मोना यूकेले नेपाली नयाँ वर्ष शुभकामना कार्यक्रम गर्ने

  • बिहीबार, १४ चैत, २०७५
  • 1 year ago
  • युके

 

अनिल मल्ल, अल्डरसट । बेलायतबासी म्याग्देलीहरुको साझा संस्था म्याग्दी प्रवासी नेपाली संघ (मोना) यूकेले सधैझैं यस वर्ष पनि नेपाली नयाँ वर्ष एक विशेष कार्यक्रमसहित मनाउने भएको छ । 

 

आउँदो अप्रिल महिनाको २७ तारिख 'नयाँ वर्ष २०७६ शुभकामना साँझ' विविध कार्यक्रमहरुसहित मनाइने भएको हो । 

 

फार्नबरोको स्यामुएल कोर्डी स्पोर्टस् कलेजमा कार्यक्रम आयोजना हुनेछ । कार्यक्रममा राष्ट्रिय स्तरका विभिन्न कलाकारहरुले प्रस्तुति गर्ने भएका छन् । 

 

नेपालबाट आउने चर्चित लोकदोहोरी गायक कुमार पुन, चर्चित लोकदोहोरी गायिका कुमारी चेपांग र चर्चित पप गायिका निकिता थापा तथा स्पेनदेखि आउने चर्चित लोक दोहोरी गायिका अनुषा थापा जैसी कार्यक्रमका मुख्य आकर्षण रहनेछन् ।

 

साथमा स्थानिय कलाकारहरुको प्रस्तुति, धौलागिरी नौमती बाजा र सोरठी नाँचहरुबाट समेत मनोरञ्जन गराइने कार्यक्रम छ । 

 

बेलायतबासी सम्पुर्ण म्याग्देली तथा गैरम्याग्देलीहरुलाई एकै ठाउँमा भेला गराउनुको साथै नेपाली कला र संस्कृतिको जगेर्ना गर्नु र  खुशीयालीपुर्वक यो वर्षलाई बिदाई गर्दै नयाँ वर्षलाई स्वागत तथा शुभकामना आदान प्रदान गर्नु कार्यक्रमको प्रमुख लक्ष्य छ । 

 

कार्यक्रममा बेलायतबासी म्याग्देली तथा गैरम्याग्देली सबै नेपालीहरुलाई सहभागिताको लागि मोना यूकेले हार्दिक आव्हान गरेको छ । 

 

 


थप समाचार

बलात्कार आरोप लागेका थप २ पनि पक्राउ परे

  • 7 minutes ago
बलात्कार आरोप लागेका थप २ पनि पक्राउ परे

पाल्पा । तिनाउ गाउँपालिकाको दोभान क्षेत्रमा किशोरी बलात्कारको आरोपमा थप दुई पक्राउ परेका छन् । यसअघि प्रहरीले तीन जनालाई पक्राउ गरिसकेको छ ।

क्वारेन्टिनमै जन्मियो बच्चा !

  • 46 minutes ago
क्वारेन्टिनमै जन्मियो बच्चा !

दैलेख । दैलेखको पश्चिम क्षेत्रमा पर्ने दुर्गम ठाटीकाँध गाउँपालिकाकी एक महिलाले क्वारेन्टिनमै शिशुलाई जन्म दिएकी छन् ।

रोनाल्डो र मेस्सीलाई पछि पार्दै रोजर फेडेरर बने सर्वाधिक कमाइ गर्ने खेलाडी

  • 1 hour ago
रोनाल्डो र मेस्सीलाई पछि पार्दै रोजर फेडेरर बने सर्वाधिक कमाइ गर्ने खेलाडी

एजेन्सी । लियोनेल मेस्सी र क्रिस्टियानो रोनाल्डोलाई उछिन्दै रोजर फेडेरर फोर्ब्स पत्रिकाको सर्वाधिक कमाइ गर्ने खेलाडीको सूचीमा शीर्ष स्थानमा पुगेका छन् ।



प्रेम र यौन

कोरोना भाइरसको संक्रमण फैलिरहेको बेला ‘पोर्न साइट’हरुको यस्तो धन्दा

कोरोना भाइरसको संक्रमण फैलिरहेको बेला ‘पोर्न साइट’हरुको यस्तो धन्दा

एजेन्सी । चीनको वुहानबाट फैलिएको कोरोना भाइरस हाल विश्वव्यापी बनिरहेको छ । कोरोनाको कारण मानिसको दैनिकीसँगै विश्व अर्थतन्त्र नै धराशायी बनिरहेको अवस्थामा ‘पोर्न साइट’हरुले भने अलग खालको धन्दा चलाउन थालेका छन् ।

जीवनशैली/स्वास्थ्य

यसकारण फेसियल गर्नुपर्छ

यसकारण फेसियल गर्नुपर्छ

काठमाडौं । फेसियल अनुहारको मसाज हो । मसाजले ब्लड सर्कलेसनलाई सन्तुलित बनाउँछ । छाला र रक्तकोषहरु पनि सक्रिय हुन्छन् ।