फोहोरबाट मोहर बनाउँदै महिला

  • बिहीबार, २८ आषाढ, २०७५
  • 11 months ago
  • नेपाल
Education Park

लहान । सप्तरीको सुरुङ्गा नगरपालिका–५ कुशहाकी अमिरकादेवी चौधरीलाई बिहानको पाँच नबज्दै बारीमा उम्रिएको झारपात र गाईवस्तुको गोबर सोहर्न हतारो हुन्छ ।

 

चौधरीलाई करेसाबारीबाट झारपात र गाईवस्तुको गोबर संकलन फोहोरका रुपमा फ्याँक्न होइन्, ती फोहोरबाट मोहर बनाउन हतारो हुन्छ । 

 

बिहानै टिपेको झारपात र गोबरलाई गोडमेल गरी त्यसमा कृषि चुना प्रयोग गरेर चौधरीले जैविक मल बनाउँदै आएकी छिन् । बजारमा पाइने युरिया, डिएपी, पोटास लगायतका रासायनिक मलकै भरमा खेती गर्दै आउनुभएकी ३२ वर्षीया चौधरी अहिले आफँैले जैविक मल तयार गरिरहेकी छिन् । 

 

व्यावसायिक रुपमा कृषि पेशा गर्दै आएकी चौधरी अब रासायनिक मलको साटो आफैले बनाएको जैविक मल प्रयोग गरी खेती गरिरहेकी । उनले केही वर्ष अघिसम्म उत्पादन बढाउन अत्यधिक रासायनिक मलको प्रयोग गर्दै आएकी थिइन् । 

 

“रासायनिक मलको बेफाइदा र जैविक मलको फाइदाबारे बुझेपछि जैविक मल बनाउन थालेकी हुँ,” उनले भनिन् । थोरै लगानी र मिहिनेतमा आफ्नै घरमा जैविक मल बनाउन सकिने भएपछि उनी उत्साहित भएकी छिन् । जैविक मल बनाएर विषादीमुक्त खेती गर्न थालेपछि अहिले उनको प्रशंसा गाउँभरि हुन थालेको छ । 

 

दुर्गा महिला समूह कुशहाकी अध्यक्षसमेत रहेकी चौधरीले कारितास नेपालको सहयोगमा श्रीपुर्राज सामुदायिक विकास केन्द्र सप्तरीले सञ्चालन गरेको ग्रामीण महिलाका लागि सामाजिक, आर्थिक, सशक्तीकरण कार्यक्रमअन्तर्गत जैविक मल बनाउने तालीम लिएर घरमै जैविक मल बनाउन थालेकी हुन् । 

 

यस्तै, सुरुङ्गा नगरपालिका–७ बसनपट्टीकी गुलाबदेवी रामले घरमै झारपातबाट जैविक मल बनाउँदै आएकी छिन् । रासायनिक मललाई निरुत्साहित गरी खेतीपातीमा जैविक मलको प्रयोग बढाउन गाउँमै उहाँले जैविक मल बनाउन थालेकी छिन् । 

 

“कृषि क्रान्तिमा टेवा पु¥याउने सोच पलाएपछि जैविक मल बनाएर विषादीरहित खेतीतर्फ आकर्षित भएकी हुँ,” रामले भनिन् । 

 

रासायनिक मलको अत्यधिक प्रयोगबाट मानव स्वास्थ्यमा मात्र असर पार्ने होइन माटो र खेतको उर्वरा शक्तिमा समेत ह्रास आउने गरेको छ । आगामी वर्षबाट बढी मात्रामा मल उत्पादन गरी बिक्री गरेर आम्दानी गर्ने उनको योजना छ । 

 

रासायनिक मलभन्दा जैविक मलको प्रयोगबाट पर्याप्त उत्पादन हुने बुझेपछि चौधरी र रामले मात्रै होइन, सुरुङगा नगरपालिकामा गठन भएका पाँचवटा महिला समूहका अधिकांश महिला सामूहिक रुपमा जैविक मल बनाउन जुटेका छन् । 

 

व्यावसायिक रुपमै जैविक मल बनाउन शुरु गरेकी बलान महिला समूह कुशहाकी मञ्जु चौधरी भन्छिन्, “पहिला धान, गँहु र अन्य तरकारी खेती गर्दा रासायनिक मल ९युरिया, डिएपी मलकै प्रयोग हुने गर्दथ्यो, अब आफैँले तयार पारेको जैविक मल प्रयोग गर्न थालेका छौँ ।” महिलाकै सक्रियामा विषादीरहित खेतीको अभियान शुरु भएपछि गाउँका पुरुष पनि उत्साहित भएर आफूहरुको अभियानमा साथ दिन थालेको चौधरी बताउँछिन् । 

