दुईतिहाइ भूकम्पपीडित दोस्रो किस्ता अनुदान लिन आएनन्

  • शनिबार, १९ साउन, २०७५
  • 6 months ago
  • नेपाल

म्याग्दी । जिल्लाका दुईतिहाइ भन्दा बढी भूकम्पपीडितले अझै निजी आवास पुनःनिर्माणका लागि अनुदानको दोस्रो किस्ता लिन आएका छैनन् । 

 

राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले भूकम्पपीडितको निजी आवास पुनःनिर्माणका लागि २०७५ असार मसान्तसम्मको समयसीमा तोकेको थियो । विभिन्न माध्यमबाट पहल गरिए पनि दुईतिहाइभन्दा बढी भूकम्पपीडित दोस्रो किस्ता अनुदानका लागि अझै सम्पर्कमा नआएको जिल्ला आयोजना कार्यान्वयन एकाइले जनाएको छ । 

 

उक्त एकाइका अनुसार भूकम्पबाट कम प्रभावित १७ जिल्लामा पर्ने म्याग्दीका ७८० ले पहिलो किस्तावापतको रु। ५० हजारका दरले करीब रु चार करोड अनुदान लिएका थिए । हालसम्म २२० ले दोस्रो र १६ ले मात्र तेस्रो किस्तावापतको रकम लिएका छन् । 

 

प्राधिकरणले २०७५ पुस मसान्तसम्म अन्तिम तथा तेस्रो किस्तावापतको अनुदान वितरण गरिसक्ने लक्ष्य राखे पनि तोकिएको समयमा दोस्रो किस्ताबपतको अनुदान लिन नआएका पीडितलाई के गर्ने भन्ने निर्णय भइसकेको छैन । पहिलो किस्ता रु ५० हजार र दोस्रो किस्ता रु एक लाख ५० हजारका दरले अनुदान वितरण गर्ने व्यवस्था भएको एकाइ प्रमुख शिवराम गेलालले जानकारी दिनुभयो । 

 

विसं२०७३ पुसमा प्राधिकरणका प्राविधिकले स्थलगत सर्वेक्षण गर्ने क्रममा ८६८ निजी घरमा भूकम्पले क्षति गरेको पहिचान गरेको थियो । 

 

केहीले भने समयमै प्राविधिक सेवा नपाएकाले घर बनाए पनि अनुदान पाउन ढिलाइ भएको अन्नपूर्ण गाउँपालिका–६ घारका हिमबहादुर खड्काले बताए । पुनःनिर्माण प्राधिकरणले बेनी नगरपालिकामा दुई, धौलागिरि, मालिका, मंगला, रघुगंगा र अन्नपूर्ण गाउँपालिकामा एक–एक प्राविधिक खटाए पनि आफूहरूले सेवा पाउन नसकेको पीडितको गुनासो छ । 

 

घर बनाउन शुरु गरेका गरीब विपन्न वास्तविक भूकम्पपीडित भने ऋण पाएपनि निर्माण सामग्रीमा भएको मूल्यवृद्धि र दक्ष कामदार अभावका कारण समस्यामा परेको मंगला गाउँपालिका–२ का दधिलाल विश्वकर्माले बताए । 

 

सग्लै घरलाई भत्किएको कागज बनाएर र मापदण्डविपरीत दुई ठाउँमा घर भएकाले समेत पहिलो किस्ता अनुदान बुझेका पुनः निर्माणले गति लिन नसक्नुको प्रमुख कारक बनेको स्थानीयवासीले बताएका छन् । 


थप समाचार

‘कानून संशोधन नगरी वडाध्यक्षभन्दा तल्लो पदको उपनिर्वाचनमा समस्या’

  • 7 minutes ago
‘कानून संशोधन नगरी वडाध्यक्षभन्दा तल्लो पदको उपनिर्वाचनमा समस्या’

काठमाडौँ । स्थानीय तहअन्तर्गत वडाध्यक्षभन्दा तलका पदमा कानूनी व्यवस्था नभएकाले कानून संशोधन नगरी उपनिर्वाचन गर्न समस्या देखिएको छ । निर्वाचन आयोगका प्रवक्ता शङ्करप्रसाद खरेलका अनुसार वडाध्यक्षभन्दा मा

पाँच दिनपछि इन्टरनेट सञ्चालनमा

  • 13 minutes ago
पाँच दिनपछि इन्टरनेट सञ्चालनमा

हुम्ला । हिमाली जिल्ला हुम्लामा पाँच दिनसम्म अवरुद्ध भएको इन्टरनेट एडिएसएल सेवा आजदेखि सञ्चालनमा आएको छ ।

भारतबाट उद्धार गरिएका १७९ जनालाई काठमाडौँ ल्याइयो

  • 16 minutes ago
भारतबाट उद्धार गरिएका १७९ जनालाई काठमाडौँ ल्याइयो

काठमाडौँ । भारत मणिपुरहुँदै अवैध तवरबाट तेस्रो मुलुकतर्फ लैजाने लागिएकाबेला भारतबाट उद्धार गरिएका १७९ जनालाई आज काठमाडौँ ल्याइएको छ ।



प्रेम र यौन

के हो राम्रो सेक्स ?

के हो राम्रो सेक्स ?

पुरुषहरु बढी सेक्सको बारेमा धेरै कुरा गर्छन् तर, महिलाहरु भने भित्रभित्रै धेरै सेक्सको चाहना धेरै राख्छन् । राम्रो सेक्स धेरै मानिसहरुका लागि अपरिहार्य कुरा हो । भोक लाग्दा खाना खाए जस्तै शरिरले मागेको बेलामा सेक्स गर्नु पनि साधारण कुरा हो । आजकाल धेरैजसो महिलाको आफ्नो पुरुषले शारिरिक सन्तुष्टि प्रदान गर्न नसकेको कुराहरु धेरै सुन्न पाइन्छ ।

जीवनशैली/स्वास्थ्य

अफिसमा घण्टौँ बसेर काम गर्नुहुन्छ ? यी पाँच बानी सुधार्नुहोस्

अफिसमा घण्टौँ बसेर काम गर्नुहुन्छ ? यी पाँच बानी सुधार्नुहोस्

अफिसमा काम गर्ने मानिसहरुको तौल बढ्ने गरेको प्राय समस्याहरु सुन्न पाइन्छ । घन्टौसम्म कुर्चीमा बस्नाले तौल अवश्य नै बढ्छ तर, यदी तपाईले चाहानु भयो भने रुटीनमा धेरथोर फेरबदल गर्न सक्नु भएमा मोटोपन कन्ट्रोल गर्न सक्नुहुनेछ । यसका लागि पाँचवटा बानी सुधार्नु पर्ने हुन्छ ।

विचित्र विश्व

यी कार्यहरु गरेपछि अवश्य नुहाउनुहोस्

यी कार्यहरु गरेपछि अवश्य नुहाउनुहोस्

काठमाडौँ । हिन्दु शास्त्रमा नुहाउनु बाहेक हात खुट्टा धुने समयबारे पनि महत्वका साथ प्रस्ट्याइएको छ । शास्त्रका अनुसार घर पुगेपछि मानिसले जहिले पनि हात खुट्टा धुनुपर्छ । भोजन ग्रहण गर्नुपुर्व र यस पछाडि हात खुट्टा धुनुपर्छ ।