IIMS College

ISMT

HUB Education

बेलायतको मुद्रा स्फीति दर स्थिर

Education Park

 

Kathmandu Trade Show

 

Royal Education Foundation

 

लण्डन । बेलायतको मुद्रा स्फीति दर अघिल्लो महिनाको तुलनामा स्थिर देखिएको छ । नोभेम्बरमा बेलायतको मुद्रा स्फीति दर १.५ प्रतिशत कायम भएको यहाँको राष्ट्रिय तथ्याङ्क कार्यालयले जनाएको छ ।

 

बेलायतको मुद्रा स्फीतिलाई सन्तुलनमा राख्न आवास, खानेपानी, विद्युत, ग्यास र अन्य इन्धनले ठूलो योगदान पु¥याएको बताइएको छ । यहाँको मुद्रा स्फीतिमा ठूलो नकारात्मक प्रभाव पार्ने स्रोतका रूपमा बन्दोवस्तीका सेवा तथा सूर्तीजन्य सामानको बजारमा देखिएको समस्यालाई कार्यालयले उल्लेख गरेको छ ।

 

बेलायतको केपीएमजीका प्रमुख अर्थशास्त्री याएल सेल्फिनले बेलायत अझै बैंक अफ इङ्ल्याण्डले दिएको लक्ष्यभन्दा धेरै पछि रहेको र यसलाई सन् २०२० मा सन्तुलनमा ल्याइने उनले बताए । 

 

बेलायतको बेरोजगार दर सन् २०१९ को पछिल्लो त्रैमासिक (अगस्ट–अक्टोबर) मा सन् १९७४ पछिकै निम्न विन्दुमा झरेको तथ्याङ्कमा उल्लेख छ ।

 

बेलायतमा करिब १२ लाख ८० हजार व्यक्ति बेरोजगार रहेका छन् । सन् २०१८ को सोही अवधिको तुलनामा यो सङ्ख्या ९३ हजारले कमी हो भने पाँच वर्ष पहिलेको सोही अवधिभन्दा यो सङ्ख्या छ लाख ७३ हजारले कमी हो । “विगत छ वर्षमा बेलायतको बेरोजगार दर सामान्य गतिमा घटिरहेको छ ।” 

 

रोजगार दर ७६.२ प्रतिशत रहेको पनि अध्ययनले बताएको छ । यो दर गत वर्षको अगस्ट–अक्टोबरको तुलनामा ०.४ प्रतिशत अङ्कले वृद्धि हो । बेलायतमा ८०.४ प्रतिशत पुरूष रोजगार रहेका छन् भने महिलाको रोजगार दर ७२.० प्रतिशत देखिएको छ । 

 

पछिल्लो समय महिलाहरूको रोजगार दरमा देखिएको वृद्धिमा आंशिक रूपमा राज्यले महिलाका लागि सेवा निवृत्त हुने उमेर हदलाई बढाउनु पनि जिम्मेवार रहेको उल्लेख गरिएको छ । बेलायतमा महिलाहरूले सक्रिय जागिरे जीवनबाट ६० देखि ६५ वर्षको उमेरमा बिदा लिने गरेका तथ्याङ्कमा उल्लेख छ ।


थप समाचार

टर्कीमा भूकम्प

  • 3 minutes ago
टर्कीमा भूकम्प

एजेन्सी । अमेरिकी भौगर्भिक सर्भेले टर्कीको सराएलाई केन्द्रविन्दु बनाएर आइतबार बिहान ५.७ म्याग्नीच्यूडको भूकम्प गएको जनाएको छ ।

कोरोना भाइरसको त्रासः इटालियन सरकारले गर्यो यस्तो घोषणा

  • 8 minutes ago
कोरोना भाइरसको त्रासः इटालियन सरकारले गर्यो यस्तो घोषणा

एजेन्सी । चीनमा हजारौँ मानिसको ज्यान लिएको कोरोना भाइरस इटालीमा पनि विस्तारै फैलिन थालेपछि इटालियन सरकारले ठुलै कदम उठाएको छ ।

कोरोना भाइरसः हङकङमा रहेको एउटा सुपर मार्केटबाट लुटेराहरले चोरे सबै ट्वाइलेट पेपर्स

  • 15 minutes ago
कोरोना भाइरसः हङकङमा रहेको एउटा सुपर मार्केटबाट लुटेराहरले चोरे सबै ट्वाइलेट पेपर्स

एजेन्सीः कोरोना भाइरसका कारण हालसम्म झण्डै साढे २४ सयजना भन्दा बढीको मृत्यु भइसकेको छ भने संक्रमितहरुको संख्या ७८ हजारभन्दा बढी रहेका छन् । चीनभर यो भाइरस नियन्त्रणका लागि प्रयास जारी रहेको छ । वैज्ञा



प्रेम र यौन

महिलाहरु किन अपरिचित पुरुषसंग उत्तेजित हुन्छन् , थाहा पाउनुहोस

महिलाहरु किन अपरिचित पुरुषसंग उत्तेजित हुन्छन् , थाहा पाउनुहोस

ऐजेन्सी ।शारिरक सम्बन्धलाई राम्रो विचारले सोचे राम्रै हुन्छ । नराम्रो विचारले सोचे नराम्रो हुन्छ जब शारिरक सम्बन्धलाई नराम्रो बिचारले हेर्ने गरिन्छ । तब शारिरक सम्बन्ध जतिको घृणित कुरा केहि नहुने अध्ययनहरुले देखाउँदै आएका छन् । यस बिषयमा भन्नु पर्दा नारीहरु लजालु र जाली पनि हुने गर्दछन् भन्ने निष्कर्ष अध्यनहरुले बताएका छन् ।

जीवनशैली/स्वास्थ्य

किन खुल्छ मध्यरातिमा निन्द्रा ? यी हुन् ५ कारण

किन खुल्छ मध्यरातिमा निन्द्रा ? यी हुन् ५ कारण

एजेन्सी । के तपाई राति सुतेपछि हरेक दिन एउटै समयमा ब्युझिने गर्नुहुन्छ रु चाइनिज मान्यता अनुसार यो कुनै अदृश्य शक्तिको इशारा हुनसक्छ । वा कुनै शक्तिको प्रभाव हुनसक्छ । कुनै – कुनै मानिसले हरेक राति एउटै समयमा ब्यूझिँने नियम बनाएका हुन्छन् भने त्यसलाई सामान्य मान्न सकिन्छ ।

विचित्र विश्व

कोरोना भाइरसः हङकङमा रहेको एउटा सुपर मार्केटबाट लुटेराहरले चोरे सबै ट्वाइलेट पेपर्स

कोरोना भाइरसः हङकङमा रहेको एउटा सुपर मार्केटबाट लुटेराहरले चोरे सबै ट्वाइलेट पेपर्स

एजेन्सीः कोरोना भाइरसका कारण हालसम्म झण्डै साढे २४ सयजना भन्दा बढीको मृत्यु भइसकेको छ भने संक्रमितहरुको संख्या ७८ हजारभन्दा बढी रहेका छन् । चीनभर यो भाइरस नियन्त्रणका लागि प्रयास जारी रहेको छ । वैज्ञानिकहरु यो भाइरस नियन्त्रणका लागि भ्याक्सिन बनाउन संघर्षरत रहेका छन् ।