 

महिला समूह बनाएपछि त्यही मार्फत समूहमै श्रीपुर्राज सामुदायिक विकास केन्द्रले जैविक मल बनाउन तालीम प्रदान गरेको हो । सहुलियत दरमा मल बनाउन प्रयोग हुने कृषि चुना उपलब्ध भएपछि उनीहरुले सामूहिक रुपमा जैविक मल बनाउन थालेका छन् । 

 

विषादीरहित खेती गर्ने उद्देश्यले जैविक मल बनाउन थालेका सुरुङ्गा नगरपालिकाको विभिन्न वडाका महिला समूहका १०० भन्दा बढी महिलालाई केही दिनअघि जैविक मल उत्पादनबारे जानकारी गराइएको थियो । 

 

घरकै काममा सीमित यहाँका महिला व्यावसायिक रुपमा जैविक मल उत्पादन गर्न थालेका छन् । 


थप समाचार

चुनावी प्रक्रियामा होमियो क्याट यूके, निर्वाचन जुलाई ७ मा

  • 6 hours ago
चुनावी प्रक्रियामा होमियो क्याट यूके, निर्वाचन जुलाई ७ मा

चितवन एड ट्रस्ट (क्याट) यूके चुनावी प्रक्रियामा होमिएको छ । आउँदो जुलाई ७ मा साउथ ईष्ट लण्डनस्थित मेरिडियन क्लब, चार्ल्टनमा हुने संस्थाको आठौं अधिवेसनबाट नयाँ नेतृत्व चुन्नको लागि चुनावी कार्यक्रमहरु

अम्बानीको घरको रहस्य

  • 7 hours ago
अम्बानीको घरको रहस्य

एजेन्सी । धीरुभाई अम्बानीका जेठो छोरा मुकेश अम्बानी अलिबाबाका संस्थापक जैक मा भन्दा पछि एशियाकै सवैभन्दा धनि व्यक्ति हुन् । भनिन्छ अम्बानीको मतलब पैसा नै पैसा हो । तपाईहरुले पनि अम्बानी परिवारको बारेम

बुधबार गर्नुस् यस्ता काम, सधैँ तपाईलाई हुनेछ फलिफाप

  • 7 hours ago
बुधबार गर्नुस् यस्ता काम, सधैँ तपाईलाई हुनेछ फलिफाप

एजेन्सी । यदि तपाईको घरमा आयभन्दा बढी व्यय अर्थात् खर्च भइरहेको छ, घरमा कलेश मचिरहेको छ भने बुधवारका दिन बुध ग्रहलाई पुज्नुहोस्, समस्याबाट राहत मिल्न सक्छ ।



प्रेम र यौन

यी हुन् विश्वका ५ चर्चित यौन बजार

यी हुन् विश्वका ५ चर्चित यौन बजार

पछिल्लो समय यौनलाई मानिसहरुले आधारभूत आवश्यकताको रुपमा लिँदै आएका छन् । सोही कारणले गर्दा कतिपय देशका सरकारहरुले नै अनुमति दिएर यौन बजार खुल्दै आएको छ । जसलाई हामी ‘रेड लाइट’ एरिया भन्छौं । यहाँ हामीले विश्वका चर्चित ५ यौन बजारको बारेमा जानकारी प्रस्तुत गरेका छौं ।

जीवनशैली/स्वास्थ्य

थाहा पाउनुहोस मेथीपानीका यी ५ फाइदा

थाहा पाउनुहोस मेथीपानीका यी ५ फाइदा

एजेन्सी । मेथीको साग र मेथीदानाको उपयोग धेरै तरिकाले गर्न सकिन्छ र यो स्वास्थको लागि पनि धेरै फाइदाजनक हुन्छ ।

विचित्र विश्व

अम्बानीको घरको रहस्य

अम्बानीको घरको रहस्य

एजेन्सी । धीरुभाई अम्बानीका जेठो छोरा मुकेश अम्बानी अलिबाबाका संस्थापक जैक मा भन्दा पछि एशियाकै सवैभन्दा धनि व्यक्ति हुन् । भनिन्छ अम्बानीको मतलब पैसा नै पैसा हो । तपाईहरुले पनि अम्बानी परिवारको बारेमा धेरै कुरा सुन्नु नै भएको होला ।