुष्टि प्रदान गर्न नसकेको कुराहरु धेरै सुन्न पाइन्छ ।

जीवनशैली/स्वास्थ्य

अम्बानीको ड्राइभर बन्नको लागि हुन्छ यस्तो परीक्षा, तलब सुनेर उड्नेछ तपाईको होस

अम्बानीको ड्राइभर बन्नको लागि हुन्छ यस्तो परीक्षा, तलब सुनेर उड्नेछ तपाईको होस

एजेन्सी । मुकेश अम्बानी एशियाको सबैभन्दा धनि व्यक्तिको सूचिमा पर्छन् । अम्बानी सबैभन्दा धनि व्यक्तिको सूचिमा तेस्रो नम्बरमा पर्छन् । जसको जीवनशैलीको विषयमा निकै चर्चा परिचर्चा हुने गर्छ ।

विचित्र विश्व

यस्तो पनि ! १० रूपैयाँमा साडीको सेल, महिलाहरुको भीड बढेर भागदौड

यस्तो पनि !  १० रूपैयाँमा साडीको सेल, महिलाहरुको भीड बढेर भागदौड

हैदराबाद । भारतको हैदराबादस्थित सिद्दीपेटको एक सपिङ मलले भारु १० मा साडी बिक्री गर्न थालेपछि मलमा महिलाहरुको भीड बढेर भागदौडको अवस्था सिर्जना भएको छ ।