गलेश्वर मन्दिरमा १३ लाख बढी भेटी सङ्कलन

  • शुक्रबार, १ भदौ, २०७५
  • 5 months ago
  • अर्थ

बेनी । बेनी नगरपालिका–९ स्थित गलेश्वर मन्दिरमा साउन महिनामा रु १३ लाख २७ हजार ४५२ भेटी सङ्कलन भएको छ । गत महिनामा परेका चार सोमबारमा पूजा गर्न आएका भक्तजनबाट उक्त भेटी सङ्कलन भएको गलेश्वर शिवालय क्षेत्र विकास कोषका कोषाध्यक्ष बमबहादुर पुनले बताए । 

 

उहाँका अनुसार अन्तिम सोमबार सबैभन्दा धेरै रु चार लाख सात हजार ६९१ सङ्कलन भएकामा तेस्रो सोमबार रु तीन लाख २३ हजार ९०८, दोस्रो सोमबार रु तीन लाख सात हजार ५८२ र पहिलो सोमबार रु दुई लाख ८८ हजार २७१ भेटी सङ्कलन भएको थियो । 

 

भगवान शिवको पूजाआराधानाका लागि उपयुक्त महिनाको रूपमा रहेको साउनमा मात्रै गलेश्वरमा एक लाख २० हजार भक्तजन आएको कोषका सदस्यसचिव माधवप्रसाद रेग्मीले जानकारी दिए ।

 

 कोषले मासिक र साप्ताहिक रूपमा सङ्कलित भेटी विवरण सार्वजनिक गर्दै आएको छ । भेटीबाट सङ्कलन हुने रकम गलेश्वरमा पूर्वाधार निर्माण र सामाजिक कार्यमा खर्चिदै आइएको छ । 

 

कालीगण्डकी नदी किनारको नौ रोपनी जमीनमा फैलिएको एउटै चट्टानमाथि अवस्थित गलेश्वरमा सतीदेवीको गला पतन भएको धार्मिक शास्त्रमा उल्लेख छ ।

 

साउन महिनाको सोमबार, शिवरात्री र बालाचर्तुदर्शीमा विशेष मेला लाग्ने गलेश्वरमा पूजाआजा र दर्शन गरेमा मनोकाङ्क्षा पूरा हुने जनविश्वास छ । 


थप समाचार

बालुवाटरमा खैलाबैला भएपछि युट्युबबाट निकालियो पशुपति शर्माको गीत

  • 3 hours ago
बालुवाटरमा खैलाबैला भएपछि युट्युबबाट निकालियो पशुपति शर्माको गीत

माथिका हरफहरु लोकप्रिय गायक पशुपति शर्माको नयाँ लोक गीत ‘लुट्न सके लुट नेपालमै हो छुट’ गीतको भिडियोको हो । समय सान्दर्भिक गीत बनाउन माहिर गायक

अमिताभ बच्चनको सम्पत्ति छोरी श्वेता र छोरा अभिषेकको भागमा कति ?

  • 4 hours ago
अमिताभ बच्चनको सम्पत्ति छोरी श्वेता र छोरा अभिषेकको भागमा कति ?

एजेन्सी । धेरैका मन र मस्तिष्कमा बसेका बलिउडका महानायक अमिताभ बच्चनले आफ्नो निजि सम्पत्ति बाँडफाँडको विषयलाई खुलेरै सामाजिक सञ्जालमा व्यक्त गरेका थिए ।

धनीका कुराः निता अम्बानीको एक दिनको खर्च कति ?

  • 4 hours ago
धनीका कुराः निता अम्बानीको एक दिनको खर्च कति ?

एजेन्सी । एशियाकै सबैभन्दा धनी मुकेश अम्बनीकी श्रीमती नीता अम्बानीको दैनिक खर्च सुनेर जो कोहि पनि जिब्रो निकाल्न बाध्य हुन्छन् । तपाईहरुले कहिल्यै कल्पना गर्नुभएको छ कि उनीहरुको दैनिक पारिवारिक खर्च क



प्रेम र यौन

के हो राम्रो सेक्स ?

के हो राम्रो सेक्स ?

पुरुषहरु बढी सेक्सको बारेमा धेरै कुरा गर्छन् तर, महिलाहरु भने भित्रभित्रै धेरै सेक्सको चाहना धेरै राख्छन् । राम्रो सेक्स धेरै मानिसहरुका लागि अपरिहार्य कुरा हो । भोक लाग्दा खाना खाए जस्तै शरिरले मागेको बेलामा सेक्स गर्नु पनि साधारण कुरा हो । आजकाल धेरैजसो महिलाको आफ्नो पुरुषले शारिरिक सन्तुष्टि प्रदान गर्न नसकेको कुराहरु धेरै सुन्न पाइन्छ ।

जीवनशैली/स्वास्थ्य

धनीका कुराः निता अम्बानीको एक दिनको खर्च कति ?

धनीका कुराः निता अम्बानीको एक दिनको खर्च कति ?

एजेन्सी । एशियाकै सबैभन्दा धनी मुकेश अम्बनीकी श्रीमती नीता अम्बानीको दैनिक खर्च सुनेर जो कोहि पनि जिब्रो निकाल्न बाध्य हुन्छन् । तपाईहरुले कहिल्यै कल्पना गर्नुभएको छ कि उनीहरुको दैनिक पारिवारिक खर्च कति हुन्छ ?

विचित्र विश्व

शनिबार शुरु नगर्नुस् यस्ता ११ काम, कहिल्यै सफल भइन्न

शनिबार शुरु नगर्नुस् यस्ता ११ काम, कहिल्यै सफल भइन्न

एजेन्सी । हिन्दूधर्म दर्शन तथा वस्तु शास्त्रले केही यस्ता व्यवस्था गरेका छन् जसको पालनले तपाईंको जीवन सहज र व्यवस्थित रुपमा अघि बढ्न सक्छन् ।